कलामा वातावरणको चिन्ता -एससी सुमन
पूरै संसार मरुभूमिलाई हरियालीमा परिणत गर्न लागिपरेको छ । हामीचाहिँ मरुभूमीकरणतर्फ उन्मुख भइरहेका छौँ । भएको हरियालीसमेत संरक्षण गर्न नसकेर चुरे विनाशले बाढी, पहिरोसँगै तराईमा बर्सेनि डुबानमा परीरहेका छौँ । वन विनाश, गिट्टी, बालुवा, ढुंगा र खनिज पदार्थको अत्यधिक दोहन, वातावरणीय प्रभाव मूल्यांकन नगरी विकासका काम गर्दा भएका दुष्परिणामले चुरे थिलथिलो अवस्थामा पुगेको छ
आज चुरे बहस चलिरहँदा कुनै समयमा नेपाल सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । तत्पश्चात निजगढ विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना घोषणा ग¥यो । पुनः चुरे–भावरलाई संवेदनशील क्षेत्र भनि घोषणा गरियो । घोषणै–घोषणाको बीच विकासका नाममा यति ठूलो विनाशको परियोजनाबारे केही प्रश्नहरू तेर्सिएका छन् । केही वर्षयता चुरे क्षेत्रमा जथाभावी खनिएका सडकले निम्त्याएका पहिरो, मूल सुक्ने समस्या, आसपासका बस्तीमा खानेपानीको चरम अभाव, नदीजन्य सामग्रीको अवैध र अनियन्त्रित उत्खनन्जस्ता समस्या बढ्दै गएको छ ।
विद्यालयदेखि नै कण्ठस्थ पारेको ‘नेपाल कृषिप्रधान देश हो’ र ‘हरियो वन नेपालको धन’ सँगै थपिएको पाठमा जलस्रोतको अपार भण्डार भएको धनी मुलुक कृषि, वन, जलस्रोत नै हाम्रो देशको सम्पत्ति हो भनी बुझिएको थियो । विज्ञान विषय पढाएर छोरालाई डाक्टर बनाउने अभिभावकको चाहना वा उद्देश्य थियो । मध्यम वर्गीय संयुक्त परिवारमा लालनपालन कृषक काका र जागीरे बुबाको सपना साकार पार्न आफू खरो न उत्रनु, पारिवारिक आवश्यकताको परिपूर्ति, आफ्नो पहिचानको खोजीमा इच्छाएको काम गर्नुपर्ने आवश्यकता सधैँ रहिरहनु, घडीको सियोसँग बढ्दै जानुलाई समयसँगको सम्झौता नै भन्नुपर्छ ।
हुन त जीवन पूर्ण कथा होइन, केही आधा अपूर्ण कथा असफलता सँगसँगै र केही सफलताको कथा हो । जब कुनै व्यक्ति कलाकार बन्ने लक्ष्य लिई जीवन पथमा हिँडदा, आजीवन संघर्ष रोज्छ र हारको शृंखला, असिम एक्लोपन तथा अन्तहीन तपस्या हात लाग्छ । कला यात्राको तीन दशकीय आरोहअवरोह पार गर्दा आपूmले बुझेको कुरा, सरकारले गर्नैपर्ने काम नगरेपछि हामीले गर्नुपर्छ । कलाकर्मीको रित्तो खल्तीले निर्वाह गरिँदै आएको सामाजिक भूमिका तहत गरिएको प्रयासबाट कुनै न कुनै दिन सकारात्मक होला र कन्भिन्स भई सघाउ पु¥याउँछ भन्ने आशा गर्नु एउटा सचेत नागरिकको अधिकारभित्र पर्छ । आपूmले भोट हाली निर्माण गरिएको नगर, प्रादेशिक र केन्द्रीयस्तरसम्मको सरकारसँग अपेक्षित हुनु स्वभाविक हो ।
