Posts

Showing posts from November, 2021

साँस्कृतिक सहिष्णुताको पर्व छैठ : एससी सुमन

Image
 सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा रहि आएको छ । यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाको लागि श्रद्धापूर्वक मनाइन्छ । बहु साँस्कृतिक, बहु भाषिक हाम्रो देशमा विविध साँस्कृतिक अवयवहरुले समग्र देशलाई एकताको सूत्रमा आबद्ध गर्नुका साथै राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका खेल्न सक्ने छन । त्यस मध्ये एउटा प्रतीकको रुपमा छठलाई पनि लिन सकिन्छ । कुनैबेलासम्म छठ तराईक्षेत्रका वा मधेसीहरुको मात्र पर्व हो, भन्ने कुरा अब पुरानो भै सकेको छ । छठ पर्व पछिल्लो कालखण्डमा एउटा भूगोलमा