Posts

Showing posts from October, 2022

लिखियाको सौन्दर्य : कायस्थ र कचनी एससी सुमन

Image
  काल्पनिकताले परिपूर्ण र कला सिद्धान्तको दबाबबाट मुक्त भएको कारणले लोककलामा सौन्दर्य र सहजताको अनुभूति हुने गर्छ । जसले आफ्नो देशको माटोको सुगन्ध, मौलिकता र परम्परासँग जोडिएको अनुभूति गराउँछ । तसर्थ आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यन्त आवश्यक हुन जान्छ । लोककलाको नाम लिनेबित्तिकै हाम्रो मस्तिष्कमा सबभन्दा पहिले मिथिला कलाका विभिन्न रूपको उपस्थिति हुन्छ । जसमा अरिपन, कोहबर, तान्त्रिक, गोदना आदि लोक चित्रको स्मरण हुन आउँछ । मुख्यतया कचनी, भरनी र तान्त्रिक शैलीको प्रयोग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने ब्राह्मण र कायस्थ जातिका पुरुष तथा महिलाद्वारा गरिँदै आएको पाइन्छ । लिखियामा प्रयोग हुने अधिकांश सामग्री दिनानुदिन प्रयोग हुने वस्तुबाट नै भित्ता, भुइँ तथा कागतमा लेखिन्थ्यो । घर बनाउँदा प्रयोग हुने बाँस, खरको टाँटीलाई समतल तुल्याउन माटो, भुस र गोबरको मिश्रणले कडा लेपन गर्नुपर्ने प्रविधि आजसम्म छ । रेखाचित्र कोर्ने हो भने सतहलाई चिल्लो बनाउन मलिलो रङको माटो प्रयोगमा ल्याइन्छ । मैथिलीमा यस्तो माटोलाई ‘चिकनी’ माटो भनिन्छ । चिकनी माटोको घोलले पुनः पोत्नुपर्छ, यस प्रक्रिय

संरक्षण को प्रतीक झाप : एससी सुमन

Image
  नेपाल प्राचीनकालीन संस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ प्राचीनकालदेखि नै अनेकन कला परम्परा चलि आएको इतिहास छ । तिनै कलाको जगमा नेपालको सांस्कृतिक, ऐतिहासिक, राजनीतिक एवं सामाजिक जनजीवनका विविध पाटोलाई अहिले हामीले कलाइरहेका छौं । कला मानव संस्कृतिको उपज हो । यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । जो विभिन्न रीतिरिवाज, उत्सव, रहनसहन, धर्म, संस्कृतिमा सजिलै देख्न सकिन्छ । साथै विभिन्न जातजाति, समुदाय तथा क्षेत्रमा विविध रूपका लोककला देख्न सकिन्छ । जसलाई विभिन्न नामबाट चिनिन्छ । जनसामान्यको दैनिकजीवनमा रचनात्मकरूपले अभिव्यक्त हुने कलालाई लोककला भनिन्छ । यिनै कलाले जनसामान्यको अभिव्यक्तिको पारम्परिक आधार प्रदान गर्छ । यस प्रकारको अभिव्यक्तिमा उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धा आदिको भावाभिव्यक्त हुने गर्छ । लोककलाको विकासको उद्देश्य जनहिताय हुने गर्दछ । यस्ता कलामा सामुदायिक मनोभाव अभिव्यक्त गरिन्छ । त्यसैगरी मानिसको दैनिक जीवनमा प्रयोगमा ल्याइने वस्तुको साजसज्जाद्वारा चित्ताकर्षक ढंगले बनाउने प्रयास हुँदै  आएको छ । विभिन्न धार्मिक कार्यक्रममा आफ्नो इष्टलाई र