काठमाडौं बसाइँको अनुभवलाई समेटि ‘निर्दोष अनुभूतिका गीतहरू’ शीर्षकमा गरिएको कला प्रदर्शनीमा प्रदर्शित चित्र ‘पिसफुल को–एक्जिसटेन्स’ र ‘मास प्रोटेस्ट बाई वाइल्ड लाइफ’ कलाकारसँग शब्द हुँदैन, अभिव्यक्तिको माध्यम रङ र कुची हुन् । एउटै चित्रले हजारौँ शब्द बोल्छ । चुरेमा मानव हस्तक्षेपको कथा हो । ‘पिसफुल को–एक्जिसटेन्स’ देशको लाइफलाइनको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग, त्यसको निर्माण नै चुरेमाथिको संगठित हस्तक्षेप हो । राजमार्ग बनेपछि चुरेको छेउमै तीव्र अव्यवस्थित रूपमा बस्ती बसे । अव्यवस्थित रूपमा सहरीकरण भयो । पूर्वदेखि पश्चिमसम्म घरले घर नै जोडिने अवस्था आयो । राजमार्ग बनेपछि चुरे क्षेत्रमा जग्गा अतिक्रमण गर्न सहज भयो । राज्यपक्ष वा विभिन्न शक्तिकेन्द्रबाट चुरेका डाँडा, जंगल मास्ने अनि बसोवास गराउने काम भयो । पछि सुनियोजित बसोवास गराइए । आज ती बस्तीले चुरेलाई दोहन गरिरहेका छन् । यतिले मात्र पुगेन आज जंगल फाँडी मेडिकल कलेज निर्माण गर्ने तरखर छ भने मदन भण्डारीको नाममा लोकमार्ग चुरेमाथि नै बनाइँदै छ । अर्थात्, चुरे क्षेत्रमा अतिक्रमणको थालनी राज्यबाट नै भएको हो । चुरेको अस्तित्व नेपालभित्र मात्र सीमित छैन । नेपाल बाहिर ‘सिवालिक’ पर्वतको नामले चिनिने चुरे पूर्वमा ब्रह्मपुत्र र पश्चिममा सिन्धु नदीसम्म फैलिएको छ ।
हिमालय क्षेत्रमा र महाभारत पर्वतमा मान्छेको बसोवास प्राचीनकालदेखि नै छ । तर, तराईको नजिक भएर पनि मान्छेहरू चुरेमा बसेनन् । चुरे क्षेत्रमा बसोवास थिएन । तराईका बस्ती नदीको छेउछाउमा बसे । बरु, हाम्रा पुर्खाहरूले ‘वनदेवी’ तथा ‘चुरियामाई’ को रूपमा पूजाआजा गरे । वनदेवीले दिने वरदानका लोकगाथा हजुरआमाको न्यानो काखमा बसी यद्यपि सुन्दै आएका छौँ । चुरे र भावरले गर्दा नै तराई चिरकालदेखि सभ्यता र संस्कृतिको गुल्जार क्षेत्र बनेको हो । यसरी चुरे र मानिस बीचको सम्बन्ध जोडिँदै आयो । त्यसको कारण के हो भने चुरेबाट आएको मलिलो माटोले भावर र पूरै तराईलाई मलिलो बनायो । अझ त्योभन्दा बढी चुरे भावरले पानीको भण्डारणको काम ग¥यो ।
पूरै संसार मरुभूमिलाई हरियालीमा परिणत गर्न लागिपरेको छ । हामीचाहिँ मरुभूमीकरणतर्फ उन्मुख भइरहेका छौँ । भएको हरियालीसमेत संरक्षण गर्न नसकेर चुरे विनाशले बाढी, पहिरोसँगै तराईमा बर्सेनि डुबानमा परीरहेका छौँ । वन विनाश, गिट्टी, बालुवा, ढुंगा र खनिज पदार्थको अत्यधिक दोहन, वातावरणीय प्रभाव मूल्यांकन नगरी विकासका काम गर्दा भएका दुष्परिणामले चुरे थिलथिलो अवस्थामा पुगेको छ । नेपालको अन्न भण्डारका रूपमा चिनिने तराईको कृषिको मुख्य आधार भूमिगत जलभण्डार पनि हो । पूर्व–पश्चिम