Posts

चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा: एससी सुमन

Image
 चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा - एससी सुमन मिथिलामा भाद्र शुक्ल चतुर्थीका दिन चौरचन मनाईन्छ। चौठचन्द्र चन्द्रपूजासँग सम्बन्धित पर्व हो। मिथिलाञ्चल, केवल भौगोलिक भूगोल मात्र नभैइ, एक समृद्ध सांस्कृतिक चेतनाको केन्द्र हरहिआएको छ। जहाँ शताब्दीयौँ देखि वैदिक सनातन परम्पराहरूको पालक, संरक्षक र संवाहक रहि आएको छ। यहाँका पर्व -उत्सव, परम्परा, लोकाचार तथा धार्मिक संस्कारहरूले केवल सामाजिक जीवनलाई मात्रै नभई, आध्यात्मिक अनुशासन र जीवनदर्शनलाई पनि सुदृढ बनाएका छन्। यस्तै अनुपम परम्परा र गहन आध्यात्मिक चेतनाले युक्त एक प्रमुख पर्व हो -चौरचन पर्व, जसलाई स्थानीय भाषामा चौठचन्द्र, चौरचन, वा चौथ चाँदको नामले चिनिन्छ। चौरचन पर्व विशेषतः भाद्र शुक्ल चतुर्थीका दिन, अर्थात् गणेश चतुर्थीको सन्दर्भमा मनाइन्छ। हिन्दू धर्मशास्त्रअनुसार, यही दिन विघ्नहर्ता भगवान् श्रीगणेशको प्राकट्य भएको मानिन्छ। तर मिथिलाञ्चलमा गणेश चतुर्थीले मात्र सीमित अर्थ राख्दैन; यस दिन साँझ परेपछि चन्द्रदेवको पूजा -अर्चना, उपवास र विशिष्ट मन्त्रोच्चारणसहित चन्द्र दर्शन गर्नु अत्यन्तै पुण्यकारी र आवश्यक मानिन्छ। यही सन्...

फारसी अक्षर र चित्रमा रामकथा : एससी सुमन

Image
 फारसी अक्षरमा रामकथा: हमिदा बानु बेगमको १५९४ को रामायण र मुगल लघुचित्रकलाको सांस्कृतिक संवाद रामायण केवल एउटा धार्मिक आख्यान होइन; यो पूर्वीय सभ्यताको सामूहिक स्मृति हो। वाल्मीकि रामायणबाट सुरु भएको यसको यात्रा संस्कृतको सीमाभित्र रोकिएन। विभिन्न भाषामा अनूदित हुँदै, लोककथामा रूपान्तरित हुँदै र चित्रकलाका असंख्य शैलीमा पुनःसृजित हुँदै रामकथा भारतका विविध सांस्कृतिक भूगोलमा प्रवेश गर्‍यो। यही लामो यात्राको एउटा असाधारण अध्याय मुगल सम्राट अकबरको दरबारमा तयार भएको फारसी रामायण हो। विशेषतः सन् १५९४ मा अकबरकी माता हमिदा बानु बेगमका लागि तयार गरिएको चित्रित रामायणले एउटा महत्वपूर्ण सांस्कृतिक प्रश्न उठाउँछ—एउटा हिन्दू महाकाव्य जब फारसी भाषामा अनूदित भयो र मुगल चित्रकारको कूचीबाट दृश्यमा आयो, तब त्यसको रूप कति बदलियो र कति उही रह्यो? दोहास्थित Museum of Islamic Art मा सुरक्षित हमिदा बानु बेगमको रामायण यस प्रश्नको दुर्लभ दृश्य प्रमाण हो। यो संस्कृत रामायणको फारसी अनुवादमा आधारित पाण्डुलिपि हो, जसमा ५६ वटा ठूलो आकारका चित्र छन्। पाण्डुलिपिमा २५ शाबान १००२ हिजरी अर्थात् १६ मे १५९४ को मिति अ...

कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन

Image
 कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन चौकोर कगजमा वृत्ताकर आकृति मध्य बिन्दु बाट शुरु भै फैलिएको चित्राकृती पुरैन को हो । पुरैन, कमलको पात हो । चौकोर कागजमा चारैतिर कोरिएको कोर, किनारी, पाइढ यानी बोर्ड  दह, पोखरी, वा तलाउको महार, भिर यानी बाहिरी  घेराको प्रतिकात्मक प्रस्तुति हो । चारैतिर विभिन्न वनस्पति, लता-पत्रादीले भरिएको बनमा रंगीविरंगी चराचुरुङ्गीको चिरबिरले वातावरण गुन्जायमान छ्न । पोखरीमा माछा, सर्प, कछुवा, गगटो, घोघी, डोका रमाईरहेका छ्न । हरियो पुरैनको पात विच फुलेको छ विभिन्न रङ्गको कमलको फूल । यो चित्राकृति  मिथिलामा 'कमलदह' शिर्षक अन्तर्गत लेखिन्छ ।  आध्यात्मिक दृष्टिकोणले सुगन्धित कमल देवी देवताहरुको सार्है प्रिय पुष्प हो । रङ्गको आधारमा प्रतिकात्मक रुपले फरक -फरक हुन्छन । सरस्वतीको आसन श्वेत कमलको हुन्छ । सेतो कमल शुद्ध मानसिक स्थितिलाई दर्शाउछ । श्वेत कमल कौमार्यताको प्रतिक मानिन्छ ।  भने देवी लक्ष्मीको आसन रक्त कमलको फूल माथी हुन्छ । रक्त कमल करुणा, मुटु र हाम्रो मूल, शुद्ध प्रकृति संग पनि जिडिएको हुन्छ । देवीदेवताको हातमा पनि कमल सुश...

८ हजार वर्ष पुरानो रहस्यमय साँढे चित्रकला: एससी सुमन

Image
  करिब आठ हजार वर्षअघि कसैले एउटा जङ्गली साँढेको पिठ्युँमा सानो मानव आकृति चित्रित गरेको थियो। यो कृतिको निर्माण क्रेट (Crete) को नोसस (Knossos) मा रहेको प्रसिद्ध ‘बुल–लिपिङ’ भित्तेचित्रभन्दा चार हजार वर्षभन्दा पनि पहिले भएको मानिन्छ। यो दृश्य आजको टर्कीको कोन्या प्रान्तस्थित चातालहोयुक (Çatalhöyük) नामक नवपाषाणकालीन बस्तीको पाँचौँ तह (Level V) मा रहेको सजावटी संरचनाबाट प्राप्त भएको हो, जसलाई प्रायः “शिकारीहरूको मन्दिर” (Shrine of the Hunters) भनेर चिनिन्छ। चातालहोयुक आधुनिक टर्कीको चुम्रा (Cumra) नजिक अवस्थित एक विशाल नवपाषाणकालीन बस्ती थियो। यसको पूर्वी टाकुरा (East Mound) करिब ईसा पूर्व ७४०० देखि ६२०० सम्म बसोबास गरिएको थियो भने पश्चिमी टाकुरा (West Mound) मा ईसा पूर्व ६२०० देखि ५२०० सम्म चाल्कोलिथिक संस्कृतिको विकास भएको थियो। सन् २०१२ देखि यो स्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। यहाँका घरहरू अत्यन्त नजिक–नजिक बनाइएका थिए, सडकहरू थिएनन्, मानिसहरू छानामाथिबाट आवतजावत गर्थे र भर्‍याङको सहायताले छानाको प्वालबाट घरभित्र प्रवेश गर्थे। यो भित्तेचित्र सन् १९६० को दशकमा पुरातत्...

टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा

Image
 टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा – एससी सुमन . कहिलेकाहीँ एउटा कलाकारको सपना केवल चित्र कोर्नुमा सीमित हुँदैन, त्यो आफ्नो माटो, संस्कृति र सभ्यतालाई विश्वसामु चिनाउने अभियानमा रूपान्तरित हुन्छ । मेरा लागि मिथिला कला त्यही अभियान हो—रङ, रेखा र प्रतीकहरूको माध्यमबाट हजारौं वर्ष पुरानो सभ्यताको कथा विश्वलाई सुनाउने प्रयासमा तल्लीन रहन्छु । सन् २०२५ मा अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरबाट मैले “विश्व भ्रमणमा मिथिला कला” अभियानको घोषणा गरेको थिएँ । त्यो केवल एउटा कार्यक्रम थिएन, बरु मिथिला कला र नेपाली सांस्कृतिक सम्पदालाई विश्वका प्रमुख सांस्कृतिक केन्द्रहरूमा पुर्‍याउने दीर्घकालीन संकल्प थियो । आज सन् २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित ‘Art for Sustainable Development Goals: Mithila Heritage’ प्रदर्शनीमा सहभागी भएर फर्किँदा त्यो सपना क्रमशः यथार्थमा रूपान्तरित हुँदै गएको अनुभूति गरिरहेको छु । यो मेरो युरोप यात्रा मेरा लागि मात्र विदेश भ्रमण नभएर; यो संस्कृति, कूटनीति, कला र सभ्यताबीचको एक अद्भुत संवादको यात्रा थियो । ब्रसेल्स...