Posts

Showing posts from June, 2022

थप्पा : देवीको सिँगार एससी सुमन

Image
  हाम्रो देश कृषि प्रधान देश हुनाले हामीकहाँ गाउँको संख्या धेरै भए पनि आधुनिकता र विकासको नाउँमा ग्रामीण संस्कृतिको परिभाषा बदलिने क्रममा छ । केही हदसम्म भौगोलिक स्थिति, धार्मिक, सामाजिक संस्कार, आर्थिक तथा राजनीतिक कारणले प्रत्येक गाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोभन्दा भिन्न छ । जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोबास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको मूल तत्व एउटै भए पनि हस्तशिल्प र कलाकर्ममा विभिन्नता हुने गर्दछ । जसलाई किसान संस्कृति भन्न सक्छौं । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो । खेतीपाती, खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला, हस्तकला, गायन तथा नृत्य एक अर्कोसँग जोडिएर रहेको छ । हामीसँग जीवन्त कलाको रुपमा रहिआएको छ । हाम्रो मौलिक कलाको रुपमा आज पनि हाम्रो लोक परम्पराको रुपमा परापूर्वकालदेखि रहिआएको छ । मध्य–तराई मिथिलादेखि सुरु भै पूर्वी तराईको भूभागमा विकसित भएको पाइन्छ । विशेषतः कोशी नदीको वारिपारि मैथिली भाषी तथा थारु समुदायका घरका भित्तामा लेखिएका चित्रहरुमा लोककलाको विस्तृत