Skip to main content

 सर्जक, सम्बन्ध र साझा अनुभव

एससी सुमन

चैत्र ११, शनिबार ०८:०१

एससी सुमन

कला एक शानदार सञ्चार हो, जसले विभिन्न संस्कृति र विभिन्न समयका मानिसहरूलाई रेखा, फारम, रङ र छविहरूमार्फत एकअर्कासँग कुराकानी गर्न अनुमति दिन्छ । जसले केही उत्कृष्ट आवाज र कथाहरू सिर्जना गर्दछ । कला समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम हो । यसले एक व्यक्ति वा समाजलाई यो सामना गर्नेहरूमा भावनाहरू जगाएर, अनुभवको लागि जुलुस गर्न प्रेरित गरेर आवाज दिन सक्छ ।

कलासँग संलग्न हुनु एकल घटना मात्र होइन । कलाले संस्कृतिको प्रतिनिधित्व गर्दछ । जहाँ मानिसहरू एकै ठाउँमा आउन सक्छन् र अनुभव बाँड्छन् । कलाकारले संसारलाई एकदम फरक तरिकाले हेर्छन् । महत्त्वपूर्ण कुरा यो होइन कि सबै अनुभवहरूमा सबैको सहमति हुन सक्छ । हामी यसलाई अरूसँग अनुभव साझा गर्न सार्थक मान्न सक्छौं । एक बलियो, शानदार कला र यसको अभिव्यक्तिको अन्य रूपहरूले बहसको नेतृत्व कलाले गर्न सक्छ । यसले छलफललाई प्रोत्साहन दिन सक्छ र सबै सृष्टिहरूमा उद्देश्य खोज्ने यात्रामा आत्माहरूलाई जोड्न र प्रबुद्ध गर्न सक्छ ।

नेपाल-बाङ्गलादेश मित्रताको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली राजदूतावास, बाङ्गलादेश र नेपाल-बाङ्गलादेश फ्रेण्डसीप सोसाइटीको संयुक्त आयोजनामा यो साता बाङ्गलादेशको राजधानी ढाकामा ‘नेपाल र बाङ्गलादेश कला संस्कृति उत्सव- 2023’ धुमधामसँग मनाइँदै छ । जसमा दुई देशका चित्रकार, संगीतकार, नर्तक, फोटोग्राफरको सहभागिता रहेको छ ।

‘दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आयोजकले गरेको प्रयासका लागि म धन्यवाद दिन चाहन्छु,’ बाङ्लादेशका शिक्षामन्त्री दिपु मोनीले भने, ‘दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै बाङ्गलादेश र नेपालको सांस्कृतिक सम्पदा आदिको, विविधताको प्रदर्शनीमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

घनश्याम भण्डारीले भने, ‘सांस्कृतिक प्रस्तुतिसँगै चित्रकला र फोटोग्राफी प्रदर्शनीमार्फत महोत्सवले दुई देशको समृद्ध र विविध सांस्कृतिक सम्पदालाई प्रस्तुत गर्नेछ । ’

मोशिउर अहमदले भने, ‘फेस्टिभलले दुई देशका सिर्जनशील व्यक्तिहरूलाई विचार र विचार आदानप्रदान गर्ने मञ्च प्रदान गर्नेछ ।’

नेपाल र बाङ्गलादेशबीच प्राचीनकालदेखि सौहार्द सम्बन्ध रहँदै आएको छ । सीमा जोडिएका भारत र चीनपछि सबैभन्दा नजिक (करिब ३० किमी दूरी)को छिमेकी मात्र नभएर नेपाल र बाङ्गलादेशबीच व्यापार, पारवहन, लगानी, पर्यटन, कला, संस्कृतिको बलियो सम्बन्ध छ । प्राचीनकालदेखि नै सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको छ ।

स्वतन्त्र बाङ्गलादेशलाई नेपालले १६ जनवरी १९७२ मा मान्यता दिएको थियो र ढाकामा सन् १९७२ मा राजदूतावास स्थापना ग-यो। सन् १९७८ मा नेपाल–बाङ्गलादेशबीच संयुक्त आर्थिक आयोगको स्थापना भयो । दुई देशबीच मित्रताको पचास वर्ष पूरा भएको छ । यसै उपलक्ष्यमा बाङ्गलादेशको राजधानी ढाकास्थित शिल्पकला एकेडेमीमा नेपाली कलाकारको बृहत् चित्रकला प्रदर्शनीमा आयोजना गरेको छ ।

