विश्व कला दिवस र लोक कलाको चर्चा : एससी सुमन


  


कला शानदार संचार हो जसले विभिन्न संस्कृति र विभिन्न समयका मानिसहरूलाई रङ, रेखा र छविहरू मार्फत एकअर्कासँग कुराकानी गर्न अनुमति दिन्छ जसले केही उत्कृष्ट आवाज र कथाहरू सिर्जना गर्दछ । कला समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम हो । यसले एक व्यक्ति वा समाजलाई यो सामना गर्नेहरूमा भावनाहरू जगाएर, अनुभवको लागि जुलुस गर्न प्रेरित गरेर आवाज दिन सक्छ ।

कलासँग संलग्न हुनु एकल घटना मात्र होइन । कला एक संस्कृति को प्रतिनिधित्व गर्दछ जहाँ मानिसहरू एकै ठाउँमा आउन सक्छन् र एक अनुभव साझा गर्न को लागी तिनीहरूले संसारलाई एकदम फरक तरिकाले हेर्छन् । महत्त्वपूर्ण कुरा यो होइन कि सबै अनुभवहरूमा सहमति हुन सक्छ, तर हामी यसलाई अरूसँग अनुभव साझा गर्न सार्थक मान्न सक्छौं । एक बलियो, शानदार कला र यसको अभिव्यक्तिको अन्य रूपहरूले बहसको नेतृत्व गर्न सक्छ, केही छलफललाई प्रोत्साहन दिन सक्छ र सबै सृष्टिहरूमा उद्देश्य खोज्ने यात्रामा आत्माहरूलाई जोड्न र प्रबुद्ध गर्न सक्छ।

कलाले विश्वभरका सबै मानिसहरूका लागि रचनात्मकता, नवाचार र सांस्कृतिक विविधतालाई पोषण गर्छ र ज्ञान बाँडफाँड गर्न र जिज्ञासा र संवादलाई प्रोत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । कलाकार र कलात्मक स्वतन्त्रताको प्रवर्द्धन र संरक्षण हुने वातावरणलाई हामीले समर्थन गरिरह्यौं भने कलासँग सधैं रहेको यी गुणहरू हुन् र सधैं हुनेछन् । यसरी, कलाको विकासलाई अगाडि बढाउँदै स्वतन्त्र र शान्तिमय संसार प्राप्त गर्ने हाम्रो माध्यमलाई पनि अगाडि बढाउँछ ।

 यिनै कारणहरु गर्दा कला र संस्कृतिलाई बढ़ावा दिनको लागि प्रत्येक वर्ष १५ अप्रैलमा विश्व कला दिवसको आयोजन गरिन्छ । साथै यिनै दिनको निउ पारि सामान्य जनको बीच छुट्टाछुट्टै कलाको प्रति जागरूकता बढाउने काम गरिन्छ । पहिलो पटक विश्व कला दिवस यानी वर्ल्ड आर्ट डे १५ अप्रैल २०१२ मा मनाईएको थियो । यो दिनलाई आधिकारिक उत्सवको रुपमा लॉस एंजिल्समा  २०१५ मा मनाइयो । 

ईसवी सन  २०१७ मा यो दिनलाई  इंटरनेशनल एसोसिएशन ऑफ आर्टले अमेरिकामा मान्यता दियो । यसपछि विश्व कला दिवस यूनेस्को द्वारा समर्पित एक दिन हो जसलाई विश्व कला दिवस, कलाको विकास, प्रसार र आनन्दलाई प्रवर्द्धन गर्न मनाइने उत्सव, २०१९ मा युनेस्कोको साधारण सम्मेलनको ४० औं सत्रमा घोषणा गरिएको थियो । त्यस पछि प्रत्येक वर्ष संसार भरि विभिन्न छुट्टाछुट्टै कला संग जोडिएको लोक -जन यो दिनलाई कला दिवसको रूपमा मानाउँ छ्न र कला र कलाकारको प्रति आफ्नो सम्मान जनाउँ छन । 


