चित्रमा देवी शक्ति एससी सुमन


 

नेपालका देवीदेवताहरु यानि 'डेटिज आफ नेपाल' नामक बृहत कला प्रर्दनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा चलीरहेको छ । ॐ नै पृथ्वी उत्पत्तिको पहिलो विज मन्त्रको रुपमा मान्दै ब्रह्माण्ड उत्पत्तिलाई दर्शाउँने समावेश भएको कलाकृतिहरुलाई नियाल्दै जाँदा सृष्टिको कथामा प्रवेश हुन्छ । अविनाशी परब्रह्म यानी कालले केहि समय पछि, आफ्नो द्वितीयको इच्छा प्रकट गरे । उसमा एक बाट अनेक हुने संकल्प उदित भयो । निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे, जो मूर्तिरहित परम ब्रह्म हो । त्यो परम ब्रह्म भगवान सदाशिव हुन । अर्वाचीन र प्राचीन विद्वान उनलाई नै ईश्वर भने । एकांकी रहेर स्वेच्छाले सबै तिर विहार गर्ने सदाशिवले आफ्नो विग्रह (शरीर) ले शक्तिको सृष्टि गरे । हिन्दु धर्ममा प्रमुख नारीहरु प्रायः देवता पत्नीहरु,  विष्णुको लक्ष्मी, ब्रह्माको सरस्वती, शिवको शक्ति ( दुर्गा वा काली) हुन । तिनीहरुले आ- आफ्नो क्षेत्रको संरक्षकको रुपमा आफ्नै अधिकारमा देवीहरुको रुपमा शक्तिशाली भूमिका खेल्छ्न । विद्या, शिक्षा, संस्कृति कला, संगीतको परिधिमा सरस्वतीले हाँस र मयूरलाई वाहन र लक्ष्मीलाई लाटोकशेरोको वाहन, गाई सहित धन र समृधी कि देवी भनिन्छ ।

कलाकार रागिनी उपाध्यायको "लक्ष्मी" शिर्षकको कलाकृति

कलाकार रागिनी उपाध्यायको "लक्ष्मी" शिर्षकको क्यानभास, अमावस्याको कालो र अँध्यारो रातमा सुनौलो प्वाँख लिईउँडिरहेको लक्ष्मीको आकर्षक चित्र प्रदर्शनी कक्षको भित्रि भागमा नियाल्न सकिन्छ । जहाँ देवी लक्ष्मी आफनो वाहन लाटोकसेरो संग देखिन्छन् । पौराणिक मान्यताको अनुसार, लाटोकसेरो सबैभन्दा बुद्धिमान निशाचारी प्राणी हो । जसलाई भूत र भविष्यको ज्ञान पहिले देखि हुन्छ। लक्ष्मीको वाहन पुर्वीय संस्कृतिमा शुभता र धन संपत्तिको प्रतीक मानिन्छ । सामान्यतयाः धनकी देवी लक्ष्मीको पुजा औंशीको रात्रीमा गरिने भएकाले पनि पाश्र्व भागमा देखिने गहिरो निलो-कालो मिस्रीत रंगको प्रयोगले कलाकृति जीवन्त भएको छ । लक्ष्मी समुद्र बाट प्रकट भईन, र विष्णुको सेबामा लिन भईन । जसको स्वभाव चंचल मानिन्छ । तसर्थ भनिन्छ धन स्थिर रहदैन । देवी लक्ष्मीको वाहन लाटोकसेरो हो, जो राति सक्षम हुन्छ र अध्यारोमा जाग्रत हुन्छ  । देवी लक्ष्मी आफ्नो वाहन लाटोकसेरोमा बसेकी छिन, कलाकार रागिनी उपाध्याय भन्नुहुन्छ , " हिन्दु देवतामा स्त्री शक्तिको प्रतिनिधित्व गर्दछ । एक हाथमा मोवाईल अर्को हाथमा कम्प्युटर आज को आधुनिक ज्ञानको स्रोत हो, सवाल सहि र गलत प्रयोग को हो । यसको अर्थ यो हो कि उनी अज्ञानको सवारी गर्छिन र सहि ज्ञानलाई जाग्रत गर्न सहयोग गर्छिन । यदि अज्ञानले देवी लक्ष्मीको उपयोग भएमा त्यो भोग र नाश सम्म सिमित रहिरहन्छ । यदि ज्ञानले उपयोग भएको खण्डमा दान र परोपकरको दशामा लाग्छ। रातो पदचिन्हले घर- घरमा लक्ष्मीको प्रवेश होस । कुनै  समयमा भनिन्थ्यो जहाँ सरस्वतीको बास हुन्छ, त्यहाँ लक्ष्मी को बास हुदैन l तर आज परिस्थिती फेरिएको छ, जहाँ सरस्वती छ, त्यहाँ लक्ष्मी रमाउ छिन । मात्र यति होस कि रीतीले कमाएको धन नीतेले खर्च गरौं । जसको हाम्रो देशमा सर्वाधिक खाँचो छ । "            

