मिथिला : एक सभ्यता र माटोको अमर कला -एससी सुमन

मिथिला : एक सभ्यता र माटोको अमर कला -एससी सुमन मिथिला - जहाँ धर्मको दीप प्रज्वलित हुन्छ, शौर्यको सिंहनाद गुन्जन्छ, र कलाको कञ्चन झल्कोले जीवन र आत्मालाई आलोकित गर्दछ । यो भूमि केवल एक भूगोल मात्र होइन, अपितु चिन्तन, सृजन, मर्यादा र मानव सभ्यताको एक अद्वितीय प्रतीक हो । मिथिला सदा नै आध्यात्मिक चेतनाको केन्द्र, वैचारिक विमर्शको उद्गम र कलासंस्कृतिको अक्षुण्ण धरोहर रहिआएको छ । यहाँको संस्कृति, स्थापत्य र लोकचेतना यस्ता छन्, जसले देश मात्र होइन, विश्वसमेत चकित पारेको छ । विशेषतः मिथिलाकी कन्याहरूको कुशल हातबाट जन्मिने लोकचित्रकला,जसले त्रिकालसम्म सन्देश दिन्छ । जो अन्तर्राष्ट्रिय मञ्चमा चुलिंदै गएको छ । तर यो मात्र एक पाटो हो; मिथिलाको कलासागरमा अझ गहिरा, अझ दुर्लभ र अनुपम रत्नहरू लुकेका छन्, जसको उज्यालो अझै पूर्णरूपमा बाहिर आउन सकेको छैन । तीमध्ये एक छ -मृणशिल्प, माटोको आत्मा बोकेको शाश्वत कला । मृणशिल्प - माटोको मोहक रूपान्तरण, जसमा उपयोगिता र सौन्दर्य एकैसाथ जीवन्त हुन्छन् । आगोमा पोलेपछि आत्मा पाएको यो शिल्प, केवल भाँडा - मूर्तिमा सीमित छैन; यो त एक सभ्यताको अभिव्यक्ति हो,...