आजको दिन यानि १५ अप्रैल १४५२ मा इटलीको महान चित्रकार लिओनार्दो दा विंचीको जयंती हो । लिओनार्दो दा विंची इटलीको महान चित्रकार, मूर्तिकार, वास्तुशिल्पी, संगीतज्ञ, कुशल यांत्रिक, इंजीनियर र वैज्ञानिक थिए ।  कलामा उनको परंगतताको करण उनलाई विश्वमा सम्मानित भए र आज उनको जयंतीमा विश्व कला दिवसको आयोजन गरिन्छ । आजको दिन संसारमा रचनात्मक गतिविधिको बारेमा जागरूकता बढ़ाउनको लागि अंतरराष्ट्रीय कला संघ र यूनेस्को संग मिलेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्छ्न।


यसको लक्ष्य संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) को मुताबिक विश्व कला दिवसको लक्ष्य समाजमा कलात्मक अभिव्यक्तिलाई दृढ़ताले एकीकृत गर्नु रहेको छ । विश्व कला दिवस मनाउन कलात्मक सिर्जना र समाज बीचको सम्बन्धलाई सुदृढ पार्न मद्दत गर्दछ, कलात्मक अभिव्यक्तिको विविधताको बारेमा बढि जागरूकतालाई प्रोत्साहित गर्दछ र कलाको योगदानलाई हाइलाइट गर्दछ । संस्कृतिले समावेशी र समतामूलक शिक्षाको मार्ग प्रशस्त गर्न सक्ने भएकाले विद्यालयमा कला शिक्षामा प्रकाश पार्ने अवसर पनि हो । यति मात्र होईन, समाजको विकासमा कलाको महत्व र योगदानलाई पनि जनसमक्ष बताउनु हो । विश्व कला दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम, सम्मेलन, प्रदर्शनि र कार्यशालाहरुको आयोजन गरिन्छ । संगै शैक्षणिक संस्थानमा वच्चा वा युवाहरुलाई कला संग जोड़नेको लागि विभिन्न कर्यक्रम गरिन्छ ।



आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यंत आवश्यक भएको छ । लोककलाको नाम लिने बितिकै हाम्रो मानस पट्लमा हाम्रो गाउँ घरमा यत्रतत्र देखिने विभिन्न प्रकारको अरिपन, लिखिया, चौक, कोहबर, सांझ, अन्यान्य विभिन्न प्रकारको भित्ति लोकचित्र, माटा ेबाट बनेका चक्का–तख्खा, कोठिको स्मरण हुने गरेको छ । यि चिजहरु आज पनि हाम्रो लोक संस्कृतिको अभिन्न अंग हुन, जो उन्मुक्त वातावरणमा विभिन्न रूपरङ्गमा आफ्नो महत्व दर्शाइ रहेको छ । जसले गर्दा नेपाली कलालाई विश्वमान चित्रमा समृद्ध र सशक्त अमुल्य निधिको रूपमा चिनिन्छ । हुनत लोककला भन्ने बित्तिकै आजका कलाकार यानी समकालीन आधुनिक अमूर्त कलामा प्रबिधिलाई विशेष महत्व दिने कलाकार, यसलाई अप्रासंगिक भन्ने गरेका छ्न र प्रगति विरोधी पनि मान्ने गरेका छन । 


