मिथिला कला: अलंकृत रेखाले भावनात्मक यात्रा- एससी सुमन
मिथिला कला: अलंकृत रेखाले भावनात्मक यात्रा
-एससी सुमन
त्रेता युगमा भगवान रामको विवाह माता सीताको संग सम्पन्न भैसके पछि, मिथिला साम्राज्यको राजधानी जनकपुरको महलको पूर्वी कोठाको भित्तामा चित्रकलाले सुशोभित कोहबर कक्षमा गएका थिए । मिथिलानीहरुले कोहबर गीत गाएर सीता र रामको स्वागत गरेका थिए ।
"कजरा जे पारि पारि लिखलमे कोहबर, लीखि लेल चारू भीत गे माई ।
ताहि कोबर सुतला रामचन्द्र दुलहा, पीठ लागि सिया सुकुमारि गे माई ।।
घूरि सुतू फिरि सुतू राजा के बेटिया, अहूँ देह गरमी अपार गे माई ।"
यानि गाजल बनाई चारै भित्ता भरी चित्र लेखिएको 'कोबर घर' दुल्हा रामचन्द्र सुते, उहाँ संगै सुते सीता सुकुमारी.. कोल्टे फेरि-फेरि सुत्दा उनको जीउ तातो भयो...यस्ता आशयको गीत यधपी मिथिलान्चलमा गुन्जिने गर्छ ।
लोक कथा र मान्यता:
संसारमा लोकको दु:खले दुखी पार्वतीले शिव संग एउटा यस्तो यन्त्रको आविष्कार गर्न अनुरोध गरे जसको माध्यमले लोक दु:ख बाट मुक्त हुन पाउन र आफ्नो मनोरथ पूर्ति गर्न सकुन । पार्वतीको इच्छा अनुरुप शिवले चौसट्ठी तन्त्रको रचना गरे र पार्वतीलाई उसको स्रवण गर्न लगाए । चौसट्ठी तन्त्रको व्याख्या सुनेर पार्वतीले पुन: शिव संग भने ' यो सबै तन्त्र अध्दभुत छन, तर यतिका तन्त्रको साधना गर्नमा नै मानिसको जीवन बीतेर जान्छ, फेरि उसले आफ्नो मनोरथको उपभोग कहिले गर्छ ? राम्रो त्यो हुन्छ हजुरले यस्तो तन्त्रको निर्माण गर्नुस जसको साधनाले मानिस आफ्नो समस्त इच्छा पूर्ति गर्नसकुन । अन्तत: पार्वतीको इच्छाले शिवले पैसठ्ठीऔ तन्त्रको रचना गरे । चौसट्ठी तन्त्र परस्पर अन्योन्यास्रीत छ, पैसठ्ठीऔ तन्त्र अन्यनिरपेक्ष छ । पार्वतीको सन्तुष्टि पश्चात शिवले त्यो तन्त्र आफ्नो मित्र कुबेरलाई दिए, जसको आधारमा कुबेरले 'कोबर तन्त्र' को रचना गरे ।
कोहबर भनेको के हो ?
पूर्वीय संस्कृतिमा कोहबरको शाब्दिक अर्थ हुन्छ, वरको निवास स्थान । कोह –गुफा या कोठा, एवं बेहुला -बेहुलीको निवास स्थान । यो शब्द गुहा चित्र संग संम्बंधित छ । यो शब्द संस्कृत भाषाको शब्द कोष्ठवरको अपभ्रंस रूप कोहवर हो । कौतुक गृह, कोष्टवर, वरवधूको प्रेम र सौहार्द कक्ष हो । यद्यपि मिथिलाको जीवन्त परम्पराको रुपमा रहेको छ । 'कोबर' या 'कोहबर' मिथिला चित्र र मैथिल समाजिक जीवनमा अत्यन्त महत्वपूर्ण शब्द हो । 'कोबर' ( कोबरघर) त्यो कक्षलाई भनिन्छ जहाँ विवाह ( सिन्दुरदान ) पछि, वेहुला -बेहुली निवास गर्छ्न । अर्कोतर्फ 'कोबर' त्यो महत्वपूर्ण चित्रलाई पनि भनिन्छ, जो विवाहमा मन्दिर जस्तो पवित्र र वैवाहिक कर्मकाण्डको अत्यावश्यक भाग हुन्छ । कोबरलाई मिथिला चित्र -परम्परामा 'तन्त्रराज' भनिएको छ ।
'कोबर' को शाब्दिक अर्थ हो 'कुबेर' द्वारा बनाउन लगाएको श्रेष्ठ प्रासाद या भवन ( क= जल, वर= श्रेष्ठ ) यानी जलमा निर्मित श्रेष्ठ भवन हो । प्रसिध्द छ कि विष्णु भन्दा पहिले लक्ष्मी कुबेरको पत्नी थिईन । लक्ष्मी समुद्र -मन्थन बाट प्रकट भएको हुनाले 'क्षीर- सागर कन्यका' भनिन्छ ।
ऎश्वर र विलासको प्रतिनिधि देवता कुबेरलाई धनको अतिरिक्त बलको प्रतीक पनि मानिन्छ । अष्टनिधिको स्वामी भएकोले अनेक कलाकृतिमा कुबेरलाई शंख, पद्म आदि को संग पनि देखाईन्छ । बौद्धधर्मको बज्रयानमा इनको पत्नीको नाउँ मारीची र महायानमा वसुधारा बताईन्छ ।
जैनधर्ममा कुबेरलाई मल्लिनाथ तीर्थकरको यक्ष भनिएको छ । कुबेर अनेक गुण सम्पन्न र अपार सम्पत्तिको मालिक भए पनि कुरुप थिए । उनको विवाह संसारको सर्वश्रेष्ठ सुन्दरी लक्ष्मी संग भयो। यो बेमेल विवाहको कारण लक्ष्मी दु:खी थिईन । लक्ष्मीलाई खुशी गर्न कुबेरले संसारको सबैभन्दा बिलक्षण भवन बनाउने संकल्प गरे -चौदह लोकमा बिस्तीर्ण प्रासादको क्षेत्र । समस्त प्राकृतिक अवयव, समस्त नक्षत्र मण्डल, समस्त जीवादी भवनको मध्यमा मणि- पर्वत, त्यसको शीर्षमा सहस्त्रदल कमल, त्यस माथि सुखासन, सुखासन माथि मणिपद्म र शक्ति सहित शिव । अद्भुत प्रसाद "कोहबर"को निर्माण, अन्तत: लक्ष्मी मानिन ।
कोबर चित्र एकीकृत रुपमा विशालतम मिथिला चित्र हो । वास्तवमा कमलदह, बर्ए ( कमल को फल), बाँस यसको अंग हो, जो एकीकृत रुपमा महामण्डलको रचना गर्छ । बिस्तृत अध्ययनको लागि यसलाई छ: भागमा बाँडन सकिन्छ ।
द्यु- मण्डल, योग -मण्डल या योगिनी -मण्डल, जल -मण्डल, वन -मण्डल, जैव - मण्डल र यन्त्र -मण्डल ।
१) द्यु -मण्डल :
द्यु -मण्डल कोबरको प्रकाश -लोक हो । अन्तरीक्षमा सूर्य, चन्द्रमा, नवग्रह, ककवा( अज्ञेय परमेश्वर / विष्णुको धाम) यसमा अवस्थित छ्न र संरक्षिका योगिनी 'तारा' हो । तारा दशमहाविद्याको दोस्रो महाशक्ति हो । भनिन्छ, रात्रि बारह बजे देखि सूर्योदय सम्मको कालमा, भेद भिन्नताले चौरासी कालीको सत्ता रहन्छ र शेष समयमा ताराको सत्ता रहिरहन्छ । सौर्यमण्डल एक खगोलिय प्रणाली हो जसको केन्द्रमा रहेको तारालाई ग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन् । सबैभन्दा प्रशिद्ध सौर्यमण्डल मानव सहितको पृथ्वी रहको सौर्यमण्डल हो । पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ भने अन्य ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन् । सौर्यमण्डलको बीचमा सूर्य रहेको छ । हिरण्य गर्भ - विद्याको अनुसार, निगम शास्त्र सम्पूर्ण विश्वको रचना को आधार सूर्यलाई मान्दछ । सौर्यमण्डल आग्नेय हुनुले हिरण्मय कहलिन्छ, किनकि अग्नि हिरण्यरेता हो ।
संस्कृत शब्द 'तारा' तृ धातुले बनेको हो, जसको अर्थ 'पार गर्नु' हो । संस्कृतको तारा या तारका शब्द आकाश स्थित एउटा यस्तो ताराको द्योतक हो जो अन्तरीक्षमा आफ्नो प्रकाशले यानलाई दिशा -निर्देश गर्छ । देवी ताराको उपासना ज्ञानको प्राप्तिको लागि , प्रभावशाली वाणी- शक्ति र असाधारण पाण्डित्य प्रदार्शनको लागि पनि गरिन्छ भने अर्कोतिर ताराको सम्बन्ध लोकलाई दु:ख, कष्ट, रोग -शोक दुर गर्नु हो । यसैले तारालाई 'नीलसरस्वती' को रुपमा जानीन्छ ।
२) योग -मण्डल या योगिनी -चक्र :
योग -मण्डल अर्थात शिव -शक्तिलोक :
कोबर चित्रको मध्यतन, अर्धनारीश्वर शिवको पुरुष भाग लिंग, जसलाई आम बोलचालमा लोक बाँस भन्छ्न । यो तथाकथित बाँसको माथी टुप्पोमा पुष्पित देखाईन्छ । वास्तवमा यो बाँस पुष्पित नभएर यो सहस्त्रदल कमलको फूल हो, जसबाट निरन्तर अमृत -वर्षा भैरहन्छ, जस बाट यो सम्पूर्ण जगत पोषित भैरहन्छ । यो दिव्री सहस्त्रदल कमल बाँसको फूल मणिपद्मको प्रफूल्ल प्रसाद हो ।
कोबरको शीर्षमा अबस्थित शिव -शक्तिको लोकलाई मिथिला चित्रका मिथलानी शिल्पी आम भाषामा 'योग -योगिनी' भन्छ्न । ...
कमलको फूल :
कोबर कलामा पुरइन अर्थात् कमलको बिरुवालाई निकै महत्त्व दिइन्छ । पुष्पमा श्रेष्ठ, भगवतीलाई मन पर्ने र नारी शक्ति, सौन्दर्य तथा आर्थिक सम्पन्नताकोे प्रतीक मानिने हुँदा कमललाई कोहवरमा विशिष्ट स्थान रहेको छ । कमल दिव्यताको द्योतक हो । कमल र पोखरीले सम्पूर्ण मिथिला सुशोभित छ । सुगन्ध, कमनीयता र लालित्य कमलको प्राकृतिक गुण हो । कमललाई धनकी देवी लक्ष्मीको प्रतीक मानिन्छ । भगवान् विष्णुका लागि पनि कमल प्रिय पुष्प हो । देवी लक्ष्मीको एउटा नाम कमला र कमलासना हो, यानी जो कमलको फूल माथी वराजमान रहन्छिन । देवी लक्ष्मीको आसन कमल हो । मिथिला कलामा प्रतीकात्मकता र सौन्दर्यलाई प्राथमिकता दिइएको पाइन्छ । नारीलाई लक्ष्मी मानिन्छ । कमललाई लक्ष्मी, नारी, सौन्दर्य, कोमलता तथा योनीको प्रतीकका रूपमा लिइन्छ ।
विष्णु पुराणको अनुसार जुन मानिसको बुध्दि निर्मल र शुद्ध रहन्छ, देवी लक्ष्मीको कृपा उ माथी रहन्छ । देवी लक्ष्मीलाई कमलको पुष्प अर्पित गर्दा, देवी प्रशन्न हुन्छिन र पाप बाट मुक्ति पाईन्छ र उनको कृपा प्राप्त हुन्छ । यो पनि मान्यता छ कि कमलको पुष्प नकारात्मक शक्तिलाई हटाई सकारात्मक शक्ति प्रवाहित गर्छ । भगवान विष्णुको हातमा शंख, चक्र, गदा सगै पद्म सुशोभित हुन्छ । यो देवी लक्ष्मी सदा सगै हुनुको प्रतीक मानिन्छ । कमलको फूल विभिन्न रङ्गको हुन्छ, गुलाबी, सेतो, रातो, नीलो । प्रत्येक रङ्गको फरक -फरक अर्थ हुन्छ । उदाहरणको लागी गुलाबी कमल, बुद्ध संग सम्बन्धित हो । यो आध्यात्मिक उचाईको उच्च प्रतिनिधित्व हो । रातो कमल, निर्दोषता र मुटुको मूल प्रकृति यस बहुमूल्य फूलको साथ सम्बन्धित छ । रातो कमल देवी लक्ष्मीलाई हो ।
सेतो कमलले आत्मा र दिमागको पूर्णता प्रतिनिधित्व गर्दछ । सेतो कमल देवी सरस्वतीको प्रिय र आसन हो । "या "कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना । या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा पूजिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥"
यानी जो कुन्दको फूल, चन्द्रमा, बर्फ र हारको समान श्वेत छ, जो शुभ्र वस्त्र धारण गर्छिन, जिनको हात उत्तम वीणाले सुशोभित छ, जो श्वेत कमलासनमा बस्छिन, ब्रह्मा, विष्णु, महेश आदि देव जिनको सदा स्तुति गर्छ्न, र जो सबै प्रकारको जड़तालाई हर छिन, त्यो भगवती सरस्वती मेरो पालन गरुन् । मिथिला चित्रकलामा कमलको फूल चित्राकित गर्दा सेतो कमल कुमारी कन्याको प्रतीक हो भने रातो कमल रजस्वला भएको नारीको प्रतीकको रुपमा चित्राकित गरिन्छ । निलो कमल, बुद्धि र ज्ञान को प्रतीक मानिन्छ ।
कमलको यदि हामी धेरै एशियाई संस्कृतिहरूको शास्त्रीय साहित्यको बारेमा कुरा गर्छौं भने हामी देख्छौं कि कमलको फूल कसरी प्रतिनिधित्व गर्दछ लालित्य, ला पूर्णता, ला शुद्धता वा अनुग्रह । कमलको दिव्यताले प्राचीन र मध्ययुगीन अधिकाश कवि प्रभावित भए । सन्त कवि तुलसीदास आफ्नो रचना 'रामचरितमानस' कमल उपनामको व्यापक प्रयोग गरेका छ्न । यसैगरी 'गीतगोबिन्द' मा जयदेव भन्छ्न, राधाको नयन नाल -रहित कमल जस्तो भै सके । अश्रुकणले युक्त उनको नयन लाग्छ, जस्तो जलकणले युक्त कुनै नीलकमल हुन । अश्रुले भरिएको नेत्रले राधा निरन्तर तपाईंको बाटो हेर्दै छिन, थाहा छैन, तपाईं कताबाट कहिले आउनु हुन्छ ।
महाकवि विद्यापति पदावलीमा कमल व्यापक आंगिक छ....'ससरी सयनसिम हरि गहलउहुँ गिम, मुखे कमल कमल मिलु रे।' (सपना)मा कृष्ण मेरो सेजमा आए र ( अनुहार) कमल कमल संग मिल्यो '।
कमल पुष्प आध्यात्मिक शुद्धताको पर्यायवाची हो । वास्तवमा, बौद्धहरूले यो फूललाई बुद्धसँग आफैंसँग गाँस्न धेरै नै सामान्य छ किनकि हामीलाई थाहा छ कि उनी ज्ञान प्राप्त गरी सबै चाहनालाई पछाडि छोड्दै आफ्नो आत्मा बढाइरहेका छन्। त्यहाँ एक बौद्ध कथा छ कि जब बुद्धले बच्चाको रूपमा पहिलो कदम चाले, कमलको फूल फूल्यो । कमलको प्रयोग चित्रकलामा मात्र होईन समस्त पूर्वीय साहित्य, तन्त्र -साहित्य, वास्तुकला, अन्यान्री विविध कला र आध्यात्मिक चिन्तनमा भयो । कमल दिव्री सौन्दॠ, सुख -शान्ति र समृध्दिको प्रतीक हो ।
पुरइन :
कमलको पातलाई पुरइन भनिन्छ । कमलासनमा बसेकी देवी भगवतीको पदासनी हो पुरईन । मिथिला चित्रकलामा पुरईन एउटा दिव्य पात्र, अर्घको पात्र, र देवताको निमित्त स्थानको रुपमा चित्रित हुन्छ । कुनै पनि प्रकारको धार्मिक वा सास्कृतिक कर्मकाण्डमा पुरइनको लिखिया अनिवार्य हुन्छ । पुरइन प्रकृतिको द्योतक हो र नारीको सकल प्रतीक भनिएको छ । महाप्रलय याली पृथ्वी पूर्णतया जलमग्न हुँदा, पुरइन ब्रह्माण्ड -सागरमा डुब्दैन। पानी माथी तैरीरहन्छ, जसमा पुनः जीवार्तन हुन्छ । मैथिलीमा आमाको गर्भलाई पनि पुरइन भनिन्छ । जसरी कमल आफ्नो नालले पृथ्वी संग जोडिएको हुन्छ, त्यसरी नै बच्चा नालले आमा संग जोडिएको हुन्छ ।
मत्स्य :
मत्स्य यानी माछाको मिथिला, संस्कृति, कला र साहित्यमा महत्त्वपूर्ण स्थान छ । कामदेव्को ध्वजमा स्थित (मीनध्वज ) शाश्वत प्रेमको प्रतीक हो । सिन्धु घाटी संस्कृतिको कला -पट्टिमा उत्कीर्ण सबिन्दु मत्स्य योनिको प्रतीक मानिएको छ । माछालाई शुभ -संकेत, उत्पादनको प्रतीक पनि मानिन्छ । तसर्थ मिथिला चित्रकला तथा कोवर चित्र्मा माछाको व्यापक प्रयोग हुन्छ । पौराणिक साहित्यमा विष्णुको प्रथम अवतार मत्स्यरुप भनिएको छ ।
भौंरा :
भौंरालाई पूर्वीय कला र साहित्यमा मानव मन-को भिन्न- भिन्न स्थितिको द्योतक भनिएको छ। मैथिली लोक गीतमा भौंरालाई प्रेम -लुलोप (प्रेमी)को रुपमा चितृत गरिन्छ ।
स्वस्तिक :
स्वस्तिक अत्यन्त प्राचीन कालले पूर्वीय संस्कृतिमा मंगल-प्रतीकमानिएको छ । तसर्थ कुनै पनि शुभ कार्य गर्नु भन्दा पहिले स्वस्तिक चिह्न अंकित गरेर उसको पूजा गरिन्छ । स्वस्तिक शब्द सु+अस+कले बनेकी छ । 'सु' को अर्थ राम्रो, 'अस' को अर्थ 'सत्ता' या 'अस्तित्व' र 'क' को अर्थ 'कर्त्ता' या गर्ने संग छ । यस प्रकार 'स्वस्तिक' शब्दको अर्थ भयो 'राम्रो, असल' 'मंगल'आशीर्वाद, या पुण्यकार्य गर्ने । मिथिलामा - 'स्वस्तिक, सर्वतोऋद्ध' अर्थात् 'सबै दिशामा सबैको कल्याण हो । यसरी 'स्वस्तिक' शब्दमा कुनै व्यक्ति या जाति विशेषको नभै, सम्पूर्ण विश्वको कल्याण या 'वसुधैव कुटुम्बकम्' को भावना निहित हुन्छ । स्वस्तिक जति महत्वपूर्ण हाड्प्पा या सिन्धु घाटी -सभ्यतामा थियो त्यतिकै सम्मान आर्य -सभ्यतामा रह्यो । 'स्वस्तिक क्षेम कायति, इति स्वस्तिकः' अर्थात् 'कुशलक्षेम या कल्याणको प्रतीक नै स्वस्तिक हो। मैथिली समाजमा स्वस्तिकको व्यापक प्रयोग प्रचलित छ । यसको प्रयोग मन्त्ररुपमा र चित्ररुपमा शुभ र शान्तिको लागि गरिन्छ । यसको मन्त्र र प्रतीक हृदय र मन मिलने प्रभाव गर्छ । गृह-निर्माण , वर- वधूको परिणय काल, कृषिकार्य, यात्रा प्रारम्भ गर्दा, व्यापार , सन्तानोत्पतको समय र षोडस सस्कारमा स्वस्तिक मन्त्र र चित्र प्रयोगमा ल्याईन्छ।
ऋग्वेदको ऋचामा स्वस्तिकलाई सूर्यको प्रतीक मानिएको छ र उसकोन चारै भुजालाई चार दिशाको उपमा दिईएको छ । सिद्धान्त सार ग्रन्थमा उसलाई विश्व ब्रह्माण्ड का प्रतीक चित्र मानिएको छ । उसको मध्य भागलाई विष्णुको कमल नाभि र रेखालाई ब्रह्माजीको चार मुख, चार हात र चार वेदको रूपमा निरूपित गरिएको छ । भित्रको चार बिन्दु चार युग, चार वर्ण, चार आश्रम एवं धर्म, अर्थ, काम र मोक्षको चार प्रतिफल प्राप्त गर्ने समाज व्यवस्था एवं वैयक्तिक आस्थालाई जीवन्त राखने संकेतले स्वस्तिकलाई विभिन्न ग्रन्थहरुमा व्याख्या गरिएको छ । मंगलकारी प्रतीक चिह्न स्वस्तिक आफैमा विलक्षण हो । यो मांगलिक चिह्न अनादि कालले सम्पूर्ण सृष्टि में व्याप्त रहेको छ । मिथिला चित्र- परम्परामा स्वस्तिक प्रतीकलाई श्री गणेशजी र उनको दुई पत्नी , सिध्दी र बुध्दिको समन्वित रुप भनिएको छ । शंखयुक्त स्वस्तिकलाई लक्ष्मी - गणेशको रुप र समृध्दिको मार्ग प्रसस्त गर्ने 'सौभाग्य स्वस्तिक ' भनिएको छ। मन्त्र रुपमा स्वस्तिकको प्रयोग मिथिलामा ' दूर्वाक्षत' मन्त्रको लागि गरिन्छ।
पानको घर :
कोजगरा पर्वको यथावत पक्षहरु माथी बिचार गर्दा यसले मखानलाइ विशेष महत्व दिएको छ । प्रतीकात्मक रुपमा आंगनमा लेखिने आरिपन, देवी लक्ष्मीलाई चढाइने प्रसाद र गाउँ भरी बाडिन पान मखान । देवताको स्वागतको लागि उहाँको बाटोमा काँडा युक्त जलमा उत्पन्न हुने मखानको पानलाई चित्राणकित गर्नुको तात्पर्य यो छ कि मखान, चतुर्मास्या जो धर्म मासको नामले प्रसिध्द छ । मखान पानी भित्र उत्पन्न हुने मिथिलाको उत्तम बर्षको पहिलो फल हो । यो मिथिलाको विशेष उपज हो । भन्निन्छ । मखान स्वर्गमा पनि पाइन्न । मखान स्वर्गवासी पितृलाई श्राध्द, पार्वण जस्ता कर्ममा मखानको अनिवार्यता मानिन्छ। मखान मिथिलाको मौलिक उत्पादन हो । यस क्षेत्रमा पोखरीको संख्या धेरै भएकोले मखानको खेती आत्यधिक मात्रामा हुने गरेको छ । त्यस्तै पोखरिका छेउछाउका सोपिला ठाँउहरुमा पानको उत्पादन हुने गर्दछ ।
पान संस्कृत भाषाको 'पर्न' शब्दबाट आएको हो जसको अर्थ हुन्छ 'पात अथवा प्वाँख'। मैथिली सांस्कृतिक दृष्टिकोणले तांबूल (पान) को स्थान अत्यंत महत्वपूर्ण छ । यहाँको प्रत्येक पुजामा धूप, दीप, नैवेद्य संग आराध्य देवलाई तांबूल (पान) चढाइन्छ । पान शृंगार प्रसाधनको पनि अत्यावश्यक अंग हो । संग सगै विलासक्रीड़ाको पनि अंग रहेको छ । मुखशुद्धिको साधनको रुपमा प्रयोग गरिन्छ । पानलाई बिशेष औषधीय गुणले संपन्न मानिन्छ ।
पान सेवन नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पान विभिन्न तरिकाले तयार गरिने गरिन्छ। पुराण, संस्कृत साहित्यको ग्रंथहरुमा तांबूलको वर्णन व्यापक पाइन्छ l शाक्त तंत्रों (संगमतंत्र-कालीखंड) मा यसलाई सिद्धिप्राप्ति को सहायक नै भनिएको छौन, यो पनि भनियेको छ कि "जसमा तांबूल-चर्वण र दीक्षामा गुरुलाई समर्पण नगरे बिना सिद्धि प्राप्त हुन्न"। पान यस, धर्म, ऐश्वर्य, श्रीवैराग्य र मुक्ति को पनि साधक भनिएको छ ।
। पानले मुखको शोभा बढाउँछ । मिथिला चित्रकलामा व्यापक प्रयोग गरेको पाईन्छ । नवविवहित दम्पती सुत्ने कोठामा कोहबर लेखनमा पानको घर लेखने परम्परा रहेको छ । जसले बातावरणलाई शुध्द र यौन शक्ति बढाउँछ । 'पनमा' आकृतिको 'कोर ' ( बोर्डर ) वृताकार ( पुरइन )मा विभिन्न प्रकारले प्रयोग गरिन्छ । पान मिथिला कला र संस्कृतिमा स्नेह, आदर र कोमल भावनाको प्रतीक हो । मैथिली लोकगीतमा पानलाई कौटुम्बिक प्रेमको प्रतीक भनिएको छ ।
लटपटिया सुगा :
रातो चुचो र हरियो रङ्गको शुक यानी सुगालाई प्रेममय जीवनका प्रतीक भनिएको छ । प्रेम र सुन्दरताको देवता काम देवको मुकुटमा निवास गर्ने शुक सहज आंगिक प्रेमको प्रतीक हो । शुक रागात्मकताको द्योतक हो । मिथिला अरिपनको वैवाहिक प्रसंगमा सुगको चित्राकन कुनै न कुनै रुपमा हुने गर्छ । वैवाहिक अरिपनमा विषेश गरेर कोवर र बाँसमा यसको प्रयोग हुन्छ । स्वतन्त्र रुपले यन्त्रको रुपमा मिथुनतत युग्म शुक, 'लटपटिया सुगा' अनिवार्य रुपले कोहबर घरको भित्तामा लेखिन्छ ।
सर्प :
सर्पलाई उत्कट अभिलाषा, प्रचुर भैतिक सम्पदा र कामातिरेकजो प्रतीक भनिएको छ । कोकिल कवि विद्यापतिको गीतमा सर्प कामोत्तेजनाको द्योतकको रुपमा पनि देखिएको छ । कोवरमा चित्राकित गर्दा जोडा नाग लेखिन्छ ।
नैनाजोगीन :
( Ganga Devi Tradition and Expression in Mithila Painting शिर्षक The Kohbar- ghar and Wedding Rites of Mithila अन्तर्गत Jyotindra Jain लेखछ्न,
दुलहीको घरमा उनको स्वागत र 'मरबा'( विवाह मण्डप) को परिक्रमा पूरा भएपछि दुलहा भर्खरै अभिषेक गरिएको कोहबारघरको यात्रा गर्छन् । त्यहाँ पुगेपछि दुलहा, दुलही र दुलहीको बहिनी घाँसको पटिया यानी गुन्द्रीमा भुइँमा कोहबर घरको केन्द्रीय पर्खालतिर फर्केर बस्छिन्, जसमा कोहबरको पवित्र आकृतिहरू रंगिएका हुन्छ्न । दुलहीको विस्तारित परिवारका चारजना महिलाहरू, 'अहिबती' (जसका पतिहरू जीवित छन्) जो विवाहित छन् र आफ्ना हातहरू साडीले छोपेर 'नैनाजोगिन' वा जादुई देवीको रूपमा काम गर्न कोहबार-घर प्रवेश गर्छन् । नैनाजोगिनको लुगा लगाएका चारजना महिलाहरूमध्ये प्रत्येकले चित्रित आकृतिहरूमध्ये एकको अगाडि उभिन्छन् । कोहब रघरमा प्रवेश गर्ने बित्तिकै दुलहालाई तीन पटक कोठाको परिक्रमा गराइन्छ र नैनाजोगीन बाट जाँदा उनीसँग कुराकानी गर्न रोकिन्छ। कुराकानीमा प्रत्येक नैनाजोगिनले सोधेका तीनवटा नियमित प्रश्नहरू समावेश हुन्छन्, जसको नियमित जवाफ दुलहाले दिन्छन् ।
निम्नानुसार प्रश्न र उत्तर :
प्रश्न : तपाई कहाँबाट आउनुभयो?
A : कामर कामाख्या (कामरूपा अर्थात असमको कामाख्या मन्दिर)
प्रश्न : के लिएर आउनुभएको छ ?
A : जोग (एक जादू वा आकर्षण)
प्रश्न : किन आएको ?
A : दिक्षा देवो के लेले आयल ची। (म दुलहीलाई) दीक्षा दिन आएको हुँ।
यो संस्कार पछि, बेहुलालाई आँपको रूखको हाँगा दिइन्छ र दुलहीको भाइको श्रीमतीले दुई पर्दा लगाएकी केटीहरू (दुलही र उनकी बहिनी) मध्येबाट दुलहीको पहिचान गर्न सोध्छ । दुलहाले आँपको हाँगाले हल्का प्रहार गरेर दुलहीको पहिचान गर्ने अपेक्षा गरिएको हुन्छ । उसले गलत केटी पहिचान गरेमा, मनमनै हाँसो उठ्छ। यो स्पष्ट छ कि कोहबर घरमा गरिने यी अनुष्ठानहरूको ठूलो जादुई महत्त्व छ । नैनाजोगीनको रहस्यमय अवधारणा, साथै चित्रात्मक प्रतिपादन र यसको अनुष्ठान लागू मिथिलाको लागि विशिष्ट छ । कामरूपको कामाख्याको सम्बन्ध पनि रोचक छ ।
उल्लेखनीय रूपमा, नैना-जोगिनको शाब्दिक अर्थ 'आँखाको देवी' र कामाख्यालाई 'मनमोहक आँखाकी देवी' भनिन्छ । कोहबर -घरमा नैनाजोगीनको सचित्र चित्रणमा, एउटा आँखा बाहेक पूरै अनुहार घुम्टोले ढाकिएको देखाइएको हुन्छ । मिथिलाका धेरै महिलाले कालो जादू गर्ने गरेको बताइन्छ कामाख्यासँग सम्बन्धित मन्त्र र तान्त्रिक अभ्यासहरूमा आफूलाई प्रारम्भ गरेर आफ्ना पीडितहरू माथि जादू र नराम्रो नजर लगाउँछन् । त्यस्ता महिलाहरूलाई दयान वा दुष्ट आत्मा भनिन्छ । यिनै शत्रुहरू वा दुष्ट स्प्रिटहरू हटाउनका लागि आह्वान गरिन्छ । जसको उपस्थिति कोहबारघरको चार कुनामा दुलही र दुलहीलाई सम्भावित खराबी वा हानिबाट जोगाउनको लागि हो ।
माया संस्कृति का द्योत्तक कोहबर हो । अमेरिकाको प्राचीन माया सभ्यता ग्वाटेमाला, मैक्सिको, होंडुरास, प्रायद्वीप, होंडुरास तथा यूकाटन प्रायद्वीपमा स्थापित थियो । माया सभ्यता मैक्सिकोको एउटा महत्वपूर्ण सभ्यता थियोे । यस सभ्यताको आरम्भ १५०० ई० पू० मा भएको हो । यो सभ्यता ३००ई० देखि ९०० देखी सम्म आफ्नो उन्नतिको शिखरमा थियो । जसको महत्वपूर्ण केन्द्र मैक्सिको, ग्वाटेमाला, होंडुरास एवं अल -सैल्वाड़ोरमा थियो । माया सभ्यताको अंत १६ औं शताब्दीमा भयो र यसको पतन ११औं शताब्दी देखि आरम्भ भैसकेको थियो । जसरी सिंधु घाटीको सभ्यता विकसित थियो, त्यसरी नै मेक्सिकोमा माया सभ्यता विकसित थियो । र जसरी जल स्रोतको अभावमा सिंधु घाटीको सभ्यता नष्ट भयो, त्यसरी नै खरेडी र अनावृष्टिको कारण माया सभ्यताको पनि अंत भयो ।
श्री चमनलाल कृत हिन्दू अमेरिका पुस्तकमा 'मय' सभ्यता तथा पूर्वी सभ्यताको पारस्परिक निकटस्थ समानता वर्णित छ । स्वयं 'मय' शब्द नै पूर्वीय हो । मैक्सिकोमा श्री गणेश तथा सूर्यदेवको प्रतिमा प्राप्त भएको छ । मैक्सिको वासिको पारम्परिक गीतमा आफ्नो नव -विवाहिता छोरीलाई दुलहाको घर पठाउँदा यानी ससुराली बिदाईको वेला आमा द्वारा प्रकट गरिएको उद्गार पूर्वीय विचारको धेरै समरूप छ । छोरी बिदाईको समयमा गायिने यस्तो गीतलाई मिथिलामा 'समदाओन' भनिन्छ । जो आज पनि प्रत्येक छोरी बिदाईको बेला गाउने परम्परा रहेको छ । मुखाकृतिको दृष्टिले प्राचीन मैक्सिको लोकजन भारतको उत्तर -पूर्वी क्षेत्रका निवासी जातिको प्रतीत हुन्छ्न । प्राचीन भारतीय शब्दावलीमा, अमरीकी महाद्वीप वाला पश्चिमी गोलार्द्धलाई पाताल भनिन्थियो । यो हुनसक्छ कि वालीलाई पाताल क्षेत्र तिर धपाउने सन्दर्भ ऐतिहासिक रूपमा उसको पराजय तथा बाली द्वीपमा बने, द्वीपस्थ दुर्ग बाट हटेर सुदूर मैक्सिकोमा गएर बसनेको द्योतक हुन सक्छ ।
माया सभ्यतालाई कलात्मक विकासको स्वर्ण युगको भनिन्छ । माया सभ्यताको लोकजन कला, गणित, वास्तुशास्त्र, ज्योतिष र लेखन आदिको क्षेत्रमा धेरै राम्रो थिए । यसै काल खण्डमा खेती र शहरको विकास भएको थियोे । यो सभ्यताको सबैभन्दा उल्लेखनीय निर्माण पिरामिड हो, जसलाई ऊनीहरुले धार्मिक केंद्रको रूपमा बनाएका थिए । मेक्सिकोमा अबस्थित चीचेन इट्जालाई माया सभ्यता द्वारा बनाएको थियो, भन्ने गरिन्छ । जसलाई माया सभ्यता एउटा ठूलो शहर र प्रमुख केंद्र मान्दथे । यो यूनेस्को (UNESCO) को विश्व धरोहर स्थलमा समावेश छ ।
मानवीय माया संस्कृतिमा कोहबरको प्रधानता रहेको छ । पौराणिक काल देखि आज सम्म वर वधुको प्रेम एवं सौहार्दको मिलन कोहबर बाट प्रारंभ भै कोहबरमा सम्पन्न हुने गर्छ । यो कोहबर परम्परा मिथिला, मगध, अवध, अंग, कौशल, करूष साम्राज्यमा फैलिएको थियो । पाषाण युग ३०००० वर्ष पूर्व कोहबर संस्कृति प्राचीन शैल चित्र, पहाड़को गुफामा चित्र र अन्य प्राचीन संकेतको चित्र भेटिन्छ । प्रचलित विभिन्न प्रकारका लोक भित्ती चित्रित सोहराई चित्र, कोहबर कला, अंगुलिचित्र, भूमि चित्रित अरिपन, रंगोली, अल्पना, ऐपन, रंगाबाली, कोल्लम र माउनाको रूप कोहबर हो । कोहबरको परंपरा नेपालको तराई, भारतको बिहार, झारखंड, उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान ,ज्वातेमाला, मैक्सिको, होंडुरास, यूकाटन र सैल्वाडोरमा विभिन्न नामले कोहबर संस्कृति आज पनि प्रचलित छ । ग्रंथहरुमा प्राचीन पश्चमी गोलार्द्धलाई पाताल लोक भन्निन थियो । पछि माया सभ्यतालाई पश्चमी सभ्यताको रूप भयो ।
प्राचीन कालमा यो क्षेत्र अनार्य राजा चिल्हरको निवास थियो र चल्ह्वा वनको नाउँले परिचित थियो । मध्य प्रदेशको बुन्देल खंडमा कोहबर संस्कृति कायम छ । विवाह सम्पादन गर्दा पुर्व अव्यवस्थित कोठाको भित्तामा महिलाहरु गोबरको लेप, बेसार र चामलको सहायताले चित्रांकित गरि नवविवाहित वर वधुको विवाह सम्पन्न भै सके पछि कोहबरमा लागिन्छ । यो कक्ष मगध साम्राज्यको प्राचीन संस्कृतिमा विवाहको अवसरमा घरलाई रातो, पहेलो, सेतो, रङ्गले चित्रकारी गरिन्छ, जसमा मयूर, गणेश, सूर्य आदि चित्रांकन गरि सजाईन्छ र वर वधूलाई कोहबर कक्षमा प्रवेश गराई कोहबरको विशेष गीत गाएर स्वागत गरिन्छ । जो दुबै तिरको एक नासको मिल्दोजुल्दो लोक परम्परा हो । बौद्ध ग्रंथ विनय पटिकमा ३०० ई. पू. को कोहबर संस्कृतिको महत्वपूर्ण उल्लेख छ ।
जो मगध साम्राज्यको भारत नवादा को महावर पर्वतको गुफामा ५००० वर्ष पूर्व तथा हजारीबाग जिल्ला भारतको बड़कागांव पर्वतको गुफामा राजा रानीको प्रथम मिलन कोहबर गुफामा भएको थियो । नवादा जिलाको कौआकोल प्रखंडको चल्ह्वा पर्वतमा कोहबरवाँ गुफामा भीति चित्र छ । यो भिति चित्र कोहबर संस्कृतिको पहिचान हो ।
कला आफ्नो स्वरूपको निर्धारणमा "स्रष्टा" र "द्रष्टा" दुबै नै आधारभूत दृष्टिको सहयता लिन्छ । पूर्वीय दर्शनमा यदि हामी कला तत्वलाई बुझ्ने प्रयास गर्ने गर्दा यो शक्तिको गुणात्मक रूपमा प्रकट । यहाँ भावना अनुसार -कुनै विशिष्ट अर्थको बोध गराउने शब्दलाई प्रतीक भनिन्छ । भित्ताभरि सुन्दर एवं आकर्षक चौकुनाभित्र देवता, कमल, नाल फुल, फल लहरा, पातसँगै मृणालको रुख बनाइन्छ । त्यसको सबैभन्दा माथि चन्द्रमाको मुखाकृितको द्योतक एक मुहार चित्र अङ्कन गरिन्छ । त्यसको दुवैतिर एक जोडी मयुर वा जोडी सुगाको चित्र बनाइन्छ । यस्ता चित्रमा माछा, कछुवा, शंख, बिच्छी, गँगटो, सर्प लगायतका कमल दहभित्र पाइने विभिन्न जीवजन्तुका आकृति हुन्छन् । यी चित्रमा कालो बाहेक विभिन्न प्रक्रियाबाट बनाइएका प्राकृतिक रङको प्रयोग गरिन्छ । वेहुलीको घरमा रातो रङले कोहव लेखिन्छ भने वेहुलाको घरमा लेखिने पहेलो रङ बेस कालो रङको प्रयोग वर्जित मानिन्छ ।
कोहबर फुलबुट्टाले भरिएको सात वटा गोलाकार कमल पत्रका घेरामा बनाइन्छ । यसका बिचको कमल पत्र अरूभन्दा कृही ठुलो बनाइन्छ । सात वटा कमल पत्रको अर्थ वर पक्षको सात र वधू पक्षका सात पुस्ता हुन् । कमलको फुल र पातको डाँठ एक अर्कामा जोडी केन्द्रबिन्दुमा राखिन्छ । वैवाहिक सम्बन्धले वर तथा बधूको सम्बन्धका साथै वरतिरका मातृपितृृ एवं वधूतिरका मातृपितृृ पक्षका सात पुस्ताको सम्बन्ध गाँसिएको सङ्केत प्रस्तुत सात वटा कमल पत्रका व्यक्त गर्दछन् । वैवाहिक सम्बन्ध गाँस्दा उपर्युक्त पुस्ताका बिच वैवाहिक नाता रहेको हुनु हुँदैन भन्ने मान्यता पनि यसले प्रकट गर्दछ । मिथिला समाजमा आज पनि पन्जी प्रथा अर्थात् पुख्र्यौली विवरणको लिखित रूप राख्ने चलन छ । कर्ण कायस्थ समाजमा यो नियम कडाइका लागू भएको पाइन्छ । ऐतिहासिक महत्त्वको सामग्री सुरक्षित गर्ने चलन यो हो । मैथिली संस्कृतिको प्राचीन परम्परा यो हो ।
कोहवरमा चित्रित जल जीवको साङ्केतिक महत्त्व हुन्छ । पुष्पमा श्रेष्ठ, भगवतीलाई मनपर्ने कमल पुष्प नारी शक्तिको प्रतीक हो भने माछा उर्वरता तथा कछुवा कल्याणकारी सत्ता धर्ती र जलको प्रतीक हो । यसै गरी कमल नालले आच्छादित तलाउमा स्वच्छन्द विचरण गर्ने माछा, कछुवा, सर्प, बिच्छी, शङ्ख, भ्यागुता आदि जल जीव सांसारिक जीवनका प्रतीक हुन् । यस चित्रमा समाविष्ट चन्द्रमाको मुखाकृति चाँदनीले समुद्रको जललाई आपूmतिर तानी त्यसका ज्वार उठाए जस्तै वधूको प्रेमले वरको हृदयलाई आपूmतिर तानी जीवनलाई समुन्नत बनाउनुको अर्थ बोधक चिह्न हो । यसरी नै मयुरको चित्रका तात्पर्य मयुर्नी प्रति मयुर आकर्षित भए भैmँ वधूप्रति वरको प्रेम जागृत गराउनु हो ।
प्रत्येक बिम्ब आफ्नो प्रभावमा सक्रिय र संवेगात्मक भए पनि अन्ततः उसको परिणति कुनै पनि प्रतीकात्मक अर्थको व्यञ्जनामा नै हुन्छ । मानवको भावना, विचारको अभिव्यक्ति प्रतीकको माध्यमले नै राम्रोसँग सम्भव हुन्छ । अत: प्रतीक अभिव्यक्तिको संक्षिप्त र मूर्त साधन हो पनि भन्न सकिन्छ । जसको वृहत् प्रयोग मिथिलामा भएको पाइन्छ ।
आधुनिक र स्वतन्त्र भनिने आजको नेपाली समाजमा पनि यौन शिक्षाको अभाव छ । बल्ल आज आएर युवा- युवतीलाई यौन शिक्षा दिनुपर्छ भन्ने बहस चल्न थालेको छ । तर मिथिला क्षेत्रमा रामायणकालमा नै कोहवरका चित्रको उल्लेख पाइन्छ । त्यसैले यस कुरालाई मिथिला चित्रकलाको अभिलेख भन्न सकिन्छ । सांस्कृतिक परम्पराबाट विकसित हुँदै आएका कोहवरका चित्रमा प्रतीकात्मक भावद्वारा वरवधूलाई यौन शिक्षा प्रदान गर्ने माध्यम बनेका देखिन्छन् । कोहवरमा कमल फुलेको दहको चित्रणलाई ज्यादै महत्त्व दिइएको पाइन्छ । यस्तो प्रवृत्तिले मिथिला र पोखरीको अन्योन्याश्रित सम्बन्ध एवं मिथिला क्षेत्रको प्राचीनता र ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दछ । पोखरीको चर्चा बिना मिथिलाको जीवन अपूर्ण भएको मानिन्छ, जसको उल्लेख मिथिला माहात्म्यमा पनि गरिएको छ ।
मिथिला कलामा प्रतीकात्मकता र शिल्पविधान वा सौन्दर्यलाई प्राथमिकता दिइएको पाइन्छ । बाँस पुरुष र वंश वृद्धिको द्योतक मानिन्छ । कोहवरमा यसको चित्रण लिङ्गका रूपमा गरिएको देखिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध अर्थात् पूर्ण मनुष्यको सङ्केत प्रस्तुत गर्दछ । वैवाहिक सम्बन्ध गाँस्दा उपर्युक्त पुस्ताका बीच वैवाहिक नाता रहेको हुनुहुँदैन भन्ने मान्यता पनि यसले प्रकट गर्दछ । मिथिला समाजमा आज पनि पन्जी प्रथा अर्थात् पुर्ख्यौली विवरणको लिखित रूप राख्ने चलन छ । कर्ण कायस्थ समाजमा यो नियम कडाइका लागू भएको पाइन्छ । ऐतिहासिक महत्त्वको सामग्री सुरक्षित गर्ने मैथिली संस्कृतिको प्राचीन परम्परागत चलन पनि हो ।
कोहवरमा प्रयुक्त केही प्रतीकात्मक चित्रहरूको गहिरिएर अध्यन गर्दा, कोहवरमा प्रतीकात्मक अर्थ लाग्ने खालका चित्रहरू प्रसस्त मात्रामा लेखिन्छन् । प्रत्येक चित्रको आफ्नो महत्व तथा विशिष्टता हुन्छ । लटपटिया सुगा, जोडी सुगा, विध विधाता, सूर्य, पाञ्चायन देवता, नवग्रह, पटिया, नाग नागिन, नयना योगिन (नैना जोगिन), पानको घर, भमरा, राधाकृष्ण, शिवपार्वती, हात्ती, डोली चढेकी दुलही र जन्ती सहितको टोली, हात्तीमा स्थापित गौरी भवानीको पूजा गरी रहेका वरवधू, बेलको रुख, ल्वाङको रुख, कदमको रुख, अमलाको रुख, पञ्च पल्लव आदि । मिथिलाञ्चलमा पूजा कोठालाई गोसाइँ घर भनिन्छ । त्यहाँ कुल देवताको स्थापना गरिएको हुन्छ । गोसाइँ घरको केन्द्रीय भित्तामा चित्रित कोहवरमा एउटा प्रतीकात्मक चित्र र छेउको भित्ता चित्रित अर्को चित्रमा वर्णनात्मक कलाका चित्र अङ्कन गरिएका हुन्छन् । त्यसमा दुर्गा पूजाको अवसरमा देवी दुर्गा काली, सरस्वती, लक्ष्मी, गणेशका चित्रहरू कोरिएका हुन्छन् ।
निष्कर्ष :
कला निरन्तर प्रगतिशील एव गतिशील रहेको छ । कला मानिसको जीवनको संस्कृतिको अंग हो । यसबाट प्राचीन सभ्यता, संस्कृति, परम्परालाई बोध गराउँछ । परम्परा एवं संस्कृतिलाई नयाँ पुस्तामा स्थानान्तरित गर्ने सबैभन्दा सरल तथा सफल माध्यम हो । कलाको स्वरूप परिवर्तन भैरहन्छ । समाजको सभ्यता र संस्कृतिको विकास सँगै कलाको विकास पनि हुन्छ । कला सदैव समकालीन हुन्छ । कलामा देश, काल, परिस्थिति एवं मानिसको विचारको प्रभाव समय -समयमा परिरहन्छ र अपेक्षित परिवर्तन पनि सम्भव छ । परम्परा -परिवर्तन -आधुनिकताको धर्म निर्वाह गर्दै मिथिला कला यहाँसम्म आइपुगेको छ ।
व्यक्त र अव्यक्तको बीच कलाको आफ्नो रहस्यमयी संसार हुन्छ । कला व्यक्त हुँदा निर्मित हुदैन र यो मात्र एउटा दृष्टि नै कलाको समष्टिगत रुप जीवनलाई अन्य कलात्मक क्रिया बाट छुट्याइ दिन्छ र रहस्यमयी बनाउँछ । यसकारण किनकी कलाको सबै अभिव्यक्तिको यथार्थमा अंतर्निहित सपनाको अलौकिक र जादुई संसार पुरै बाहिर आउन सक्दैन । सबै थोक भएर पनि केहि शेष रहि रहन्छ । र शेष रहेको केहि कलाको रूपमा, रंगमा, लयमा, विचारमा, भावको विस्तारमा, आकृतिको सौंदर्यमा अनंत काल सम्म कला सौन्दर्यको अनुभव, जिज्ञासा र संवेदन मन संग जोडी राख्छ ।
artistsuman.scd@gmail.com














Comments
Post a Comment