राजमार्ग आसपास र अझ दक्षिणतर्फको कृषि क्षेत्रका लागि भूमिगत स्रोतबाट उत्पन्न साना खोला र खोल्सीहरूको ठूलो योगदान छ । वातावरणजस्तो संवेदनशील विषयले अझै पनि हाम्रो राजनीतिमा प्रमुख स्थान पाएको छैन । त्यसैले चुरे बहस वा निजगढ बहसलाई हामीले यत्तिकै छाड्नु हुँदैन । टुंगोमा पु¥याउनु पर्छ । यसबारे युवा पुस्ताले विशेष चासो र सक्रियता देखाउनुपर्छ ।
निजगढ विमानस्थलका लागि घेरा लगाइएका अधिकांश भाग घनाजंगलभित्र पर्छ । यसका लागि करिब २५ लाख रूख काट्नुपर्ने तथ्य सरकारले स्वीकृत गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन रूख बिरुवाको गणनालाई आधार मानी विश्लेषण गर्दा करिब नौ करोड रूख, पोल, सेमीपोल, लाथ्रा र बिरुवा सरपट कटानबाट नोक्सान हुने देखिन्छ । यस वनमा भीम साल÷सखुवालगायतका अधिकांश रूख दुई सयदेखि ६ सय वर्षभन्दा पुराना रहेका छन् । साल÷सखुवा प्रजातिका वनस्पति नेपालमा बढी तुषारो पर्ने कारणले रोपेर हुर्काउन सकिन्न, प्रकृतिमा आफैं उम्रिने र हुर्किने प्रजातिका हुन् । यो खालको वन हुर्काउन अन्यत्र सम्भव छैन र भयो भने पनि कम्तीमा हजारौँ वर्ष लाग्न सक्छ । त्यस्तै बारा जिल्लालाई प्रधानमन्त्री कृषि प्राथमिक विशेष क्षेत्र घोषणा गरिएको छ र अर्बौं रुपैयाँको बजेट विनियोजन गरी बृहत् कार्यक्रम सञ्चालन गरिएको छ । यी तीन कार्यक्रम मध्ये राष्ट्रपति चुरे संरक्षण र प्रधानमन्त्री कृषि प्राथमिक विशेष क्षेत्र कार्यक्रम आपसमा परिपूरक छन् भने विमानस्थल निर्माण कार्यक्रम दुवैका लागि प्रत्युत्पादक छ ।
हामीले छुट्टयाउन सक्दैनौँ, विकास र आवश्यकता यी दुई फरक विषयवस्तु हुन् । हाम्रा योजनाकारले प्रष्टयाउन नसकिरहेको अवस्था मैले अनुभव गरेको छु । हामी भित्रको प्रश्न हो, के विकास भनेको यही नै हो ? विकासको नाउँमा ५० वर्ष पहिले पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनाउँदा म लहान विद्यालयमा पढदै थिएँ । विकासको नाउँमा मेरो अगाडि व्यापक रुख काटिएको थियो । जुन आजसम्म बिर्सन सकेको छैन । परिणाम आज मधेसको समस्या मधेसबाट मधेसी नै विस्थापित हुने अवस्था सिर्जना भइरहेको छ । आज आएर बसाइँसराइको राजनीतिक हल हामीले खोज्दैछौँ । हाम्रा योजनाकारहरूबाट पहिले समस्या सिर्जना गरी आफ्नो दुनो सोझ्याउन राजनीतिको नाममा हल खोज्नतिर लाग्ने गरेको मेरो अनुभव रहेको छ । के हामी त्यहाँ इमानदार छौँ ? निजगढ विमानस्थलको नाउँमा लाखौँ रूख काटनुले धेरै प्रश्न उब्जाएको छ । जहाँ कृषि छ त्यहीँ संस्कृति पनि बाँचेको छ । जंगल छ र आज हामी सम्पन्न छौँ । यो बहसको विषय हुन सक्दैन र ?
