Posts

Showing posts from October, 2021

मिथिला, मधुश्रावणी र मधुमास : एससी सुमन

Image
 कृषिप्रधान हाम्रो मुलुकमा असार महिनालाई कृषि परम्पराको नयाँ जीवन चक्र थालनीको महिना मानिन्छ । साउन महिनाको रोपाइँ सकेपछि, हाम्रा चाडवाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा प्रकृतिसँग गाँसिएका विभिन्न परम्पराले निरन्तरता पाइरहेको छ । यो महिनाभरि शुद्ध आहार–विहार अँगाल्ने तथा शिव मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । भगवान् शिवको प्रिय दिन सोमबार भएकाले सक्नेले यो महिनाभरि र नसक्नेले साउनका प्रत्येक सोमबार व्रत लिने भएकाले यसलाई धेरै महत्वपूर्ण मानिन्छ । व्रतालुहरू अध्यात्मिक दृष्टिकोणले महादेव शंकरको भक्ति, आराधना एवं पूजामा लिन रहन्छन् । नांगै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जाने क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने बताइन्छ । हरियो पहिरनमा, हरियो चुरा र हातमा म्हेन्दी श्रावण महिनाको पर्यायवाची भएको छ । यतिबेला सबैको मानसपटलमा हरियो चुरा, रातोटीका, पोते लगाउने प्रचलन बढेको छ । परापूर्वकालदेखि नै साउने सोमबारका दिन व्रत बस्ने, चोखो खाने चलन रहेकोमा केही समय यता आएर साउनभरि हरियो, पहँेला तथा हरियो लगाउनु फेसन नै बनिसकेको छ । आधुनिक फेसनमा पनि हरियो र पहंँलो रङको यो महिनाभरि अत्यध