Posts

Showing posts from December, 2021

दरभंगा टावर की बन्द पड़ी घड़ी….एससी सुमन

Image
  पिछले दिनों चार दिवसीय ‘मधुवनी लिट्रेचर फेस्टिवल’ का चौथा संस्करण दरभंगा चैप्टर भाषा, साहित्य, कला और वास्तुशिल्प की ऐतिहासिक नगरी दरभंगा के महाराजा कामेश्वर सिंह संस्कृत विश्वविद्यालय के प्रांगण में संपन्न हुआ। इसमें शामिल होने का निमन्त्रण पाकर उत्साहित था। क्योंकि दरभंगा जाने का अवसर जो था। करीब तीन दशक वाद पुन: दरभंगा जाने का ये अवसर डॉ. सविता झा खान जी के बुलावे पर मिला था। अपनी पढाई के क्रम में करीब पाँच साल मैंने यहाँ व्यतीत किया था। मेरे भितर मिथिला चित्रकला प्रतीका लगाव विकसित भी यहीँ से हुआ था। बरहेता, राँटी और मधुवनीको कलाग्राम के रुपमे परिचय हुआ था। शायद इसीलिए इतना ज्यादा उत्साहित भी था। शुक्रबार 11 दिसंबर की शाम को काठमाण्डू में अपनी एकल कला प्रदर्शनी “मिथिला कॉसमॉस : साइकल्स ऑफ़ टाईम” की शुरुआत कर सुवह काठमाण्डू विमान स्थलसे जनकपुर के लिए रवाना हुआ। धुन्धके कारण विमान ने करीब चार घण्टा बिलम्ब से उड़ान भरी। जनकपुर से भारतीय सीमा जटही से लोकल बस मे सीट मिल जाने के कारण,  दरभंगा की यात्रा सुखद रही। उद्घाटन कार्यक्रम का एक दृश्य. लगता था कि बहुत कुछ बदल गया होगा मगर इतने लम्

लोक लयमा माटोको कथा : एससी सुमन

Image
  कलाको अद्भूत माध्यम माटो हो । माटो काव्य होइन महाकाव्य हो, जीवन हो । माटोविना एकछिन पनि जीवित रहन सकिँदैन । मानव सभ्यताको विकासमा माटोको उपयोगिताको ठूलो भूमिका छ । कमिलाको घर, चराको गुँड, मुसाको दुलो माटोको जादुई प्यारो दुनियाँ छ । प्रकृतिलाई हेरेर मानिसले पनि आफ्नो घर माटोले बनाए । यतिले पुगेन, माटोले बनेका घर, चित्र बनाई सजाउन थाले । यो नै मूर्ति, शिल्प र भित्ती उत्कीर्ण भए । माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माणसँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामीकहाँ विद्यमान

लोक लयमा मृणशिल्पः सामा–चकेवा : एससी सुमन

Image
  उदाउँदो सूर्यलाई अर्घ दिई लोक पर्व छैठ सकिन्छ । यसैसँग शरद ऋतुको आगमनले हिमालयमा चिसो बढ्दै गएपछि रङ्गी–बिरङ्गी चराचुरुङ्गी मिथलाञ्चलतिर प्रस्थान गर्छन् जसलाई लोक पर्व सामा–चकेवामा पनि उल्लेख गरिएको छ । यिनै हुन् सामा र चकेवाका प्रतिनिधि पात्र । कार्तिक मासको शुक्लपक्ष आउँदा दिनदिनै बढ्दै गएको जूनसँगै म मेरो बाल्यकालमा फर्कन्छु । सिरहा जिल्लाको लहानमा बितेको मेरो वाल्यकाल । सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाटमा मृणशिल्पले ओगटेको ठूलो भाग आज पनि रोमान्चित गर्छ । लोक पर्वका सामा–चकेवाको प्रयोजनका लागि चाहिने रङ्गीचङ्गी माटोको मूर्तिले भरिभराउ हाट बजार । माटो मेरो बाल्यकालदेखि नै प्रिय वस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलो पटक बच्चा बामे सर्न थालेपछि बालकले आफ्नो हातले टिपेर मुखमा हाल्ने वस्तु माटो नै हो । मेरो चालीस वर्षको कलायात्राको श्रीगणेश मृणशिल्पबाट भएको हो भनी भन्न सकिन्छ । मेरो कलायात्राको पहिलो गुरु मेरो हजुरआमा हुनुहुन्थ्यो भने दोस्रो गुरु स्वर्गीय श्याम पण्डित हुनुहुन्थ्यो । वाल्यकाल र मेरो लहानको सम्झना आज पनि ताजै छ । छैठ सकिने बित्तिकै सामा खेल्ने शुरु भैहाल्थ्यो ।