Posts

Showing posts from December, 2022

चित्रमा देवी शक्ति एससी सुमन

Image
  नेपालका देवीदेवताहरु यानि 'डेटिज आफ नेपाल' नामक बृहत कला प्रर्दनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा चलीरहेको छ । ॐ नै पृथ्वी उत्पत्तिको पहिलो विज मन्त्रको रुपमा मान्दै ब्रह्माण्ड उत्पत्तिलाई दर्शाउँने समावेश भएको कलाकृतिहरुलाई नियाल्दै जाँदा सृष्टिको कथामा प्रवेश हुन्छ । अविनाशी परब्रह्म यानी कालले केहि समय पछि, आफ्नो द्वितीयको इच्छा प्रकट गरे । उसमा एक बाट अनेक हुने संकल्प उदित भयो । निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे, जो मूर्तिरहित परम ब्रह्म हो । त्यो परम ब्रह्म भगवान सदाशिव हुन । अर्वाचीन र प्राचीन विद्वान उनलाई नै ईश्वर भने । एकांकी रहेर स्वेच्छाले सबै तिर विहार गर्ने सदाशिवले आफ्नो विग्रह (शरीर) ले शक्तिको सृष्टि गरे । हिन्दु धर्ममा प्रमुख नारीहरु प्रायः देवता पत्नीहरु,  विष्णुको लक्ष्मी, ब्रह्माको सरस्वती, शिवको शक्ति ( दुर्गा वा काली) हुन । तिनीहरुले आ- आफ्नो क्षेत्रको संरक्षकको रुपमा आफ्नै अधिकारमा देवीहरुको रुपमा शक्तिशाली भूमिका खेल्छ्न । विद्या, शिक्षा, संस्कृति कला, संगीतको परिधिमा सरस्वतीले हाँस र मयूरलाई वाहन र लक्ष्मीलाई लाटोकशेरोको वाहन, गाई