उहाँ  अगाडि थप्नु हुन्छ, " हिलैमा हुर्कै पनि कमल हिलोदेखि भिन्नै रहँदछ । हिलोमा फुल्ने हुनाले कमललाई पङ्कज भनिएको हो । संसारमै रहेर पनि सांसारिक विषयदेखि मुक्त हुन् भनिएको हो । यानीकी हिलोमा फुले पनि मैलो पनको कुनै प्रभाव पर्दैन । जो सर्वदा स्वच्छ, निर्मल र दिव्य रहन्छ । कमलले दर्शाउछ, हामी जे-जस्तो परिस्थितिमा विपरित किन नहुन, हामी आफ्नो अन्तकरणलाई सर्वदा निर्मल तथा पवित्र राखनु पर्दछ। "

मानिस प्रकृतिको असीम शक्तिको सर्वोत्तम अभिव्यक्ति हो | मानिस भित्रको ऊर्जाको अनंत अलौकिक तल र कलात्मक रहस्य विद्यमान छ । जसको मूल स्रोंत निःसंदेह यो  प्रकृतिको  विराट सत्ता हो | सृष्टिमा अन्तर्निहित सौंदर्य बोध र मानिसको  कलात्मक अभिव्यक्तिलाई हेर्न, बुझन जति पनि मान्य कलात्मक दृष्टि प्राचीन काल देखि आज सम्म विकसित हुदै रहदा त्यसमा तंत्रको कला दृष्टि स्वयंमा  दार्शनिक उत्कर्षको  शिखर बिंदु जो | प्रकृति आफ्नो त्रिगुणात्मक स्वरूप र गुणातीत मूल स्वरूपमा आद्यशक्ति भनाउ छिन ।

यद्यपि पार्वती - काली- दुर्गा शक्ति  हुन, जसले  दानवहरु बाट  स्वर्ग, पृथ्वी र यसका धर्मात्मा मानिसहरुको रक्षकका रुपमा उभिन्छिन उहाँहरुको आरोहण बाघ हो र देवताहरुले जगतको रक्षा गर्न असफल हुँदा पनि देवी- देवताहरु मिलेर राक्षसी शक्तिहरुलाई नष्ट गर्छ्न । देवीहरुलाई देवताहरु जस्तै समान भक्तिका साथ पूजा गरिन्छ । वास्तवमा हिन्दुहरुका प्रमुख चाडहरु दशैं तिहारमा लक्ष्मी र वसन्त पंचमीमा सरस्वती को पूजा गरिन्छ । यसका अतिरिक्त शक्तिलाई हिन्दु धर्मावलम्बीमा स्त्री शक्तिलाई इश्वरिय ब्रह्माण्ड शक्तिको रुपमा चित्रण गरिएको छ र शक्ति शिव संगको मिलानलाई पुरुष चेतना र प्रकृति  जस्ता रुपहरुमा चित्रण गरिएको छ । 

परमात्मा संग एकताको लागि मानव आत्माको चाहनाको अधिक  रुपक प्रतीकात्मक रुपमा जीवनको आनन्दको स्पष्ट  उत्सवको रूपमा धेरै अर्थहरु छ्न । थपरुपमा शक्तिलाई एक दिव्य ब्रह्माण्डिय शक्तिको रुपमा चित्रण गरिन्छ । जसले  पुरुष र महिला देवताहरुको मिलन चाहे मुर्ति होस वा चित्रकलामा , पुरातन ग्रन्थहरुमा आवर्ती विषय वस्तु हो र व्यापक रुपमा पुर्वीय भारतीय उपमहाद्वीप, जम्वुद्वीपका मन्दिरहरुमा पाईन्छ । प्रायः स्वेच्छिक अंगालोमा कामकला अवस्थामा चित्रण गरिएको छ ।  यस्तो  कार्य र रचनालाई रुपक प्रतीकात्मक रुपमा देखन सकिन्छ । जो प्रजनन, प्रचुर्ता र समृध्दी संग सम्बन्धित छ्न।

