Posts

Showing posts from April, 2026

कलामा वातावरणको चिन्ता -एससी सुमन

Image
  पूरै संसार मरुभूमिलाई हरियालीमा परिणत गर्न लागिपरेको छ । हामीचाहिँ मरुभूमीकरणतर्फ उन्मुख भइरहेका छौँ । भएको हरियालीसमेत संरक्षण गर्न नसकेर चुरे विनाशले बाढी, पहिरोसँगै तराईमा बर्सेनि डुबानमा परीरहेका छौँ । वन विनाश, गिट्टी, बालुवा, ढुंगा र खनिज पदार्थको अत्यधिक दोहन, वातावरणीय प्रभाव मूल्यांकन नगरी विकासका काम गर्दा भएका दुष्परिणामले चुरे थिलथिलो अवस्थामा पुगेको छ आज चुरे बहस चलिरहँदा कुनै समयमा नेपाल सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । तत्पश्चात निजगढ विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना घोषणा ग¥यो । पुनः चुरे–भावरलाई संवेदनशील क्षेत्र भनि घोषणा गरियो । घोषणै–घोषणाको बीच विकासका नाममा यति ठूलो विनाशको परियोजनाबारे केही प्रश्नहरू तेर्सिएका छन् । केही वर्षयता चुरे क्षेत्रमा जथाभावी खनिएका सडकले निम्त्याएका पहिरो, मूल सुक्ने समस्या, आसपासका बस्तीमा खानेपानीको चरम अभाव, नदीजन्य सामग्रीको अवैध र अनियन्त्रित उत्खनन्जस्ता समस्या बढ्दै गएको छ । विद्यालयदेखि नै कण्ठस्थ पारेको ‘नेपाल कृषिप्रधान देश हो’ र ‘हरियो वन नेपालको धन’ सँगै थपिएको...

मिथिला सीतारामकथा: एससी सुमन

Image
  Title: "Janakpur Kathaa"। Size: 36" X 24" ।Medium: Acrylic on Nepali paper । Year: 2025 मिथिला आज विश्व मानचित्रमा राजनीतिक सीमाभित्र नदेखिए पनि यसको सभ्यता, संस्कृति र चेतनामा अझै जीवन्त छ । विष्णुपुराण को ‘मिथिला माहात्म्य खण्ड’ मा जसको उल्लेख यस प्रकार उल्लेख गरिएको छ- "कौसिकी तु समारभ्य गण्डकीमधिगम्य वै । योजनानि चतुर्विंशदयामः परिकीर्तितः ।।१२।। गंगाप्रवाहमारभ्य यावत् हैमवतं वनम् । विस्तारः षोडशः प्रोक्तो देशस्य कुलनन्दनः ।।१३।। (‘प्रेमनिधि’, ... १२) । अर्थात् पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म छयानब्बे कोस तथा दक्षिणमा गंगादेखि उत्तरमा हिमालय प्रदेशको वनसम्मको ६४ कोसको भू भाग मिथिला वा मिथिलाञ्चल हो। जसको राजा जनक भए । मिथिला राज्यको राजधानी  जनकपुर भयो ।  जहाँ राजा जनक को छोरी सीता को विवाह अयोध्य्या का राजा दशरथ संग भयो । यही जीवन्तताको कलात्मक अभिव्यक्ति मिथिलाका प्रसिद्ध चित्रकार एससी सुमनको चित्र “जनकपुर कथा” मा सशक्त रूपमा उजागर भएको छ । यो चित्र केवल रङ र रेखाको संयोजन होइन, मिथिलाको ऐतिहासिक गौरव, सांस्कृतिक चेतना र वर्तमान यथार्थको समग्र आख्य...