मूल विषय चुरे भनेको गिट्टी, ढुंगा र बालुवा मात्र होइन, नेपालको राजनीति हो, अर्थनीति हो र कूटनीति तथा समग्र रणनीति हो । हाम्रो राजनीतिक प्रणाली त प्रकृतिमाथि निर्मम छ । राणाकालमै नेपालको सीमासम्म मात्र होइन, नेपालभित्रै रेल किन आयो ? नेपालको काठ लिन, वन्यजन्तुको सिकार गरेर ओसार्न । पञ्चायती व्यवस्था जोगाउन पनि तराईकोमूल विषय चुरे भनेको गिट्टी, ढुंगा र बालुवा मात्र होइन, नेपालको राजनीति हो, अर्थनीति हो र कूटनीति तथा समग्र रणनीति हो । हाम्रो राजनीतिक प्रणाली त प्रकृतिमाथि निर्मम छ । राणाकालमै नेपालको सीमासम्म मात्र होइन, नेपालभित्रै रेल किन आयो ? नेपालको काठ लिन, वन्यजन्तुको सिकार गरेर ओसार्न । पञ्चायती व्यवस्था जोगाउन पनि तराईको जंगल मासियो । पञ्चायतले नै चारकोसे झाडी मासेको हो, अहिलेको व्यवस्थामा सक्रिय दलहरूले चुरे मासे । यसमा सबै अंशियार हुन् । दुर्भाग्यको कुरा, मधेसको राजनीति गर्नेहरू पनि यसको प्रमुख हिस्सेदार छन् ।
हाल सरकारले चुरे होइन महाभारत खन्ने योजना अगाडि सारेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा जिल्लाको घना वनक्षेत्र फाँडेर बनाउन लागिएको विषयले सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा व्यापकता पाएको छ । ०५२ सालमै पहिलोपटक प्रस्ताव गरिएको भए पनि विगतमा यति धेरै चर्चा र बहस भएको थिएन तर अहिले भने यो विषय र प्रसंगले विभिन्न तह र तप्काका व्यक्तिलाई आ आफ्नै किसिमले तरंगित बनाएको छ ।
विमानस्थल निर्माण गर्न लागिएको क्षेत्र बारा जिल्लामा अवस्थित पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको अभिन्न अंश हो । करिब दुई सयको संख्यामा नेपालमा रहेको अनुमान गरिएका एसियाली जंगली हात्तीमध्ये ५०–६० को झुण्डमा रहेका हात्ती चितवनदेखि धनुषासम्मको करिब दुई सय किमि क्षेत्रको जंगलमा आवतजावत गर्ने गर्छन् । तिनीहरू नेपालमा मात्रै पाइने रैथाने प्रजातिका हात्ती हुन् ।
बहस हुनु आवश्यक छ, चुरे क्षेत्रमै पर्ने निजगढमा लाखौं संख्यामा रूख काटेर, नेपालको सबभन्दा महत्वपूर्ण जैविक विविधता मासेर बनाइने भनिएको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ ले किन प्रमुख बहसको रूप लिन सकेन ? समयमै केही गर्न सकिएन भने भोलि सच्याउन नमिल्ने गरी क्षति बेहोर्नुपर्नेछ । त्यो बेला पछुताउनुबाहेक हामीसँग अर्को विकल्प हुने छैन ।
तराई होस् वा पहाड, हाम्रो जीवनरेखा जोडिएको छ । सरकारले चुरे होइन, चुरे होइन भन्दै, डोजर अब महाभारत खन्न उकालो लागिसकेको छ । महाभारत पहाडचाहिँ खन्न पाइने ? महत्वपूर्ण र संवेदनशील विषयलाई केन्द्रमा राखेर हरेक तहमा छलफल हुनु तथा विकासको परिभाषा बदल्न आवश्यक छ । हामीले के बुझ्नुपर्छ भने, वातावरणको विषय भनेको वातावरणसँग मात्र जोडिएको छैन, यसले हाम्रो सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पार्छ ।
२०७८ असार १७ गते ७:०५ सौर्य दैनिकमा प्रकाशित
artistsuman.scd@gmail.com








Comments
Post a Comment