प्रदर्शनीमा समसामयिक चित्र, लोककला, परम्परागत कला फोटोग्राफीसँगै सांसकृतिक कार्यक्रमको भव्य प्रस्तुतिले जनसाधारणलाई आकर्षित गरेको छ ।

राष्ट्रिय कला ग्यालरी अडिटोरियममा आयोजित उद्घाटन समारोहमा बंगलादेशी शिक्षामन्त्री दिपु मोनी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा परराष्ट्र मन्त्रालय पश्चिमका सचिव शब्बीर अहमद चौधरी, बाङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बाङ्गलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमद, बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोशिउर अहमद र नेपाली कलाकारहरू सो अवसरमा सहभागी थिए ।

शिक्षा मन्त्री दिपु मोनीले महोत्सवले नेपाल र बाङ्गलादेश बीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए ।

दुई देशका चित्रकार र फोटोग्राफरका प्रदर्शित पेन्टिङ र छाया चित्रहरुमा दैनिकजीवन, संस्कृति, धर्म, प्राकृतिक सौन्दर्य, चाडपर्व र अन्य विविध विषय र पक्षलाई चित्रण गरेको छ । बंगलादेशी कलाकार अब्दुल मन्नानको एक्रेलिक चित्र रुपोशी बांग्ला नामक प्रदर्शनीमा राखिएको कलाकृतिले देशको परिदृश्य र प्राकृतिक सौन्दर्यलाई चित्रण गरेको छ । मन्नानले आफ्नो चित्रबारे आफ्नो अनुभनव सुनाउँदै भने, ‘सौन्दर्य अनुभवहरू सधैं अद्वितीय हुन्छन् । तिनीहरूसँग एकल प्रवेश गुणस्तर छ जुन सबै भागहरूमा फैलिन्छ र संरचना प्रदान गर्दछ । यसले हामीलाई मानिसको रूपमा हामी के हौं भनेर बुझ्न मद्दत गर्छ र हामी कसरी एकअर्कासँग सम्बन्ध राख्छौं भनेर प्रभाव पार्छ ।’

हामी चित्रकार वा संगीतकार वा लेखक मात्र होइनौं, संसारलाई अरूभन्दा अलि फरक ढंगले हेर्छौ । अनुराधा थापा आफ्नो प्रदर्शित चित्र गुलाफी र रातो रङको कमलबीच ध्यानास्थ बुद्ध विश्वशान्तिको वाहक ‘बुद्ध’ शीर्षकको चित्रअगाडि उभिएर भनिन्, ‘हामी सधैं अनुभवहरूको खोजीमा हुन्छौं, जसले उसलाई बौद्धिक रूपमा छुटेको केही भित्री सत्यमा समाहित गर्न मद्दत गर्दछ र कुनै न कुनै रूपमा, उसले आफ्नो हृदय र आत्माले उनीहरूको अर्थ महसुस गर्छ । जो शायद शब्दहरूमा भेटिँदैन, धेरै लामो यात्रापछि कतै परिचित, कतै आइपुगेको उदात्त अनुभूति कलाकारले अनुभव गर्दछ ।’

कलाकार रामपूजन ठाकुरको क्यानभासले भौगार्भिक गतिविधि पृथ्वीको गर्भमा भैरहेको उतार‑चढावहरूको कथा समेटेको छ, जो हाम्रो साझा समस्या हुन् । दुई देशको साझा लोक व्यवहारले प्रभावित र अपनत्व महसुस गरेको छु ।

