Posts

Showing posts from July, 2026

कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन

Image
 कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन चौकोर कगजमा वृत्ताकर आकृति मध्य बिन्दु बाट शुरु भै फैलिएको चित्राकृती पुरैन को हो । पुरैन, कमलको पात हो । चौकोर कागजमा चारैतिर कोरिएको कोर, किनारी, पाइढ यानी बोर्ड  दह, पोखरी, वा तलाउको महार, भिर यानी बाहिरी  घेराको प्रतिकात्मक प्रस्तुति हो । चारैतिर विभिन्न वनस्पति, लता-पत्रादीले भरिएको बनमा रंगीविरंगी चराचुरुङ्गीको चिरबिरले वातावरण गुन्जायमान छ्न । पोखरीमा माछा, सर्प, कछुवा, गगटो, घोघी, डोका रमाईरहेका छ्न । हरियो पुरैनको पात विच फुलेको छ विभिन्न रङ्गको कमलको फूल । यो चित्राकृति  मिथिलामा 'कमलदह' शिर्षक अन्तर्गत लेखिन्छ ।  आध्यात्मिक दृष्टिकोणले सुगन्धित कमल देवी देवताहरुको सार्है प्रिय पुष्प हो । रङ्गको आधारमा प्रतिकात्मक रुपले फरक -फरक हुन्छन । सरस्वतीको आसन श्वेत कमलको हुन्छ । सेतो कमल शुद्ध मानसिक स्थितिलाई दर्शाउछ । श्वेत कमल कौमार्यताको प्रतिक मानिन्छ ।  भने देवी लक्ष्मीको आसन रक्त कमलको फूल माथी हुन्छ । रक्त कमल करुणा, मुटु र हाम्रो मूल, शुद्ध प्रकृति संग पनि जिडिएको हुन्छ । देवीदेवताको हातमा पनि कमल सुश...

८ हजार वर्ष पुरानो रहस्यमय साँढे चित्रकला: एससी सुमन

Image
  करिब आठ हजार वर्षअघि कसैले एउटा जङ्गली साँढेको पिठ्युँमा सानो मानव आकृति चित्रित गरेको थियो। यो कृतिको निर्माण क्रेट (Crete) को नोसस (Knossos) मा रहेको प्रसिद्ध ‘बुल–लिपिङ’ भित्तेचित्रभन्दा चार हजार वर्षभन्दा पनि पहिले भएको मानिन्छ। यो दृश्य आजको टर्कीको कोन्या प्रान्तस्थित चातालहोयुक (Çatalhöyük) नामक नवपाषाणकालीन बस्तीको पाँचौँ तह (Level V) मा रहेको सजावटी संरचनाबाट प्राप्त भएको हो, जसलाई प्रायः “शिकारीहरूको मन्दिर” (Shrine of the Hunters) भनेर चिनिन्छ। चातालहोयुक आधुनिक टर्कीको चुम्रा (Cumra) नजिक अवस्थित एक विशाल नवपाषाणकालीन बस्ती थियो। यसको पूर्वी टाकुरा (East Mound) करिब ईसा पूर्व ७४०० देखि ६२०० सम्म बसोबास गरिएको थियो भने पश्चिमी टाकुरा (West Mound) मा ईसा पूर्व ६२०० देखि ५२०० सम्म चाल्कोलिथिक संस्कृतिको विकास भएको थियो। सन् २०१२ देखि यो स्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। यहाँका घरहरू अत्यन्त नजिक–नजिक बनाइएका थिए, सडकहरू थिएनन्, मानिसहरू छानामाथिबाट आवतजावत गर्थे र भर्‍याङको सहायताले छानाको प्वालबाट घरभित्र प्रवेश गर्थे। यो भित्तेचित्र सन् १९६० को दशकमा पुरातत्...