मिथिला कलाको ऐतिहासिक कालखण्ड : एससी सुमन

 


समयको प्रवाहसँगै मानिससँग सम्बन्धित घटना वा जरूरी जानकारी मेटिएर अर्थात् बिर्सिएर नजाओस् भनी इतिहास लेख्ने गरिन्छ । जसले भावी पुस्ताले विगतमा भएका घटनाबारेमा जानकारी पाउँछन् । आफ्ना पूर्वजहरूको कामबारे थाहा पाउँछन् । उनीहरूले स्थापित गरेका मूल्य र मान्यताबाट सिको गर्छन् ।

असल कामको गौरव गर्छन् । उनीहरूबाट भएको गल्तीलाई सच्याउँदै उज्वल भविष्यका निम्ति पाठ सिक्छन् । तसर्थ इतिहास भनेको विगतको घटना परिघटनाको पुञ्ज पनि हो । विगतका यथार्थ घटनालाई समेटेर इतिहास लेखिन्छ । पहिले घटेका घटनाको स्थान, घटनाको प्रवृत्ति र घटनाको वर्णन, घटेको घटनाको समय (तिथि वा मिति), घटेका घटनाको क्रम मिलाउने, घटनासँग सम्बन्धित पक्षहरू, घटना हुने सत्यतथ्य कारण, घटनाबाट परेको प्रभाव, घटना सम्बन्धित चित्र तथा अन्य लिखित मौखिक जानकारी, क्रमिक रूपमा मिलाई इतिहासकारले आवश्यक परेमा विज्ञहरूसँग सल्लाह लिएर लेख्दा इतिहास बन्छ ।

विकास क्रममा मानव समाजको सिकाइ, भोगाइका अनन्त कथा छन् । आफ्नो चार दशकको कला यात्रामा देखेका, भोगेका, पढेका, पढ्दै गर्दा भेटाएका सन्दर्भलाई राख्ने प्रयास मात्र हो । तर, लेख्नु ठुलो काम हो । त्यसमा पनि चाहे त्यो चित्र वा कुनै चित्र शृंखला होस् वा चित्रकलाको कालखण्ड । जब म लेख्छु, त्यतिबेला मभित्रको चित्रकार ममाथि हाँस्न थाल्छ । तथापि लेख्ने प्रयास गर्छु । जस्तो अँध्यारोलाई बुझ्नु नै कला हो, जसरी सुन्नु र बोल्नु पनि ।


मात्र चार दशक पछाडि फर्केर हेर्दा परम्परागत मैथिली महिला आफ्नो घर वा गाउँ छाडेर विरलै हिड्थे । बिहे भइसकेपछि छोरीको आफ्नो श्रीमानको घरायसी कामधन्दा गर्ने र आफ्नो जीवनको धेरैजसो समय पर्दामा बिताउने, अपरिचित पुरुष र आफन्तहरूका अगाडि पनि घुँघटोमा समय बित्थ्यो । गाउँका घरमा कलाकार मञ्जुलालाई पहिलो पटक भित्तामा चित्र लेख्नभन्दा उनी यसरी नै देखा परिन् ।

उसले आफूलाई घुम्टो मात्रै नलगाई, तर झ्यालबाट बाहिर निस्किइन् । तर, आज उनको परिचय वरिष्ठ मिथिला कलाकारको छ । उनी काठमाडौं मात्र होइन देश विदेशको यात्रा गर्छिन् । वर्तमान जनकपुर महिला विकास केन्द्रको बीउ हालियो । जब जनकपुर वरपरका गाउँका महिलाहरूलाई आफ्नो परम्परागत पर्खालमा भएको डिजाइनलाई कागजमा कोर्न भनिएको थियो । पहिलो नमूनाहरू उत्पादन गर्न गाह्रो मात्र होइन चुनौतीपूर्ण थियो ।

मुसाहरूले कागजका कुनाहरू खाए, बच्चाले डिजाइनमा दूध खसाले र महिलाले पृष्ठमा फिट हुनको लागि तिनीहरूको छविलाई मापन गर्न सकेनन् । परम्परागत भित्तामा रहेका चित्र कागजमा उतार्दा रेखाको लयबद्ध भाव र प्रभावको निरन्तरता कायम राख्नु चित्रकारको चुनौती थियो । उनीहरूलाई पनि आफ्नो प्रयास सार्थक हुनेछ भन्ने विश्वास थिएन । निरन्तरको अभ्यास र प्रयासले जनकपुरको सन्दर्भमा यो प्रयासले कलाकृति रचनामा सन् १९८९ मा परिवर्तन नै ल्यायो ।


ब्रस बनाउन परम्परागत प्रविधि, करचीको टुप्पामा आवश्यकता अनुसारको कपास वा पातलो पुरानो सुतीको नरम कपडा बेरी ‘पिहुआ’ को रूप दिइन्थ्यो । लिखियामा करचीको कलम र पिहुआको प्रयोग भित्तामा र बसहा कागत (नेपाली लोक्ता कागत) दुवैमा गरिन्थ्यो । सवर्ण परिवारका खास गरेर ‘कैथिन’ (कायस्थ) कलाकारको अभ्यास कागज, कलम र पिहुआसँग कुनै न कुनै रूपमा भएकाले आफ्नो कलाकर्मको अभ्यास नेपाली लोक्ता कागजमा गर्दा सहज हुँदै गयो ।

जब जनकपुर वरपरका गाउँका महिलाहरूलाई आफ्नो परम्परागत पर्खालमा भएको डिजाइनलाई कागजमा कोर्न भनिएको थियो । पहिलो नमूनाहरू उत्पादन गर्न गाह्रो मात्र होइन चुनौतीपूर्ण थियो । मुसाहरूले कागजका कुनाहरू खाए, बच्चाले डिजाइनमा दूध खसाले र महिलाले पृष्ठमा फिट हुनको लागि तिनीहरूको छविलाई मापन गर्न सकेनन् । परम्परागत भित्तामा रहेका चित्र कागजमा उतार्दा रेखाको लयबद्ध भाव र प्रभावको निरन्तरता कायम राख्नु चित्रकारको चुनौती थियो । उनीहरूलाई पनि आफ्नो प्रयास सार्थक हुनेछ भन्ने विश्वास थिएन ।


ब्राह्मण महिलाले ‘भरनी’ को अभ्यास हुँदै गयो । यसरी नै अंगचित्रलाई (गोदना) कागजमा लेख्नु पनि कम चुनौतीपूर्ण थिएन । तथापि, यहाँका लोक कलाकारको कलम र कागजको प्रयोग कठिन कार्य थियो । लोकचित्रकारले प्रविधिको प्रयोगमा रूपान्तरण गरे । गोदना खोप्दा एकभन्दा धेरै सियोको समूहको प्रयोगको ठाउँमा कलम र शरीरको ठाउँमा कागजको प्रयोग गर्न थाले । मिथिला कलाजस्तै र त्योभन्दा नि पहिले बिहारमा मधुवनी चित्रकला पनि प्रचलनमा आएको देखियो । मिथिला कला अहिलेको विकसित रुपमा रुपान्तरण भयो ।


नेपालको चितवन निकुञ्जभित्र रहेको मचान वाइल्डलाइफ रिसोर्टले मैथिल महिलालाई पाहुना बंगलाको माटोको पर्खालमा चित्राकंन गर्न आग्रह गर्दा एउटा नयाँ मोड आयो । महिलाहरू अनिच्छुक थिए, अधिकांंशले आफ्नो जन्मभूमि यानी आफ्नो माइतीदेखि आफ्नो श्रीमानको गाउँ यानी ससुरालीबाहेक कतै यात्रा गरेका थिएनन् । उनीहरूले आफ्ना पतिहरूबाट अनुमति लिनु र पुरुष संरक्षक राख्नुपथ्र्यो ।

उनीहरूले गाउँलेहरूको आलोचना सहनुपरेको थियो । तर एक पटक चितवनसम्मको यात्रा गरिसकेपछि अन्य नयाँ मानिससँगको भेटघाट र सँगै चित्रहरू बनाउने रमाइलो क्षणले घरबाट टाढा यात्रा गर्दा डराउनु पर्ने कुरा छैन भने अनुभव उनीहरुले गरे । जब जंगल छोड्ने समयमा सँगै बस्ने र उनीहरूको परम्परागत सीपहरू बजारमा ल्याएर अझ के गर्न सकिन्छ भन्ने बुझ्न थाले । नेपाल सन् १९९० अर्थात् वि.स.२०४६ सालमा परिवर्तनको संघारमा थियो ।

नेपालमा प्रजातन्त्रका लागि जनआन्दोलन भएपछि, पञ्चायत व्यवस्थाको समाप्ति र प्रजातन्त्रको पुनःस्थापना सँगसँगै मिथिला कला पनि नवयुगमा प्रवेश गर्यो । सन् १९९० को वसन्तमा पहिलो जनकपुरी महिलाहरुको मिथिला लोकचित्रकलाको पहिलो समूह प्रदर्शनी, अमेरिकी महिला क्लेयर वर्कर्टको प्रयासले काठमाडौंस्थित संयुक्त राष्ट्र अमेरिकाको सांस्कृंतिक केन्द्रको कक्षमा सप्ताहव्यापी रुपमा प्रदर्शनीको आयोजना गरियो ।

यो प्रदर्शनीको उद्घाटन तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लोच र जनकपुरका नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिले गरेका थिए । केही हदसम्म प्रजातान्त्रिक आन्दोलनलाई पछ्याउने सबै नेपाली संस्कृतिमा राष्ट्रिय गौरव र चासोको थालनी नयाँ प्रदर्शनीले प्रदान गर्न सफल भयो । उक्त प्रदर्शनी अति व्यवस्थित थियो । प्रदर्शनी अत्यन्त सफल र कार्यक्रमको प्रतिक्रिया अतुलनीय रहेको थियो । जसले नेपालको मैथिल समुदायको लोकसंस्कृति राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा स्थापित हुन सक्यो । आफ्नो मौलिक पहिचानलाई समेत जगाउन महत्वपूर्ण भूमिका खेल्यो ।


सो प्रदर्शनीमा सहभागी मिथिला लोक महिला चित्रकारमध्ये चित्रकार फुलियादेवी कर्ण (नगरैन) तथा मिथिलेश्वरी देवी कर्ण (जनकपुर) विवाह महोत्सवको चित्र (विशेष गरेर कायस्थले गर्ने) चित्रणमा सिद्धहस्त कलाकार हुन् । यसरी अन्नपुर्णादेवी मिश्र, बच्चिदेवी मिश्र र मञ्जुलादेवी ठाकुर (सबै कुम्हरौरा गाउँ) काशीदेवी झा, मुन्द्रिकादेवी चौधरी, (जटहि) द्वारा देवीदेवता, विवाह महोत्सवको र मुण्डनको चित्र बनाउने अभ्यास मुल रुपमा गरे ।

डनोगी गाउँका मुसलमान चित्रकार निशा कमरुन गोदना चित्रकार हुन्, उनको चित्र सुकुमार गोदना शैलीकोचित्रकार हुन्, उनको चित्र सुकुमार गोदना शैलीको रुपान्तरित ढाँचामा छ । गालो देवी मंण्डल (थेरा), आ राजकुमारी तेली (सहोर्बा) को चित्र दिवाली पर्वको चित्र जनावरको सजिव बिम्व चित्रण उल्लेखनीय छ । (तत्कालीन मधुपर्क र पत्रपत्रिका) यसरी पहिलो पटक आफ्नो लोककलाको प्रदर्शनी गरी जनकपुरी महिला चित्रकार आफ्नो लोक सांस्कृतिक परिचय अरु जनसमुदायलाई दिए ।

संभ्रान्त व्यक्तिको निवास स्थानको आधुनिक भित्तामा आफ्नो लोककलाको चित्रण गरी तथ्य प्रकाशमा ल्याइ आजको आधुनिक युग र घरमा प्राचीन संस्कृतिको गौरवको संरक्षण गर्न सकिन्छ भनी स्पष्ट रुपले उजागर भयो । मधुर्पकमा लेखक भिक्टर प्रधानको प्रकाशित लेखमा केही कलाकृति (पेन्टिङ) को तस्बिर छापिएको छ, जसमा कलाकार मात्र मञ्जुलादेवीको नाम छापिएको भेटिन्छ ।

