Posts

Showing posts from July, 2022

मिथिला कलाको ऐतिहासिक कालखण्ड : एससी सुमन

Image
  समयको प्रवाहसँगै मानिससँग सम्बन्धित घटना वा जरूरी जानकारी मेटिएर अर्थात् बिर्सिएर नजाओस् भनी इतिहास लेख्ने गरिन्छ । जसले भावी पुस्ताले विगतमा भएका घटनाबारेमा जानकारी पाउँछन् । आफ्ना पूर्वजहरूको कामबारे थाहा पाउँछन् । उनीहरूले स्थापित गरेका मूल्य र मान्यताबाट सिको गर्छन् । असल कामको गौरव गर्छन् । उनीहरूबाट भएको गल्तीलाई सच्याउँदै उज्वल भविष्यका निम्ति पाठ सिक्छन् । तसर्थ इतिहास भनेको विगतको घटना परिघटनाको पुञ्ज पनि हो । विगतका यथार्थ घटनालाई समेटेर इतिहास लेखिन्छ । पहिले घटेका घटनाको स्थान, घटनाको प्रवृत्ति र घटनाको वर्णन, घटेको घटनाको समय (तिथि वा मिति), घटेका घटनाको क्रम मिलाउने, घटनासँग सम्बन्धित पक्षहरू, घटना हुने सत्यतथ्य कारण, घटनाबाट परेको प्रभाव, घटना सम्बन्धित चित्र तथा अन्य लिखित मौखिक जानकारी, क्रमिक रूपमा मिलाई इतिहासकारले आवश्यक परेमा विज्ञहरूसँग सल्लाह लिएर लेख्दा इतिहास बन्छ । विकास क्रममा मानव समाजको सिकाइ, भोगाइका अनन्त कथा छन् । आफ्नो चार दशकको कला यात्रामा देखेका, भोगेका, पढेका, पढ्दै गर्दा भेटाएका सन्दर्भलाई राख्ने प्रयास मात्र हो । तर, लेख्नु ठुलो काम हो । त्यसमा