Posts

Showing posts from November, 2023

अंगना, अरिपन र दियो : एससी सुमन

Image
  “हिरण्यवर्णा हरिणीं सुवर्णरजतस्त्रजाम् । चन्द्रां हिरण्य्मयीं जातवेदो म आवह ।” वर्तमान आर्थिक युगमा सफलताको मूल हिरण्य (स्वर्ण, सुनको धातु) अर्थात धनधान्यले सम्पन्न शक्तिशाली नै रहेको मान्यता सर्वविदित छ । प्रस्तुत श्लोकमा देवी लक्ष्मीलाई सबैको मन आफुतिर आकर्षित गर्ने हरिणीं भनिएको छ । मान्यता अनुसार जगतका पालनहार भगवान बिष्णुको हृदय स्थलमा निवास गर्ने धनकी देवी लक्ष्मी नै हुन् । दीपावलीमा धनकी देवी लक्षमीको पुजन प्रथम पुज्य विघ्नहर्ता भगवान गणेश, विद्याकी देवी सरस्वती र भण्डारका देवता कुवेरजीका साथ धुमधामले गरिन्छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबै भन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले दीपावली (दिवाली) को रूपमा यस पर्वलाई धूमधाम साथ मनाउँछन् । यस पर्वको नाम मैथिली शब्द ’पाबन -तिहार’ को अपभ्रंस भै तिहार बनेको अनुमान लगाइन्छ । नेपालमा दोस्रो सर्वाधिक बोलिने भाषा मैथिलीमा लक्ष्मी