समकालीन परिदृश्यमा नेपाली लोककलाप्रतिको आम जनभावना राष्ट्रीय जागरणको संकेत हो । लोककलाको अन्तर्गत चित्रकला, स्थापत्यकला, मूर्तिकला, हस्तकला प्रमुख हो र सबै कलाको कलात्मक अभिव्यक्तिको दृष्टिले नेपाली जन–जीबनमा मात्र युगौयुगदेखी आज बर्तमानमा पनि  यसको विशेष महत्व दृष्टिगोचर हुन्छ । लोक संस्कृतिको महत्वपुर्ण भाग हो लोक कला । यो हाम्रो संस्कृतिको पहिचान हो । जसमा मौलिकताको अनुभुति हुन्छ । जहाँसम्म नेपाली लोक संस्कृतिको कुरा हो यसमा लोककलाको बिशेष महत््व छ । कलाको प्रायोजन अभिव्यक्ति, यश प्राप्ती, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, बिश्व कल्याण आदि हुन सक्छ । 

कृषि प्रधान भएकोले यहाँ गाउँको संख्या नै धेरै छन्। हुनत यहाँ को गाउँ कुनै अन्य प्रदेशको गाउँ र भन्दा धेरै फरक त होइनन् तर पनि केही हदसम्म भौगोलिक स्थिति, धार्मिक तथा सामाजिक संस्कार, आर्थिक तथा राजनीतिक कारणले फरक त हो नै । प्रत्येक ठाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोबाट फरक हुने कारण हो विभिन्न वर्गं, समुदायको विभिन्न क्षेत्र विशेषमा वसोबास । उनको खान पान, रीति रिवाजमा पनि भिन्नता पाइन्छ । मानव सभ्यताको सुरुवातमा पुरुष र महिलाका बीचमा काम विभाजन हुँदा पुरुषले घरबाहिरको काम र महिलाले घरभित्रको  काम सम्हाल्न पुगे । जीवन–यापनको क्रममा महिलाहरुले आफ्नो घरलाई सुन्दर बनाउन विभिन्न कलाकृतिको निर्माण गरे भने पुरुषहरुले धार्मिक अनुष्ठानका बेला वेद बनाउँदा विभिन्न आकार प्रकारका यन्त्रहरु बनाई यसलाई सजाउन थाले ।


महिलाहरुले बनाएको कला सेन्सुअल तथा आध्यात्मिक र संस्कारजन्य सौन्दर्यसँग जोडिन पुगेपछि यसलाई उच्चकोटिको कलाको दर्जा दिइएन । फलस्वरुप महिलाले बनाएको कलालाई पनि विभिन्न सामाजिक, सांस्कृतिक र धार्मिक अनुष्ठानसँग जोडेर सर्वमान्य लोककलाको रुपमा विकसित गरियो । परिणामस्वरुप यस कलालाई देवी–देवतालाई प्रसन्न पार्न प्रयोग गरिन थाल्यो । प्रत्येक उत्सवहरुमा यसको अनिवार्यता, प्रत्येक घरमा यसलाई पूर्ण निष्ठापूर्वक मैथिलानीहरुले बनाउन लागे । यस्तैगरी यो कला देवी–देवताहरुसँग मानिसको साक्षात्कार गराउने माध्यमका रुपमा हेरिन थाल्यो यो नै कालान्तरमा मिथिला संस्कृतिमा संवाहक बन्न पुग्यो । साथै मिथिला संस्कृतिको सम्बाहक पनि । मैथिल संस्कृति अति प्राचीन संस्कृति हो र यसलाई साथ दिदै अगाडि मैथिली कला 

परम्परागत रुपमा सँग रहँदै आएको छ भने यहाँको चित्रकला पनि त्यतिकै प्राचीन छ , किनकी यहाँको संस्कृतिको कलासँग घनिष्ठ सम्बन्ध छ, अर्थात मिथिला कला मैथिली संस्कार र संस्कृतिको उपज हो तसर्थ मैथिलीकला व्यूत्पति र विकासक्रमको इतिहास जति नै प्राचीन छ मैथिली संस्कृति नै मैथिली समाजको जीवन पद्धति हो । आज पनि प्रत्येक चाडपर्व सामाजिक एकता र संगठन कै रुपमा मनाइन्छ । यस अवसरमा मिथिलानीहरुले गोवर, माटोले आँगन लिपी रेखाचित्र बनाउने गर्दछन्। यो भूमि चित्र अरिपनको नामले प्रसिद्ध छ । इतिहास–पुराणहरुमा सुप्रसिद्ध ६४ कलाहरुमध्ये आलेपन (आलिम्पन) मिथिलामा अरिपन कलाको एउटा स्वरुप मानिन्छ ।


