चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा: एससी सुमन
चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा - एससी सुमन मिथिलामा भाद्र शुक्ल चतुर्थीका दिन चौरचन मनाईन्छ। चौठचन्द्र चन्द्रपूजासँग सम्बन्धित पर्व हो। मिथिलाञ्चल, केवल भौगोलिक भूगोल मात्र नभैइ, एक समृद्ध सांस्कृतिक चेतनाको केन्द्र हरहिआएको छ। जहाँ शताब्दीयौँ देखि वैदिक सनातन परम्पराहरूको पालक, संरक्षक र संवाहक रहि आएको छ। यहाँका पर्व -उत्सव, परम्परा, लोकाचार तथा धार्मिक संस्कारहरूले केवल सामाजिक जीवनलाई मात्रै नभई, आध्यात्मिक अनुशासन र जीवनदर्शनलाई पनि सुदृढ बनाएका छन्। यस्तै अनुपम परम्परा र गहन आध्यात्मिक चेतनाले युक्त एक प्रमुख पर्व हो -चौरचन पर्व, जसलाई स्थानीय भाषामा चौठचन्द्र, चौरचन, वा चौथ चाँदको नामले चिनिन्छ। चौरचन पर्व विशेषतः भाद्र शुक्ल चतुर्थीका दिन, अर्थात् गणेश चतुर्थीको सन्दर्भमा मनाइन्छ। हिन्दू धर्मशास्त्रअनुसार, यही दिन विघ्नहर्ता भगवान् श्रीगणेशको प्राकट्य भएको मानिन्छ। तर मिथिलाञ्चलमा गणेश चतुर्थीले मात्र सीमित अर्थ राख्दैन; यस दिन साँझ परेपछि चन्द्रदेवको पूजा -अर्चना, उपवास र विशिष्ट मन्त्रोच्चारणसहित चन्द्र दर्शन गर्नु अत्यन्तै पुण्यकारी र आवश्यक मानिन्छ। यही सन्...