Posts

Showing posts from January, 2022

युगलाई नजिकबाट नियाल्दाको अनुभूति एससी सुमन

Image
  रचिएको समय चक्र कसको लागि हो ? जसले सृष्टि गर्न सक्छिन्, उनैले संहार पनि गर्न सक्छिन् । यसलाई पछ्याउने क्रममा यानी जे छ त्यो ईश्वरको लागि हो भने त यो ईश्वर छ कहाँ ? पृथ्वी, सूर्य, अन्तरिक्ष कसले बनायो ? पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका गतिविधि समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकास क्रममा मानव समाजको सिकाइ, भोगाइका अनन्त कथा छन् । प्रदर्शित ’मिथिला कसमस: समय चक्र’ भित्र यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरियो । हुनत चित्र आफै बोल्छ, तर लेख्नु ठुलो काम हो । त्यसमा पनि चित्र वा कुनै चित्र शृंखला माथी । जब म लेख्छु, त्यतिबेला म भित्रको चित्रकार म माथि हाँस्न थाल्छ । तथापि लेख्ने प्रयास गर्छु । जस्तो अँध्यारोलाई बुझ्नु नै कला हो, जसरी सुन्नु र बोल्नु पनि । बिन्दु कुनै पनि मान नभएको सबैभन्दा सानो ज्यामितीय आकृती हो । जसको नाप लम्बाइ, चौडाइ,मोटाइ, उचाइ, गहिराइ केही पनि हुँदैन । त्यसको एउटा मात्र स्थान हुन्छ, त्यो नै बिन्दु हो । ज्यामितिमा, एक बिन्दुबाट अर्को बिन्दु सम्मको यात्रा रेखा हो । यात्रा छोटो तथा लामो, सोझो अथवा बाङ्गो जे पनि हुन सक्छ । जसको आकार समायोजित गर्न सकिन्