Posts

Showing posts from May, 2021

मिथिला कलामा बुद्ध अवतार : एससी सुमन

Image
 मिथिला कलामा बुद्ध अवतार : एससी सुमन गौतम बुद्धलाई हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येको एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । बुद्धलाई विष्णुको अवतारको रूपमा प्रस्तुत गर्ने काम सर्वप्रथम विष्णु पुराणबाट सुरूबाट भएको देखिन्छ । विष्णुको दश अवतारमध्ये हिन्दु तथा मैथिल परम्परामा बुद्धलाई नवौँ अवतारको रूपमा चित्रित गरिएको छ । यसमा रचिएको कथानुसार देवता र दैत्यहरूको संग्राममा देवताहरू पराजित हुन्छ । तत्पश्चात् देवताहरू आफ्नो समस्या लिइ भगवान विष्णुकहाँ पुग्दछन् । आफ्नो समस्या विनम्र भइ विष्णु समक्ष प्रस्तुत गर्दछन् । संसारमा सबै मानिस जन्मेपछि मर्छन् यो प्रकृतिको नियम हो । तर, ‘महामानव गौतम बुद्ध’ जसले मृत्युलाई जिते र अमर भए । मिथिलामा खिस्सा (कथा) सुनाउने अति पौराणिक चलन हो । जेठो पुस्ता यानी हजुरबा, हजुरआमा, आमाबाट आफ्ना छोराछोरी, नातिनातिनालाई प्रायः राति सुत्नेबेलामा रामायण, महाभारत, वेद, पुराण लगायत विभिन्न लोककथा, दन्तकथा सुनाउने चलन रहिआएको छ । मुख्यतया यस्ता कथा मिथिलामा चित्रकलाको स्रोत हुन् । यसै प्रचलित प्रचलन अनुसार, कथामा गौतम बुद्ध लुम्बिनीको कपिलवस्तुका शाक्य

रेखा चित्रबाट क्यानभास सम्मको यात्रामा लोक जीवन : एससी सुमन

Image
 रेखा चित्रबाट क्यानभास सम्मको यात्रामा लोक जीवन : एससी सुमन   लोक शब्द जगत इहलोक अथवा परलोक आदिका सन्दर्भमा  जनसामान्यका अर्थमा प्रयोग गरिन्छ । महर्षी वेदव्यासले महाभारतको आदि पर्वमा लोक शब्दको प्रयोग जनसामान्य भन्ने अर्थ जनाउनको लागि गरेको देखिन्छ । प्राचीन कालमा लोक र वेद शब्दको आधारमा दुईवटा परिपाटि छुट्याएका थिए, लोक परिपाटी र वेद परिपाटी । वेद विधि र लोक विधि त्यसै सित सम्बद्ध रहेको वा त्यसैको आधारमा बनेको बुझिन्छ । वेदकालिन साहित्यलाई वैदिक र युग अनुसारको विशिष्ट साहित्यलाई लोक साहित्य भनिएको हो । ब्रह्माण्ड त्रिलोकिय कल्पना हो, देवलोक–भूलोक–पताललोक । हामी भुलोकका निवासी हौं । सृष्टिको आरंभमा सम्पूर्ण भूलोक नै लोक थियो । त्यस समयका सम्पूर्ण जीवन प्रकृतिलाई हेर्ने हो भन्ने मुख्य व्यवसाय कृषि बाट संचालित भएको देखिन्छ । त्यसै क्रममा जीवन अनुरुप कला विकसित हुँदै गयो, जसमा आसा–विश्वास, सुख–दुख, क्रीड़ा–व्यवसाय, देवी–देवता, रीति–नीति बाट निर्देशित हुने सम्पूर्ण जीवन समय र मौसम अनरुप प्रदर्शित हुने गरिन्थ्यो । त्यो नैसर्गिक मानवीय उपक्रम थियो र त्यसै क्रममा शास्त्रको निर्माण भएको हो ।

मिथिला कलामा कचनी र भरनी : एससी सुमन

Image
 मिथिला कलामा कचनी र भरनी एससी सुमन काल्पनिकताले परिपूर्ण र कला सिद्धान्तको दबाबबाट मुक्त भएको कारणले लोककलामा सौन्दर्य र सहजताको अनुभूति हुने गर्छ । जसले आफ्नो देशको माटोको सुगन्ध, मौलिकता र परम्परासँग जोडिएको अनुभूति गराउँछ । तसर्थ आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यन्त आवश्यक हुन जान्छ । लोककलाको नाम लिनेबित्तिकै हाम्रो मस्तिष्कमा सबभन्दा पहिले मिथिला कलाका विभिन्न रूपको उपस्थिति हुन्छ । जसमा अरिपन, कोहबर, तान्त्रिक, गोदना आदि लोक चित्रको स्मरण हुन आउँछ । जसलाई यसरी बुभ्mन सकिन्छ– कचनी, भरनी, अरिपन, कोहबर, गोदना र तान्त्रिक । मुख्यतया कचनी, भरनी र तान्त्रिक शैलीको प्रयोग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने ब्राह्मण र कायस्थ जातिका महिलाद्वारा गरिँदै आएको पाइन्छ । लिखियामा प्रयोग हुने अधिकांश सामग्री दिनानुदिन प्रयोग हुने वस्तुबाट नै भित्ता, भुइँ तथा कागतमा लेखिन्थ्यो । घर बनाउँदा प्रयोग हुने बाँस, खरको टाँटीलाई समतल तुल्याउन माटो, भुस र गोबरको मिश्रणले कडा लेपन गर्नुपर्ने प्रविधि आजसम्म छ । रेखाचित्र कोर्ने हो भने सतहलाई चिल्लो बनाउन मलिलो रङको माटो प्रयोगमा ल्याइन्

