Posts

Showing posts from September, 2023

मृणशिल्प, माटो र सिरहा : एससी सुमन

Image
  मृणशिल्प, माटो र सिरहा एससी सुमन २०७८ भदौ ९ गते ७:१४ मा प्रकाशित 30 Shares एससी सुमन मिथिला सभ्यता, कला, संस्कृतिको चर्चा देशदेखि विदेशसम्म चुलिएको छ । मिथिला सभ्यता, संंस्कृति, इतिहास र ज्ञान चिन्तनको उद्गम स्थल हो । जसलाई शौर्य, नीति, धर्म, कला, विवेक, मर्यादा, संंस्कृति, स्थापत्य आदिको केन्द्र मानिन्छ । के धार्मिक, के आध्यात्मिक, के राजनीतिक, के कला र संंस्कृति सबै दृष्टिकोणले यो परापूर्वकालदेखि समुन्नत क्षेत्र हो । यहाँ कलामा सौन्दर्य विविधता खास गरेर मिथिला लोकचित्रकलाको लोकप्रियताले तेस्रो मुलुकमा सर्वाधिक उच्च स्थान प्राप्त गर्दै आएको छ । यहाँको चित्रकला अग्रपंक्तिमा रहे पनि अरू कलाकौशलको प्रचारप्रसार हुन सकेको छैन । यसमध्ये यहाँको मृणशिल्प पनि एक हो । माटोले बनाइएको भाँडा अथवा मूर्तिलाई आगोमा पोलेपछि, त्यसलाई मृणशिल्प भनिन्छ । माटोको काम सम्भवतः विश्वको प्राचीनतम कलामध्ये एक हो जसमा उपयोगिता र सौन्दर्यबोध दुवैको मिश्रण हुन्छ । माटोको महत्व लौकिक एवं इहलौकिक दुवै तहमा उच्च स्थानमा रहेको छ । लगभग साढ़े चार हजार वर्ष पहिले, सिन्धुघाँटी सभ्यताको समय, भारतमा मृणशिल्प कलाको विकास च