Posts

Showing posts from October, 2023
Image
  नेपाली कलामा गान्धी प्रेम एससी सुमन २०७८ असोज १९ गते ६:५६ मा प्रकाशित 39 Shares एससी सुमन विश्वमा कहिल्यै घाम नअस्ताउने विशाल राज्यका रूपमा रहेको ग्रेट ब्रिटेन र त्यसको सरकारलाई सत्य, अहिंसा तथा सविनय अवज्ञाका माध्यमले परास्त गरी भारतलाई स्वतन्त्र बनाउन सफल महात्मा गान्धीलाई भारतीयले मात्र होइन विश्वकै राजनेता र राजनीतिशास्त्रीले समेत एक सफल राजनीतिक चिन्तक र दार्शनिकको कोटीमा राखे । महात्मा गान्धीको १५२औँ जयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जलि अर्पण गर्न ‘आजादीका अमृत महोत्सव’ मा नेपाली समकालीन चित्रकारका कलाकृति बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सजिएका छन् । लामो पातलो जिउ, घुँडासम्म आधा धोती लगाई त्यही आधा धोती ओढेका, हातमा लठ्ठी बोकेका फकिरी (जोगी) रुपरङका गान्धीको कला सौन्दर्यबोध विभिन्न कथानकका रूपमा क्यानभासमा उधिनिएको छ । आफ्नो रहनसहन जीवनशैली र पातलो शरीरले गर्दा गान्धी चित्रकार र छायांकारको लागि आकर्षणका केन्द्र हुन्थे । कलाकारद्वारा सर्वाधिक पोतिने यो रूप यहाँ पनि व्यापक देखिएको छ । रेलगाडीको तेस्रो–दर्जामा बसी भारत–दर्शनको समयमा मोहनदास करमचन्द गान्धीले वस्त्र त्याग गरेका थिए