मिथिला कलाको पहिचान र बजारिकरण : एससी सुमन

Image
 मिथिला कलाको पहिचान र बजारीकरण : एससी सुमन घरको भित्तामा अर्थपूर्ण र सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घरलाई सजाउने परम्पराबाट सुरु भएको ‘लिखिया’ जो मिथिला चित्रकलाका रूपमा सर्वाधिक चिनिन्छ । भूमिचित्र र भित्तिचित्र परम्परा अहिले घरको भित्ताबाट क्यानभास, कागज तथा कपडामा परिणत भई पटचित्रमा सीमित हुन थालेको छ । मिथिला क्षेत्रमा बस्ने सबै जातजातिका मानिसले विभिन्न चाडपर्व तथा संस्कारमा आफ्नो घरमा प्राकृतिक रङबाट विभिन्न किसिमका चित्र बनाउँदै आएका छन् । मिथिलामा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रुपमा माटोका घर–आँगनमा अरिपन चामलको पिठो र सिन्दुरबाट बनाउने प्रचलन तथा भित्तामा देवीदेवता, चराचुरुंगी, मानिस, बोटबिरुवा, फलफूल, जनावर लगायतका रुपाकार विभिन्न रातो, पहेँलो, हरियो, निलो, सुन्तलाजस्ता उज्यालो रङको प्रयोग गरी रंगाउने चलन रहिआएको छ । सयौँ वर्ष अघिदेखि मिथिलामा लिखियाको परम्परा निरन्तर चल्दै आएको छ । यो परम्परा हजुरआमा, आमाबाट छोरीबुहारीसम्म पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै आएकाले लिखियालाई जीवन्त परम्परा भन्ने गरिन्छ । चित्रकलालाई कलामध्येको श्रेष्ठ स्थान प्राप्त छ । मा

लोक संस्कृतिको प्रवाह र प्रभाव : एस सी सुमन

Image
नेपाल प्राचीनकालीन संस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ प्राचीनकालदेखि नै अनेकन कला परम्परा चलिआएको इतिहास छ । तिनै कलाको जगमा नेपालको सांस्कृतिक, ऐतिहासिक, राजनीतिक एवं सामाजिक जनजीवनका विविध पाटोलाई अहिले हामीले कलाइरहेका छौं । कला मानव संस्कृतिको उपज हो । यो मानवीय सौन्दर्य भावनाको परिचायक पनि हो । यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । लोककला हाम्रो देशमा लोकपरम्पराको दर्पणको रूपमा रहिआएको छ । जो विभिन्न रीतिरिवाज, उत्सव, रहनसहन, धर्म, संस्कृतिमा सजिलै देख्न सकिन्छ । साथै विभिन्न जातजाति, समुदाय तथा क्षेत्रमा विविध रूपका लोककला देख्न सकिन्छ । जसलाई विभिन्न नामबाट चिनिन्छ । जनसामान्यको दैनिकजीवनमा रचनात्मकरूपले अभिव्यक्त हुने कलालाई लोककला भनिन्छ । यिनै कलाले जनसामान्यको अभिव्यक्तिको पारम्परिक आधार प्रदान गर्छ । यस प्रकारको अभिव्यक्तिमा उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धा आदिको भावाभिव्यक्त हुने गर्छ । लोककलाको विकासको उद्देश्य जनहिताय हुने गर्दछ । यस्ता कलामा सामुदायिक मनोभाव अभिव्यक्त गरिन्छ । त्यसैगरी मानिसको दैनिक जीवनमा प्रयोगमा ल्याइने वस्तुको साजसज्

लिखिया समाज र समयको तस्बिर : एससी सुमन

Image
 लिखिया समाज र समयको तस्बिर.. एससी सुमन घरको भित्तामा अर्थपूर्ण र सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घरलाई सजाउने परम्पराबाट सुरु भएको "लिखिय" जो मिथिला चित्रकला भनी सर्बाधिक चिनिन्छ। भुमी चित्र र भिती चित्र परम्परा अहिले घरको भित्ताबाट क्यानभास, कागज तथा कपडामा परिणत भै पट चित्रमा सिमित हुन थालेका छन् । मिथिला क्षेत्रमा बस्ने सबै जातजातिका मानिसले विभिन्न चाडपर्वमा आफ्नो घरमा प्राकृतिक रंगबाट विभिन्न किसिमका चित्र बनाउँथे । मिथिलामा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रुपमा माटोका घरका आगनमा अरिपन चामलको पिठो र सिन्दुरबाट बनाउने प्रचलन तथा भित्तामा देवी देवता, चरा चुरगी, मानिस, बोट बिरुवा,फल फूल, जनावर लगायतका रुपाकार विभिन्न रातो, पहेंलो, हरियो, निलो, सुन्तला जस्ता उज्यालो रग को प्रयोग गरि रगाउने चलन रहिआएको छ। सयौँ वर्ष अघिदेखि मिथिलामा लिखियाको परम्परा निरन्तर चल्दै आएको छ । यो परम्परा हजुर आमा, आमा बाट छोरि बुहरी सम्म पुस्ता दर पुस्ता हस्तान्तरण हुदै आएकोले, लिखियालाई  जिबन्त परम्परा भन्ने गरिन्छ।  त्रेत्ता युगमा रजा जनकको मिथिलाका सिमाना नेपाल र बिहारमा पर्थ