कलाकार दिपा कर्ण मिथिला शैलीमा प्रस्तुत भएको छिन । मूलाधार चक्रमा कुंडलिनी (कुंडलीमा बसेको सर्प ) शक्तिको  मूर्त रूप हो मां छिन्नमस्तिका । चित्रमा देवी आफ्नो रक्त पान गरेको देखिन्छ । जसले यो तथ्यलाई उजागर गर्छ कि आमा आफ्नो रक्त पान गरेर सबल रहन्छिन । यसरी नै जीवनमा विराजमान कुंडलिनी शक्ति,  स्वयंको  रक्तले नै पोषित हुन्छ । कुंडलिनी शक्ति जाग्रत भएमा  मायाको प्रभाव क्षीण हुन्छ, संभवतः यिनै  कारणले देवी माँलाई निर्वस्त्र देखाईएको हो । देवीको खुट्टा तल  कामदेव तथा रति छ, जो काम ऊर्जाको प्रतीक हो । यही काम ऊर्जा ऊधर्वगामी भएमा प्रज्ञा रुपी कमल फुल्छ र साधक आफ्नो असीम सम्भावना संग उपलब्ध रहन्छ  । माँ छिन्नमस्तिकालाई प्रचंड चंडिकाको रूपमा पनि जानिन्छ र पूजिन्छ ।   

कलाकार दिपा भन्छिन, " पौराणिक धर्म ग्रंथों मार्कंडेय पुराण व शिव पुराणमा उल्लेखित छ की जब माँ छिन्नमस्तिकाले चंडीको रूपमा  राक्षसहरुको  संहार गर र दैत्यलाई परास्त गरि देवतालाई अभयको वरदान दिदा,  चारौ दिशा माँको जयघोषले गुँजमान भए । तर यति हुँदाहुँदै, जब सहायक सहचरिय अजया र विजयालाई  रुधिर पिपासा शांत न हुँदा, माँले आफ्नो टाउको  काटेर आफ्नो रक्तले उसको रक्त प्यास बुझाईन । यसै कारणले मातालाई  छिन्नमस्तिका नामले जानिन्छ ।"

 छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ताको सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक प्रशिद्ध शक्ति पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । 

गीतामा वर्णित योगमाया शक्ति हो, जो व्यक्त र अव्यक्त रूपमा रहेको छ । कृष्ण 'योगमायामुवाश्रित:' भएर नै आफ्नो लीला गर्छ्न । राधा उनको शक्ति हो । शिव शक्तिहीन भएर केही गर्नसक्दैन । पूर्वी दर्शनमा कुनै न कुनै नाम रूपले यसको चर्चा हुने गर्छ । पुराणमा विभिन्न देवताको विभिन्न शक्तिको कल्पना गरिएको छ । प्रायः शक्तिलाई धेरै जसो देवीको रूपमा र मूर्तिमती मानिएको छ । मार्कण्डेयपुराणको अनुसार सबै  देवताको तेजोराशि देवी शक्तिको रूपमा भनिए को छ, जसको शक्ति वैष्णवी, माहेश्वरी, ब्रह्माणी, कौमारी, नारसिंही, इंद्राणी, वाराही आदि हुन ।

कलाकार एससी सुमनको "शक्ति " शिर्षकको कलाकृति

पंक्तिकार र कलाकार स्वयं एससी सुमन को 'शक्ति' को चित्रमा दुर्गादेवीका दस हात आठ वा दस दिशा हुन् – पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, आग्नेय, वायव्य, नैऋत्य , आकाश र पाताल । दसै दिशाबाट बाहुबलले रक्षा गर्ने । वाहन सिंह शक्ति, इच्छ, सङ्कल्पको प्रतीक हो । सिंहलाई बसमा गर्नु र सिंहमा चढनु शक्ति-इच्छा-सङ्कल्प माथि नियन्त्रण राख्नु हो । दुर्गाका उपासकले पनि आफूसँग भएको घमण्डलाई वशमा राख्नुपर्दछ । हातमा भएको वज्र वचनबद्धताको प्रतीक मानिन्छ । देवीको हातको औँलामा सुदर्शन चक्र छ । यो शस्त्र अचुक र सृष्टि चक्र हो । हातमा रहेको तरवार ज्ञानको प्रतीक हो । टल्केको धारले सम्यक् ज्ञान अर्थात् आशङ्कारहित ज्ञान सङ्केत गर्दछ । हातको त्रिशुललाई सत्व, रज र तम गुणको प्रतीक हो । हातमा भएको शङ्खले शब्दब्रह्मलाई इङिगत गर्दछ । शङ्खध्वनिलाई ॐ अर्थात् प्रणव मन्त्रको प्रतीक मानिन्छ । दुर्गा सप्तशती’ ग्रन्थमा देवी कवच स्तोत्र छ, जहाँ निम्नाङ्कित श्लोकमा नवदुर्गाका नाम क्रमश: यसरी दिइएको पाइन्छ -

