Posts

Showing posts from June, 2021

सांस्कृतिक सौन्दर्य : गोदना एससी सुमन

Image
 सांस्कृतिक सौन्दर्य : गोदना           एससी सुमन चित्रको माध्यमले स्वर्गमा आफ्नो समुदायसँग भेट हुने जनविश्वास रहेको पाइन्छ । कतै गोदनालाई चिकित्सकीय उपयोग पनि गरिन्छ । बच्चा अपांग भएमा उसको हातखुट्टाको विशेष स्थानमा गोदना खोपिन्छ, जसले गर्दा त्यो अंग क्रियाशील होस् भनेर । जसलाई विद्वानले चिनियाँ चिकित्सकीय ‘अकुपञ्चर’ पद्धतिसँग जोडने गर्छन् । कतै–कतै बच्चा नहुने महिलाको नाभीको तल्लो भागमा गोदना खोपी उनको कोख खुलाउने प्रथा पनि रहेको पाइन्छ । गोदना एउटा प्राचीन कला हो । गोदना खोप्ने वा गोद्ने प्रथा हामी कहाँ मात्र होइन, सम्पूर्ण विश्वमा यो प्राचीनकालबाट चल्दै आएको छ । गोदनाको शाब्दिक अर्थ हो कुनै सतहलाई पटकपटक छेडनु, अर्थात छिद्रित गर्नु । अर्थात् शरीरमा सियोको टुप्पोले खोपी बनाइने कलालाई गोदना, गोडैना वा ट्याटु कला भनिन्छ । यो एकचोटि खोपेपछि चित्राकृति शरीरमा रहिरहन्छ । आदिवासी जनजाति समुदायमा गोदना ज्यादै लोकप्रिय छ । हामीकहाँ पूर्व, मध्य तथा पश्चिम तराईका जिल्लामा बसोवास गर्ने विभिन्न समुदाय विशेष रुपले थारू, दुनुवार, सतार, उराँव, राजवंशी लगायत मिथिलाञ्चलमा विशेष गरेर महिलामा यो प्रथा

समकालीन परिदृश्यमा लोककलाको चर्चा : एससी सुमन

Image
 समकालीन परिदृश्यमा लोककलाको चर्चा : एससी सुमन लोककलाको नाम लिनेबित्तिकै हाम्रो मानसपटलमा हाम्रो गाउँघरमा यत्रतत्र देखिने विभिन्न प्रकारको अरिपन, लिखिया, चौक, कोहबर, साँझ, अन्यान्य विभिन्न प्रकारको भित्तिलोकचित्र, माटोबाट बनेका चक्का–तख्खा, कोठीको स्मरण हुने गरेको छ । यी चिजहरू आज पनि हाम्रो लोकसंस्कृतिको अभिन्न अंग हुन्, जो उन्मुक्त वातावरणमा विभिन्न रूपरङमा आफ्नो महत्व दर्शाइरहेका छन् । जसले गर्दा नेपाली कलालाई विश्व मानचित्रमा समृद्ध र सशक्त अमूल्य निधिको रूपमा चिनिन्छ । हुन त लोककला भन्नेबित्तिकै आजका कलाकार यानी समकालीन आधुनिक अमूर्त कलामा प्रविधिलाई विशेष महत्व दिने कलाकार, यसलाई अप्रासंगिक भन्ने गरेका छन् र प्रगतिविरोधी पनि मान्ने गरेका छन् । लोककलामा परम्परागत पुस्ता दरपुस्ता हस्तान्तरण भै पुनरावृत्तिको कारणले यसलाई कलाको श्रेणीमा नराख्ने तर्क पनि गर्छन् । केही विद्वान कलाकार प्राचीन मान्यतामा आधारित लोककलालाई प्रगतिशील चिन्तनसँग सम्बन्धित मान्न तैयार नहुनुमा पूर्वाग्रही भएको भान हुन्छ । जसले वास्तवमा यो आरोप वा मूल्यांकनको विभिन्न तर्क गर्छन् । लोककला पुस्ता दरपुस्ता यानि एक प

कलामा रुखको महत्व 'ट्री अफ लाइफ' : एससी सुमन

Image
  जल, जंगल र जमिन मानिसका लागि जीवनको आधार हो । गाछी अर्थात् ‘रूख’ रोपेर मात्रै जंगल बन्दैन, वर्षौंवर्षपछि प्रकृति बन्छ । जंगलको अर्थ मात्र बाघ–भालु बस्ने ठाउँ होइन, यसमा भ्यागुता हुन्छ, किरा–फटयांग्रा खाने चमेरो र पशुपंक्षीको पनि साझेदारी हुने गर्छ । जहाँ सम्पूर्ण जैविक शृंखला हुन्छ । जंगलमा अद्भूत परिघटना भइरहन्छन् । जंगल कोइलीको कुहु–कुहुले गुञ्जयमान हुन्छ । कालो बादलसँग मयूर नाच्छन्, सुनगाभाले सुगन्ध छर्छ । चन्दन वृक्षले विशिष्ट सुवाससँगै सर्पलाई आवास दिन्छ । जीवन बाँच्नका लागि सबैभन्दा आवश्यक हो हावा, पानी र जमिन । गाछीले हामीलाई प्राणवायु दिन्छ । जो अनिवार्य हो जीवनका लागि । मिथिला कसमसरुपी ब्रह्माण्डमा चित्रकला मात्र एक चित्रकला होइन, यसभित्र मानवीय जीवनको गहिरो जरो गाडिएको छ । मिथिला चित्रमा चित्रित ट्रि अफ लाइफ, जसले आफूमा मानव जीवनको एक सम्पूर्ण दृष्टि दिन्छ । वरबधूको शयन कक्ष ‘कोबर’ घरमा भगवतीलाई मनपर्ने र नारीशक्ति, सौन्दर्य तथा कोमलताको प्रतीक मानिने हुँदा कमललाई कोहवरमा निकै ज्यादा महत्व दिइन्छ । कमल र पोखरीले सम्पूर्ण मिथिला सुशोभित छ । धनकी देवी लक्ष्मीको प्रतीक तथा भगव