Posts

Showing posts from July, 2023

कलपना र चित्रकारको संसार : एससी सुमन

Image
  कल्पना र चित्रकारको संसार कला चित्रकला विशेष साहित्यपोस्ट फाल्गुन २१, शनिवार १०:०१ 279 SHARES Share Tweet Subscribe एस.सी. सुमन एससी सुमन लोकले बुझ्ने गरेको कलाको खास पारिभाषिक अर्थ सौन्दर्य शास्त्रसँग सम्बन्धित हुने गर्दछ। यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग जोडिएको हुन्छ। जब कला नियममा बाधिन्छ, त्यतिखेर त्यो शास्त्रमा रूपान्तरित हुन्छ। लोककलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति प्रतिभाशील लोकजन बाट हुने गर्दछ। कुनै पनि कलाको सिर्जनाको आधारभूमि कल्पना हो। कल्पना एउटा बिशाल सिर्जनाशक्ति हो। अल्वार्ट आइन्स्टाइनका अनुसार “कल्पना ज्ञानभन्दा शक्तिशाली हुन्छ। ज्ञान सिमीत छ। कल्पनाले पृथ्वीको फेरो लगाउछ।” भनिन्छ, उनी लगातार एक्काईस घन्टासम्म सिर्जनशिल कल्पनामा हराउथे। कल्पना संभावना हो। यसमा अनन्त शक्ति हुन्छ। जर्ज बर्नाड शाले कल्पनाको सिर्जनाशक्ती को बारे यसो भनेका छ्न्–“कल्पना सिर्जनाको शुरूवात हो। जे चाह्नन्छौं, त्यो कल्पना गर्छौ। जे कल्पना गर्छौ, त्यो इच्छा गर्छौँ र अन्त्यमा जे इच्छा गर्छौं त्यो सिर्जना गर्छौँ । भनिन्छ, कल
Image
  मिथिला चित्रकलामा प्रतीकात्मक प्रस्तुति कला चित्रकला विशेष एससी सुमन भाद्र ११, शनिवार ०८:०१ 179 SHARES Share Tweet Subscribe एससी सुमन लोककलाको उत्पत्ति मूलतः धार्मिक भावना, अन्धविश्वास, भय निवाशक, समाधान, अलंकरण, प्रवृत्ति तथा मानवीय भावनाको रक्षाको विचारबाट भयो, जो मानव संस्कृतिको एउटा महत्त्वपूर्ण अंग हो । धर्म, संयम, आचार – विचार, नैतिक मूल्य, त्याग, उपवास, दान, दया आदिको संश्लेषण लोककलामा दर्शनीय पक्ष हो, जसलाई लोककलामा देखिने मूल भाषा भन्न सकिन्छ । जसबाट सधैँ प्रेरणा, लोककलाको संस्कारलाई हुर्काउँदै, यसलाई ज्यूँदो राखिराख्नमा नै आधुनिक कलाको विकासको बीउ लुकेको छ। एससी सुमन कलामा हाम्रो सभ्यता र संस्कृतिको त्यो प्रतिबिम्ब हो, जसमा त्यहाँको जनजीवनको आत्माको दर्शन हुन्छ । प्रतीकीकरण मानवको सहज स्वभाव हो । जसले कल्पनाशील कलाकार आफ्नो अनुभूति र भावनालाई सहजताले स्पष्ट गर्छ । आदिकालदेखि वर्तमानसम्मको कला परम्परामा प्रतीकको प्रयोग मानवीय सभ्यताको विकास सँगसँगै सधैँ हुँदैआएको छ । पूर्वी दर्शनको भावनाअनुसार- कुनै विशिष्ट अर्थको बोध गराउने शब्दलाई प्रतीक भनिन्छ । बिम्बको रूपमा विचार गर्नु