प्रथमं शैलपुत्री च द्वितीयं द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।


पृष्ठभुमिमा यस्ता मन्त्रको प्रयोग गरिएको छ । चित्रकला सुलेख लेखन यानी क्यालिग्राफिक प्रचलित शैली हो । मिथिला चित्र शैली र क्यालिग्राफिक शैली दुबै परंरागत शैली हुन । मिथिला शैली संग क्यालिग्राफिकको प्रयोगले नौलो अनुभुती दिन्छ । कलाकृतिको तल घेरामा मिथिला कलामा प्रचलित कोर यानी बोर्डरमा देवीको विभिन्न रुपलाई मुखाकृतिको रुपमा प्रयोग गरिएको छ । त्यस माथी लहरै रातो कमलको फूलमा देवी लक्ष्मी र सरस्वती संग सिंहवाहिनी देवी दुर्गा विराजमान छिन । देवी लक्ष्मी धनकि तथा सरस्वती  विद्याकि देवी हुन । सबैभन्दा पहिले ऋग्वेदमा शक्तिको वर्णन वेद वाणी सरस्वतीको रूपमा गरिएको छ । तत्प्श्चात उषा र अदितिको रूपमा प्रकट भए । संस्कृतिमा देवी शक्तिलाई मातृ रूपमा स्वीकार्य गरिएको छ । देवी प्रकृतिमा पारिस्थितिक सन्तुलनको पछाडि काम गर्ने ईश्वरीय शक्तिको रूपमा, सम्पूर्ण जीवनको पालनपोषणकर्ता र सम्पूर्ण पारिस्थितिक ज्ञानको स्रोतको रूपमा देखाउँदछ । उनी महान पोषणकर्ता हुन् जसले प्राकृतिक जीवनलाई बाहिर निकाल्छिन् र यसलाई आफैंमा जम्मा गर्छिन् । जीवन रूपहरूको प्रचुरता संग देवीको तीन नेत्र यानी आँखा पुनरावृत्ति हुन् । त्रिम्बके अर्थात् तीनवटा आँखा भएकी दुर्गालाई त्रिकालदर्शी अर्थात भूत-वर्तामान-भविष्य देख्ने मानिन्छ । देब्रे आँखा चाहना, जून, शीतलता, दाहिने आँखा घाम, कर्म-तातो-न्यानो र निधारको आँखाले आगो, ज्ञान-ज्वालाको प्रतिक हुन् । जसले आफ्नो कलात्मक अभिव्यक्तिमा विश्व सृजनको कारक तत्त्व हो | शक्ति नै कुनै पनि मानिसलाई शक्तिशाली बनाउछ । तसर्थ शक्तिलाई शिवको जन्मदात्री माननुको कारण त्यसलाई शिवको अपेक्षा श्रेष्ठ भनिएको छ ।

कलाकार एससी सुमनको "शक्ति " शिर्षकको कलाकृति

कलाको समष्टिगत स्वरूप हेर्न र बुझन तंत्रको दृष्टिको आवश्यकता हुन्छ । तंत्र कलाको समस्त आयामलाई आफ्नो रचनात्मक प्रक्रियामा समाहित गर्छ  | तंत्रले कलालाईब तत्त्व र प्रक्रिया दुबै मानिएको  हो | कला शब्दको मूल अर्थ हो शक्ति | परमेश्वर एकातिर निष्कल यानि कला रहित र अर्कोतिर  सकल अर्थात अखंड कला संपन्न छ  | उनको यो सकल अवस्थाले नै सृष्टिको धारा प्रवाहित हुन्छ | तंत्र बिन्दुलाई  शिव र रेखालाई  शक्तिकोन प्रतीक मानिन्छ  |  बिंदु मात्र शांत र स्थिर रहन्छ, रेखाले नै उसलाई चलायमान बनाउ छ  र यो दुबैको संयोग संसारको  कलात्मक अभिव्यक्तिको एकमात्र कारण बन्छ | रेखा र बिंदुको  संयोगले बन्ने सबै कोण नै लोक हो र लोक नै शक्तिको पटल हो | नेपालका देवीदेवताहरुको लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एउटै धरातलमा राखि प्रस्तुत गरिएको, मंसिर ११ गते देखि शुरु भएको उक्त प्रदर्शनी मंसिर २५ मा सकिदै छ । 

artistsuman.scd@gmail.com 


Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन