चीनमा मिथिला कलाको प्रदर्शनी र कलाकार एससी सुमन
चीनमा मिथिला कलाको प्रदर्शनी र कलाकार एससी सुमन
मिथिला पेन्टिङ, नेपालको तराई क्षेत्रमा अवस्थित मिथिला क्षेत्र र भारतको बिहार राज्यमा प्राचीनकालदेखि प्रचलित एक विशिष्ट लोककला हो। यो चित्रकला विशिष्ट शैली, धार्मिक विषयवस्तु र परम्परागत प्रतीक चिन्हहरूको प्रयोगका कारण आज अन्तर्राष्ट्रिय रूपमा चर्चित हुँदै गएको छ। यो आलेखमा मिथिला पेन्टिङको ऐतिहासिक पृष्ठभूमि, यसको अन्तर्राष्ट्रिय पहिचान बनाउने क्रममा देखिएको विकास, र वर्तमान स्थितिको समिक्षा प्रस्तुत गरिनेछ।
विगत: परम्परागत जरा र शुरुवाती यात्रा
मिथिला चित्रकला हजारौं वर्ष पुरानो मानिन्छ। रामायणमा जनकपुरकी राजकुमारी सीताको विवाहका बेला चित्र बनाइएको उल्लेख पाइन्छ। परम्परागत रूपमा यो चित्रकला महिलाहरूले घरका भित्ताहरू र घरको आँगानमा धार्मिक अनुष्ठानका अवसरमा बनाउने परम्परा यथावत छ। मिथिलाञ्चलमा विवाह, व्रत, र चाडपर्वका बेला घरका भित्तामा रंग्याइएको चित्रकला सामाजिक संस्कारसँग गहिरो रूपमा गाँसिएको हुन्छ।
विशेषतः 1934 को बिहारमा आएको भूकम्पपछि भारतीय अधिकारी विलियम जी. आर्चरले क्षतिग्रस्त घरहरूका भित्तामा बनाइएका चित्रहरूलाई फोटोग्राफ गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेपछि यो चित्रकला पहिलोपटक बाहिरी संसारमा चिनिन थाल्यो।
अन्तर्राष्ट्रिय लोकप्रियता तर्फको यात्रा
मिथिला कलाको इतिहास हजारौं वर्ष पुरानो छ। मिथिला पेन्टिङको अन्तर्राष्ट्रिय करणको प्रारम्भिक चरण १९४० र १९५० को दशकदेखि सुरु भएको मानिन्छ।
मिथिला पेन्टिङको अन्तर्राष्ट्रिय यात्रा 1960 र 1970 को दशकदेखि तीव्र गतिमा अगाडि बढ्न थाल्यो । नेपाल र भारतका कलाकारहरूले परम्परागत शैलीलाई भित्ता बाट कागज, क्यानभास, वस्त्र र घरायसी उपयोगी बस्तुहरुमा उतार्न थालेपछि यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको व्यापक स्वरूप लिन थाल्यो ।
१९३४ मा बिहारमा आएको एक भूकम्पपछि, भारतीय प्रशासक तथा ब्रिटिश अधिकारी विलियम जी. आर्चरले भित्तामा कोरिएका चित्रहरू देखे। उनले तिन चित्रहरूको सौन्दर्य र कलात्मकता देखेर तिनीहरूको फोटोग्राफी गरे र पछि ती चित्रहरूलाई बेलायतमा प्रदर्शन गरे।
मिथिला चित्रकला अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरू जस्तै जापान, अमेरिका, जर्मनी, फ्रान्स लगायतका देशहरुमा भाग लिन थाल्यो । जसले गर्दा यसले पश्चिमी कला पारखीहरूमा पनि आकर्षण बढायो र यस कलाको वारेमा जान्ने जिज्ञासा बढदै गयो UNESCO र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई सांस्कृतिक सम्पदाको रूपमा प्रचार गरे ।
चीनमा मिथिला कलाको प्रदर्शनी
आजको समयमा चीनमा कला र कलाप्रति सम्मान तथा बजारको अवस्था उल्लेखनीय रूपमा परिवर्तन हुँदै गएको छ। चीनमा ऐतिहासिक रूपमा संस्कृति र कलालाई उच्च स्थान दिइएको थियो, र हालको समयमा त्यो झनै मजबुत बन्दै गएको छ। चीनसरकारले सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्न र विश्वमा आफ्नो 'सॉफ्ट पावर' बढाउन कलालाई प्राथमिकता दिइरहेको छ। कलात्मक शिक्षा (fine arts education) मा लगानी बढेको छ र नयाँ संग्रहालयहरू र ग्यालरीहरू देशभर खुलिरहेका छन्। जसले गर्दा नयाँ पुस्ता परम्परागत र आधुनिक दुवै कलामा चासो राख्दै छन्। डिजिटल आर्ट, एनिमेसन, र भिडियो गेम डिजाइनजस्ता क्षेत्रहरूमा उनीहरूको सहभागिता बढ्दो छ।
तसर्थ चीन आज विश्वको एक प्रमुख कला बजार बन्न पुगेको छ। चीन हाल अमेरिका र युरोपपछि तेस्रो सबैभन्दा ठूलो आर्ट मार्केट हो, कतिपय वर्षहरूमा दोस्रो स्थानमा समेत पुगेको छ। नीलामी घरहरू ( Poly Auction र China Guardian ) जस्ता चिनियाँ नीलामी घरहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिरहेका छन् ।
समकालीन कला (Contemporary Art): Ai Weiwei, Zeng Fanzhi, Yue Minjun जस्ता चिनियाँ कलाकारहरूको अन्तर्राष्ट्रिय मान्यता र बिक्री मूल्य उच्च छ। नयाँ संकलक वर्ग (New Collectors) धेरै नयाँ धनी वर्ग (rich middle class and billionaires) ले कला संकलनलाई प्रतिष्ठाको रूपमा हेर्न थालेका छन्।
यसै क्रममा डिजिटल कला र NFT को उदय हुँदै गएको छ । NFT (Non-Fungible Token) बजारमा पनि चिनियाँ कलाकारहरूले आफ्नो स्थान बनाउन थालेका छन्। चीनले क्रिप्टोमुद्रामा प्रतिबन्ध लगाए पनि डिजिटल आर्ट र ब्लकचेन-आधारित कलाको प्रविधिमा चासो बढ्दो छ। कला र सांस्कृतिक उत्सवहरूले पर्यटन प्रवर्द्धनमा मद्दत गरेका छन्, जसले बजारलाई थप बलियो बनाएको छ।
आजको चीनमा कला प्रति सम्मान र लगानी दुबै बढ्दै गइरहेका छन्। आन्तरिक माग, सरकारी सहयोग, र अन्तर्राष्ट्रिय मान्यताको कारण कलाको बजार पनि बलियो र विस्तारमुखी बन्दैछ। चीन अब केवल परम्परागत कला होइन, आधुनिक, डिजिटल कला र बिश्व मा भरीका लोकप्रिय कलाहरुको पहिचान गरि कलाकृतीहरुको संग्रह र कलाकारहरुलाई आमन्त्रण गरि कला क्षेत्रहरूको विस्तार गर्ने क्रमा पनि अग्रणी बन्दैछ।
यसै क्रममा पहिलो पटक ई. सन 2017 मा चीनको बेजिङ्ग शहरमा सातौं Beijing international Art Biennale मा "Celebration on the Silk Road शिर्षकमा आयोजन हुँदा नेपालका मिथिला कलाका लोकप्रिय कलाकर एससी सुमनका चित्र छ्नौट गरि प्रदर्शित गरिएको थियो।
बेजिङ्ग बेनालय -2017 मा चाइनीज़ आर्टिस्ट्स एसोसिएशन द्वारा आयोजन गरेको थियो र यो प्रदर्शनी चीन को नेसनल म्यूजियम, बेजिङ्गमा संचालित भएको थियो।
यसरी ई. सन 2017 मानै चीनको Fujian Province मा The Maritime Silk Road International Art Festival, मा कलाकार एससी सुमनको मिथिला चित्रहरुको संग्रह प्रदर्शित भए।
यो प्रदर्शनीमा Beijing international Art Biennale को समयमा कलाकार एससी सुमन द्वारा चीनको बेजिङ्ग शहर र त्यसका वरपरका क्षेत्रको भ्रमण गर्दा तयार पारिएको रेखा चित्र तथा पेन्टिङहरु समावेश गरियो। जसमा चीनको प्रसिद्ध 'ग्रेट बाल आफ चाईना'का चित्रहरु अवलोकनकर्ता र संग्रहकर्ताहरुले मनपराएका थिए।
यस Art Festival को आयोजना "Celebration on the Silk Road Department of Culture of .Fujian Province Municipal People's Government. of Quanzhou China ले गरेका थिए। जसको चर्चा चीनिया स्थानीय पत्रपत्रिकामा विशेषरुपले भएको थियो।
यसै क्रमलाई अगाडी बढाउदै नेपाली मिथिला कलाकार एससी सुमन ले “Our Home—The Belt and Road Nation’s Art Exhibition” नामक प्रतिष्ठित कला प्रदर्शनी भाग लिए, जसको आयोजना चीन आर्टिस्ट्स एसोसिएशन र शंघाई आर्ट म्यूज़ियमले संयुक्त रूपमा गरेको थिए। यो प्रदर्शनीमा बेजिङ्ग बेनालय -2017 मा चाइनीज़ आर्टिस्ट्स एसोसिएशन द्वारा संग्रह गरिएको कलाकृति प्रदर्शन गरिएको थियो ।
Beijing international Art Biennale प्रत्येक दुई- दुई वर्षमा हुने कार्यक्रम हुन। जसमा बेजिङ्ग इंटरनेशनल आर्ट बिएनाले (BIAB) अंतरराष्ट्रीय समकालीन कला र कलाकारहरुको ठूलो संख्यामा सहभागिता हुने गर्दछ। यसको शुरुआत ई. सन 2003 देखि भएको हो । यो चीनी आर्टिस्ट्स एसोसिएशन द्वारा आयोजित गरिने गरिन्छ र विविध अंतर्राष्ट्रीय सहभागिता यसको विशेषता हो।
यसै क्रममा ई. सन 2019 मा आठौं बेजिङ्ग इंटरनेशनल आर्ट बिएनालेले आफ्नो थिम 'A Colourful world and share future' निर्धारण गरेको थियो।
यसै थिममा कलाकार एससी सुमनले सहभागिता जनाए र यसै शिर्षकमा आफ्नो मिथिला कलाकृति प्रदर्शन गरे। बेजिङ्ग बेनालय -2019 मा प्रस्तुत कलाकृती, चाइनीज़ आर्टिस्ट्स एसोसिएशन द्वारा संग्रह गरे।
यो प्रदर्शनीहरु बाट यो स्पष्ट हुन्छ कि मिथिला पेंटिंगले मात्र आफ्नो नजिकको देशहरुमा नभएर, चीनमा पनि आफो पहिचान बनाएको छ, र त्यहाँका कलाप्रेमी र संग्रहकर्ताहरु को बीच रुचाईएका छ्न।
पुनः कलाकार एससी सुमन ई.सनको 2021 मा 18th Asian & African and Mediterranean Art Exhibition सशक्त उपस्थितिले चिनियाँ कला क्षेत्रमा स्थापित हुदै गए।
सिध्दार्थ आर्ट ग्यालरी, काठमाडौमा कलाकार एससी सुमनका एकल प्रदर्शनी 'मिथिला कसमस' को सृखलाहरु बाट पनि चिनियाँ संग्रहकर्ताहरुले उल्लेख संख्यामा मिथिला कला संग्रह गर्नु हुन्छ। यसरी हेर्दा मिथिला कलाकार एससी सुमनलाई चीनमा मिथिला पेंटिंगलाई परिचय गराउने प्रमुख कलाकारहरु मध्ये एक मान्न सकिन्छ।
यसको पछाडिको कारण अन्तर्राष्ट्रिय मन्चमा बेजिङ्ग बेनालेको सहभागिताले चित्रकार सुमनलाई आफ्नो मिथिला चित्रलाई बीजिंग बेनाले जस्तो प्रतिष्ठित कला मंचमा प्रस्तुत गरे र त्यहाँका के संग्रहालयहरुका सशंग्रहमा परे, यह चीनमा मिथिला कलाको उपस्थितिलाई स्थापित गर्नमा सस्क्त पाईला हो।
मिथिला चित्रकलाको अन्तर्राष्ट्रियकरण सरकारी प्रोत्साहन, अनुसन्धान, प्रदर्शनी र बाह्य कलाकारहरूको चासोबाट सुरु भएको हो। महिलाहरूको परम्परागत कला अहिले एक अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक चिनारी बनिसकेको छ।
मिथिला कलाको सांस्कृतिक प्रतिनिधित्व: सुमन मात्र एक कलाकार होईनन बल्कि मिथिला कलालाई छुट्टै सांस्कृतिक पहिचान दिलाउने काम पनि गरिरहेका छ्न।
Comments
Post a Comment