लेखभित्र छापिएका अन्य पेन्टिङमा कलाकारको नाउँ लेखिएको छैन । हालै सम्पन्न काठमाडौं ट्रिएनालेको पाटन संग्रहालयमा प्रदर्शित पेन्टिङमा पनि कलाकारको नाउँ लेखिएको छैन । तर, नेपाल कला परिषद् र तारागाउँ संग्रहालयमा प्रदर्शित पेन्टिङमा कलाकारको नाउँ लेखिएको छ । सन् १९९१ मा महिलाको विकासका लागि संयुक्त राष्ट्र संघको कोषबाट अनुदान र सेभ द चिल्ड्रेन – जापानको सहयोगबाट स्थानीय महिलालाई विभिन्न सीपहरू तालिम दिन थालियो ।

पेन्टिङको बजार सीमित भएको हुनाले, उनीहरूलाई चित्रकला, सेरामिक, सिलाई र बुनाइजस्ता अन्य माध्यमहरूसँग आफ्नो चित्रकला प्रविधि र परम्परागत डिजाइन कसरी प्रयोग गर्ने भनेर सिकाइएको थियो । गरिब, अशिक्षित र बाहिरी संसारको अनुभव गर्ने मौका नपाएका महिलालाई तालिम केन्द्रित गरिएको थियो । समयसँग कलामा पनि परिवर्तन हुँदै आएको छ । कहिले अनायास त कहिले सप्रयास ।

आधुनिकताको विषय हो वा प्रस्तुतिकरणमा समकालीन सन्दर्भको नवीनता वा नवमाध्यमको प्रयोग किन नहुन, पारम्परिक बन्धन तोडिने सम्भावना बनिरहन्छ । कला मानव जातिको उत्कृष्ट सृजना हो । कलालाई चेतनाको विशिष्ट रुप भन्ने गरिन्छ । सभ्य समाजको निर्माणमा कलाको भूमिका महत्वपूर्ण रहन्छ । समाजको सकारात्मक र नकारात्मक विषय कलाको माध्यमको विषय हुने कारण यसको महत्व सशक्त हुने गर्छ ।

ग्रामीण परिवेश संयुक्त परिवारको लालनपालन, प्राथमिक पारिवारिक शिक्षा, बाल्यकालदेखि नै कलाप्रतिको लगाव र मिथिला कलाको जीवन्त परम्परा अनुरुप आफ्नो हजुरआमा कला संस्कारको छाप, पढाइमा सामान्य तर कलामा अग्रसरता, विभिन्न प्रतियोगितामा पुरस्कृत र प्रोत्साहित हुँदै आफ्नो एसएलसीपश्चात् डाक्टर बन्ने उद्देश्य बोकेर दरभंगामा विज्ञान बिषयको बिएससीसम्मको पढाइ तथा दरभगा, मधुवनीमा मिथिला कलालाई नजिकबाट बुझी स्वदेश फर्की सन् १९९० को दशकमा पंक्तिकार स्वयंको मिथिला कलाको पहिलो एकल प्रदर्शनी विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गरिएको थियों । जसको उद्घाटन गणेशमान सिंहले गरेका थिए ।

विभिन्न आरोह अवरोह पार गर्दै कलाको विकासको यो निरन्तर यात्रा आज पनि जारी छ । सन् १९९० को दशक नेपाली मिथिला कलाको इतिहासमा एउटा कोशेढुंगा सावित हुन सक्यो । जहाँ प्रथम समूह प्रदर्शनी र प्रथम एकल प्रदर्शनीको दुइवटैको श्रीगणेश भयो । जो नेपाली मौलिक मिथिला लोककलाको एउटा ऐतिहासिक कालखण्ड बन्न पुग्यो हो । मिथिला चित्रकला नेपालमा संस्थागत विकासका लागि लेल क्लेयर बुर्कर्ट, युएनडिपी, दक्ष महिला कलाकार, स्थानीय अभियन्ताहरुको प्रयासले जनकपुरमा कलाको माहोल निर्माण हुन सक्यो ।