 मिथिला संस्कृतिमा जीवन र चित्रकलाको सम्बन्ध प्राचीन कालदेखि नै रहँदै आएको छ । जसमा अरिपन वैदिक कालबाट परम्परागत रुपमा चल्दै आएको छ । यो चित्रलाई वेदमा सर्वतोभद्र  नामबाट आएको छ तथा यसलाई वैदिक यज्ञमा यज्ञमण्डपको केन्द्रमा स्थण्डिलमा (यज्ञवेदी) चामलको धुलो (पीठो) अथवा अन्य पवित्र विभिन्न रङ्गबाट बनाइदै आएको छ । मिथिलामा आज पनि अरिपनको लेखन सामग्रीको निर्माण चामलबाट हुन्छ जो यहाँको उत्पादन हो र सेतो रङ्गको स्थानमा चामल वैदिक कालबाट प्रयोग हुँदै आएको छ । तसर्थ यो पुष्टि हुन्छ की सर्वतोभद्र चित्रको स्वस्तिक अरिपनको लेख्ने प्रथा परम्परागत रुपमा चल्दै आएको छ र  यसको नाम सर्वतोभद्रको स्थानमा स्वस्तिक बन्यो र दुबै शब्दको अर्थ मंगलकारी नै मानिन्छ ।आजको युगमा मात्र सुविधा र समयाभावको कारण नयाँ पुस्ता यो युगको वैज्ञानिक रितीबाट बन्ने रङ्गको (आधुनिक रङ्ग) व्यवहारमा ल्याउन लागे र आज चित्रको व्यापक मागसँगै आधुनिक रङ्गको व्यापक प्रयोगले प्राकृतिक रङ्ग प्रयोग प्रायः लुप्त भई सकेको छ । पूर्ण वर्णित चित्र विवरणबाट स्पष्ट हुन्छ की यो अरिपन रुपी रेखाचित्र तथा रङ्गविरङ्भित्तिचित्र शास्त्रीय तत्वको आधारमा बनेका हुन्छन् । जसमा प्राचीन मैथिली संस्कृतिको सम्बन्ध वैज्ञानिक स्तरमा आधारित शास्त्रीय तत्वको रुप हो ।मिथिलामा आज पनि पुराण, रामायण तथा महाभारत महाकाव्यमा वर्णित त्यो समयको प्राचीन स्थान तथा मुनीको आश्रम स्थित छ जसको पूर्ण विवरण मिथिलाको इतिहास अध्ययनबाट बुझिन्छ ।


विश्व कला दिवसमा सिक्न, साझा गर्न र मनाउन धेरै छ, र युनेस्कोले सबैलाई बहस, सम्मेलन, कार्यशाला, सांस्कृतिक कार्यक्रमहरू र प्रस्तुतीकरण वा प्रदर्शनी जस्ता विभिन्न गतिविधिहरू मार्फत सामेल हुन प्रोत्साहित गर्दछ । यो विश्व कला दिवस एक समय सान्दर्भिक सम्झना हो कि कलाले हामीलाई सबैभन्दा कठिन परिस्थितिमा पनि एकताबद्ध र जडान गर्न सक्छ । वास्तवमा, कलाको शक्ति मानिसहरूलाई एकसाथ ल्याउने, प्रेरणा दिने, निको पार्ने र साझेदारी गर्ने, हालैका द्वन्द्व र संकटहरूमा, COVID-19 लगायतका बेला झन्झन् स्पष्ट हुँदै गएको छ।

फोटो स्रोत : गुगल

artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन