Posts

Showing posts from March, 2022

नलेखिएको मिथिला कलाको इतिहास एससी सुमन

Image
   पाटन संग्रहालय विश्व सम्पदा स्थान हुनुका साथै १४ औं शताब्दी देखि १८औं शताब्दी सम्म मल्ल राजवंशको दरबार थियो। जहाँ आज काठमाडौं ट्रिएनाले कलात्मक व्याकरणका फरक फरक परम्पराहरूबीच हुने लय र संघर्षलाई प्रस्तुत गरेको छ। यिनै संघर्षको कथामा धेरै कमलाई थाहा भएको इतिहास खोतल्ने प्रयास गरेको छ। काठमाडौं ट्रिएनालेमा मिथिला क्षेत्रका सहभागी कलाकारहरु वाची देवी, पलाती देवी, मन्जुला देवी ठाकुर, सुधिरा कर्ण, रेवती मण्डल, विजय मणि दत्त, मिरा दत्त र प्रियंका कर्ण हुन्। तिनका मिथिला कलाको विभिन्न विधा चित्र कला, भित्तिचित्र, माटोको मूर्ति सामा-चकेवा समावेश गरिएको छ। पाटन संग्रहालयमा लहरै भित्तामा प्रदर्शित तीन वटा चित्रले हामीलाई विगतमा डोर्‍याउँ छ। सन् १९८९ को दशकमा पानी रङ्गमा आधारित चित्र जसका कलाकार काली शीर्षकका दुई चित्रका कलाकार वाची देवी र मन्जुला देवी ठाकुर हुनुहुन्छ भने माछा समावेशका महिला शीर्षक चित्रका कलाकार पलाती देवी हुनुहुन्छ। यहाँ प्रदर्शित चित्र कलाकार र क्लेयर बर्कर्टको सौजन्यबाट प्राप्त भएको छ भनी उल्लेख गरिएको छ। मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमाबाट छोरील

मिथिला लोककलाका चिन्तनधारा एससी सुमन

Image
मिथिलाञ्चलको घरघरका भित्तामा लेखिएको लिखिया ‘मिथिला लोकचित्रकला’ एउटा विशेष प्रकारको चित्र शैली हो । परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटोजस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन गर्थे । यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, ब्रतबन्ध लगायतका सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजा–आजा, पावनी तिहार आदिमा यद्यापि लेखिन्छ । वैदिक युगमा ज्ञान आर्जनको दुई अवस्था, पहिलो श्रुति र दोस्रो दृश्य मानवको समक्ष थियो । यिनै परिस्थितिमा श्रुतिबाट संगीतको ध्वनिको उत्पत्ति र दृश्यबाट चित्रको निर्माण भयो, जो आँखा समक्ष आयो र चित्रांकन सुरु भयो । तत्पश्चात श्रुति र दृश्यको समन्वयले नृत्यको उत्पत्ति भयो । ब्राम्हण युगमा संगीतको प्रधानता थियो र त्यसकारणले त्यो समयमा वेद आदि प्राची ग्रन्थहरूको, ऋचाको, श्रुति भयो । फलस्वरुप यस युगमा गायक धेरै भए । यसपछि बौद्ध धर्मको प्रभाव आयो । बौद्ध श्रुति नभई आध्यात्म र मौन साधनाका अनुयायी थिए । जसकारणले बौद्ध धर