सन् १९९० पछि मिथिला हस्तकलाको सुवास दुनियाँभर फैलिन थाल्यो । सन् १९९२ मा जनकपुरमा जनकपुर महिला विकास केन्द्र, गैरसरकारी संस्था (एनजिओ) को स्थापना भयो । त्यसबेलादेखि तालिमद्वारा आफ्नो केन्द्र आफैं सञ्चालन गर्ने महिलाको क्षमता अभिवृद्धिमा केन्द्रित भयो । मिथिला महिला कलाकारलाई उनीहरूको एनजिओ सञ्चालन गर्न सशक्तिकरण गर्न, उनीहरूलाई साक्षरता, रेकर्डसाक्षरता, रेकर्ड राख्ने, लागत र गुणस्तर नियन्त्रण, मार्केटिङ, व्यवस्थापन, नेतृत्व जस्ता तालिमले निरन्तरता पायो । कलाकारले पारिश्रमिक पाउन थाले ।

जसले महिलालाई आर्थिक रूपले सबल बनाउँदै लग्यो । कलाले मैथिल महिलालाई स्वार्जन, स्वाबलम्बन सँगसँगै पहिचानको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्यो । पुरुषप्रधान मिथिला समाजमा, महिला कला कौशलले परिपूर्ण हुँदा, परम्परागत धारणाका कारणले मैथिल नारी पूर्णरुपमा पुरुषमा आश्रित रहिआएका थिए । यति हुँदाहुँदै समाजिक चेतना तथा केही संघसंस्थाको प्रयास र सहयोगले करिब एक दर्जन पेन्टिङ र क्राफ्टलाई आधार बनाइ साना उद्योग सञ्चालनमा आए ।

आज समय फेरिएको छ । मिथिला महिला अन्य महिलाजस्तै आफूभित्र रहेको सीप र सिर्जनालाई प्रकट गर्न र व्यवसायी गर्न समेत निकै सबल बनेका छन् । उनीहरु एक्लै काठमाडौं जान सक्छन्, जहाँ उनीहरुले भित्तिचित्र डिजाइन गर्ने, डेलिभर गर्ने र पेन्टिङको अर्डर लिने र केन्द्रको भविष्यका बारेमा सरकारी अधिकारीसँग भेटघाट गर्छन् । विगतका वर्षमा उनीहरु धेरै पटक टिभीमा अन्तर्वार्ता र प्रधानमन्त्रीलगायत विदेशी विशिष्ट व्यक्तिहरू र सरकारी अधिकारीका लागि भाषण दिन सबल भएका छन् ।

परिवार र समाजमा महिलाको भूमिकाका बारेमा चेतना जगाउनु तालिम कार्यक्रमको एक महत्वपूर्ण अंग हो । महिला र पुरुषको कामको बोझ, दाइजो प्रथा, छोरीमाथि छोरालाई कसरी प्राथमिकता दिइन्छ र श्रीमान्को घरमा नयाँ बेहुलीको जीवन यस्ता विषयमा विभिन्न सार्वजनिक सत्रमार्फत छलफल भइरहेको हुन्छ । मिहिनेत, इमानदारी, सहिष्णुता, धैर्यता र आत्मविश्वास सफलताको साँचो हो । कलाबाट के पाए के गुमाए विमर्शको बिषय हुन्छ । उनीहरूको जीवनमा के फरक पार्छ भन्ने कुरा व्यक्त गर्छन् । विशेष गरी विधवा र विस्थापित महिलाले आफ्नो घरका सदस्यबाट आत्मसम्मान र सम्मान प्राप्त गरेका छन् ।

कलाकार अनुरागी देवी झा भन्छिन्, ‘हामीलाई हाम्रो संसार थाहा भयो । हामी फोन कल गर्न सक्छौ, बस चढेर वार्तालाप गर्न सक्छौ र काठमाडौंको वरिपरी आफ्नो बाटो पत्ता लगाउन सक्छौ ।’ जहाँ उनीहरूले कलाको आपूर्ति गर्नका लागि अर्डर लिन्छन् र बजारमा प्रतिस्पर्धा जाँच गर्छन् । अनुरागीले भर्खरै पढ्न सिकेका आफूले पाएको चेतनाको बारेमा सबैको भावनालाई संक्षेपमा प्रस्तुत गर्दै कलाको प्रस्तुतीकरण, व्यवसायीकरण तथा सामाजिकीकरणमा समेत योगदान दिन सक्षम छन् ।

उनी भन्छिन्, ‘यसअघि मैले चश्मा लगाएको थिएँ जसको लेन्स आलुको थियो । तर अब म स्पष्ट रूपमा देख्न सक्छु ।’ जनकपुर महिला विकास केन्द्र वार्षिक रूपमा निर्वाचित महिलाको बोर्डद्वारा सञ्चालित छ । लगभग चालीस महिला सदस्यद्वारा तथा प्रत्येक शिल्प खण्ड एक व्यवस्थापक र सहायक प्रबन्धकद्वारा निर्देशित छ । संस्थाले एकाउन्टेन्ट, स्टोरकिपर र जनरल म्यानेजर सम्मिलित प्रशासनिक कर्मचारी राखेको छ ।

इतिहासले वर्तमानलाई दिशानिर्देश गर्छ भने भविष्यको मार्गलाई स्पष्ट र फराकिलो बनाउन मद्दत गर्दछ । कला र कलाकारको योगदानको मूल्यांकनसँगै समाजको अग्रगामी परिवर्तनमा समेत लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् ।

विकास प्रयासले कलालाई कसरी असर गर्छ भनेर कसैले सोध्न सक्छ ? वास्तवमा, चित्रकलाको परम्परालाई सार्वजनिक दायरामा ल्याएर जोगाउन मद्दत गरेको छ । आधुनिक हिन्दी चलचित्रका पोस्टर वा भारतीय पात्रोमा देवताको यथार्थ चित्रणलाई प्राथमिकतामा राख्दा भित्तेचित्र र माटोमा मूर्ति बनाउने परम्परा लोप हुँदै गएको छ । मैथिली महिला कलाकारले परम्परागत सीप सिक्न र प्राचीन छविलाई जीवित राख्ने नयाँ पुस्तालाई प्रोत्साहन दिएका छन् ।

कलाकारले आफ्ना मनपर्ने हिन्दू देवताका कथाबाट धार्मिक छवि चित्रण गर्न सक्छन् । जस्तै भगवान कृष्णले गोपिनीहरुको साडीहरू चोरेको दृश्य, राम र सीताको बनवासको दृश्य वा उनी गर्भवती हात्तीको रूपमा दीपावली पर्वमा लक्ष्मीको आराधनाबाट चित्रण गर्न सक्छन् ।

अब उनीहरुमा आफ्नै जीवनको बदलिँदो दृश्यजस्तै चित्रण गर्ने सम्भावना छ । त्यो कुनै विशेष भगवानको पूजाको विस्तृत दृश्य हुनसक्छ, वा यो स्कुल जाने बच्चा, बसमा यात्रा गर्ने मानिस वा बच्चा जन्माउने वा साक्षरता कक्षामा पनि हुनसक्छ । महिलाका आफ्नै जीवनका दृश्यहरूले उनीहरू वरपरको संसारको फराकिलो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । साथै नेपालमा महिला र पुरुषका लागि भइरहेको विकास प्रक्रियाको बृहत्तर बुझाइलाई प्रतिबिम्बित गर्दछ ।


संस्कृति कहिल्यै स्थिर हुँदैन । मैथिल महिला कलाकार आज सायद तिनीहरूका हजुरआमाले चित्र कोरेजस्तो ठ्याक्कै कोर्दैनन । तैपनि तिनीहरूले चित्रण गर्ने तिनीहरूको संस्कृतिको प्रतिनिधित्व हो जुन तिनीहरूले आज अनुभव गर्छन् । जब दुलहा उनीहरूको परम्परागत पालकीमा रेडियोसहित यात्रा गर्छन्, जब बिजुलीले भिडियोहरू देखाउन अनुमति दिन्छ, मोटरगाडी चलाउँदै गरेको वा हवाइजहाज उडाउँदै गरेको, माटोको झुपडीमा जब गर्भवती महिलाले सुँडेनी र डाक्टर दुवैको मद्दत खोज्छन् ।

आज परम्परागत माटोको गाउँघरको तुलनामा कंक्रिट र इट्टाका घर रुचाइएको छ । जेडब्लुडिसी र यसको शिल्पकार रोबर्ट पावेल, स्वदेशी वास्तुकला शैली र विशेष गरी स्थानीय शैलीमा महिलाको योगदानलाई दर्शाउन चाहन्थे । यसरी जनकपुर महिला विकास केन्द्रका सदस्यहरू र नजिकैको कुवा गाउँका महिला मिलेर कुवाको केन्द्रलाई जीवन्त माटोको डिजाइनले सजाएका छन् । केन्द्रमा स्थानीय कुमालेद्वारा तयार पारको खपडाको छाना र गाउँको घरजस्तै काठका खम्बाहरू भएका बरामदाहरू पनि छन् ।

जनकपुर महिला विकास केन्द्रमा चित्रकला र हस्तकलाको उत्पादन मात्रै होइन, यसभन्दा माथि एक आन्दोलनको साक्षी छ – एक महिला आन्दोलन स्वतन्त्रता, पहिचान, ज्ञान, समृद्धि, र नयाँ गन्तव्य । यो आलेख जनकपुर महिला विकास केन्द्रद्वारा सन् १९९४ मा प्रकाशित क्याटलग तथा तत्कालीन समयमा प्रकाशित पत्रपत्रिकामा आधारित रहेर मैथिली लोककलाको वैशिष्ट्यलाई उजागर गर्ने हेतुले लेखिएको हो ।


यसमा नेपालको मौलिक लोककलाको रुपमा परिचित मैथिली लोककला र यसका सर्जकको लामो ऐतिहासिक विरासतलाई जगाउने र अग्रजप्रति सम्मान व्यक्त गर्ने लक्ष्य राखिएको छ । इतिहासले वर्तमानलाई दिशानिर्देश गर्छ भने भविष्यको मार्गलाई स्पष्ट र फराकिलो बनाउन मद्दत गर्दछ । कला र कलाकारको योगदानको मूल्यांकनसँगै समाजको अग्रगामी परिवर्तनमा समेत लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् ।

artistsuman.scd@gmail.com

२०७९ बैशाख  ३ गते, शनिबार , 16 April 2022 , सौर्य दैनिक तथा souronline.com मा प्रकाशित।


Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Bridging Nature and Tradition: The Art of SC Suman In a world increasingly defined by rapid urbanization and cultural fragmentation, the work of contemporary artist Suman stands as a vivid reminder of the delicate balance between humanity, nature, and heritage. Through his evocative paintings, Suman explores the interconnected themes of environmental awareness and cultural coexistence, creating art that is as thought-provoking as it is visually compelling. Thematic Foundations : At the heart of Suman’s art lies a profound respect for both the natural world and the diverse cultures that inhabit it. His paintings are not merely aesthetic expressions but narratives—each canvas telling a story about how people and the environment can thrive together. Using symbolic imagery, earthy palettes, and intricate detailing, Suman often blends landscapes with elements of traditional life, suggesting a harmony that modern society risks losing. Environmental Sensibility : Artist Suman’s environmental themes are deeply reflective, often portraying lush forests, rivers, and wildlife alongside scenes of human life. Unlike romanticized nature paintings, his works frequently depict the consequences of environmental neglect—deforested land, polluted waters, and displaced communities. Yet, his tone remains hopeful. By incorporating native flora and fauna, and showing sustainable lifestyles, Suman invites viewers to imagine a more balanced future. Celebrating Cultural Diversity : Equally central to his work is the celebration of cultural diversity. Suman paints people in traditional attire, engaged in rituals, festivals, and everyday life, surrounded by their natural surroundings. These works act as visual archives of indigenous wisdom and sustainable practices. He believes that preserving cultural identity is not in conflict with ecological conservation—in fact, they often reinforce one another. Technique and Expression : Suman’s use of color and form reinforces his message. He blends folk-art styles with contemporary techniques, creating a fusion that reflects the coexistence he champions. Organic textures, repetitive patterns, and a nuanced use of light evoke a sense of continuity between the old and the new, the natural and the human-made. A Call for Harmony : In exhibitions and community projects, Scsuman emphasizes art as a tool for dialogue. His paintings are displayed not only in galleries but also in public spaces and educational settings, aiming to spark conversations about sustainability and cultural empathy. By engaging local communities in workshops, he extends his artistic vision beyond the canvas into the real world. Conclusion : Suman’s art is more than a visual treat—it is a call to action. His unique synthesis of environmental concern and cultural reverence challenges us to rethink our relationship with the planet and with each other. In an age where division and destruction often dominate the narrative, Suman offers a powerful alternative: a vision of coexistence, painted in the rich hues of hope, heritage, and harmony.