बाङ्गलादेशी फोटोग्राफर नफिस अहमद नदवीको चिया बगैंचा शीर्षकको तस्बिरमा महिला चिया बगानमा काम गर्ने कामदारहरू चिया पात लिएर बगैँचाबाट फर्किँदै गरेको दृश्य कैद छ भने नेपाली फोटोग्राफर विकास रौनियारको ‘द ब्यूटी अफ नेपाल’ शीर्षकको तस्बिरले नेपालको प्राकृतिक सौन्दर्यलाई चित्रण गरेको छ । आफ्नो अनुभव साझा गर्दै फोटोग्राफर विकास रौनियारले ‘ढाकामा आयोजित कला र फोटोग्राफी प्रदर्शनीमा सहभागी हुन पाएको र उद्घाटन समारोहमा सरिक हुने मौका पाएकामा धेरै खुसी छु । यसले कलाकारहरूबीच दक्षिण एसियाली सम्पर्क बलियो हुन पाएको छ । मात्र बाङ्लादेशका फोटोग्राफरको तुलनामा नेपाली फोटोग्राफरहरूको सहभगिता अलि कम रहेकोले अलिकति नमज्जा लागेको अरु सबै धेरै नै राम्रो कार्यक्रम भएको थियो ।’

प्रस्तुत प्रदर्शनीमा विशेषतः अमूर्त र बिम्बपरक सिर्जनाका निमित्त पहिचान बनाएका चित्रकार नगेन्द्रप्रसाद पौड्यालका दुईवटा “रचना” शीर्षकका चित्रहरू प्रदर्शित भए । उल्लेखित चित्रहरूमा पौड्यालले जलसंसारको सौन्दर्य र त्यहाँस्थित जैविक तथा पर्यावरणीय पक्षहरूलाई अमूर्त शैलीमा चित्रण गरेका छन् ।

आत्मविश्वासिलो रङ लेपन र चित्रीय गतिका साथ पौड्यालले आफ्नो सिर्जनालाई यथासम्भव परिपक्व प्रस्तुत गरेका छन् । झट्ट हेर्दा नबुझिनु अमूर्त कलाको एकहद्क‍ो बुझाई रहे पनि व्यञ्जनात्मक कथन नै भावकीय वैशिष्ठ्यको मानक मानिएको सन्दर्भमा पौड्यालको चित्रशिल्पलाई सोही मानकीय कोणबाट विश्लेषण गर्नुपर्ने देखिन्छ ।

समग्र महोत्सवका बारे कार्यक्रमका संयोजक नगेन्द्रप्रसाद पौड्यालसँग जिज्ञासा् राख्दा उनले भने, ‘नेपाल तर्फको संयोजक रहेका नाताले समग्र महोत्सव प्रतिको मेरो अनुभवमा मैत्रीभाव नित्तान्त सद्भावबोधक र आत्मियताको स्थिति हो । यो प्राणीमात्रमा रहेका असीमित गुणहरूमध्येको सर्वोत्कृष्ट स्थिति हो । मानिसहरूका उपस्थितिमा त यो थप उत्कृष्ट वैशिष्ठ्यका रूपमा उज्यालिएर देखापर्दछ र असीमित आयाम र कलेवरमा प्रकाशित रहेको हुन सक्दछ । यो धरती र आकाशभित्र समेत आरोपित रहन्छ र समग्रतामा अभिभूत रहेर देखापर्दछ । अब भूगोल वा खगोल दुवै मानवीकृत अस्तित्वमा बनेर सम्बन्धमा स्थापित देखा पर्दछन् । असीमित आयाम र कलेवरमा प्रकाशित रहने त्यही मैत्रीभावको एउटा आयाम र कलेवर हो, राष्ट्र राष्ट्र बीचको कूटनैतिक सम्बन्ध । राष्ट्र राष्ट्र बीचको कूटनैतिक सम्बन्ध, जहाँ मानिस मानिस बीचको निहुँमा जमीन र आकाश दुवै बीच मैत्री प्रतिष्ठापित भएर देखापर्दछ ।

सम्पन्न महोत्सव बङ्गलादेशस्थित नेपाली राजदूतावासको उत्कृष्ट सुदूरदर्शिताको प्रकटी र प्रत्यक्षीकरण हो । बाङ्गलादेश-नेपाल मैत्री समाजको अथक र अनवरत कटिबध्दता र मित्रवत समाधिस्थताको परिणाम हो । सम्पन्न महोत्सव नेपाल र बाङ्गलादेश बीचको त्यही सम्बन्धको सेतुका रूपमा रहेको हो ।

राजदूतावासको सुदूरदर्शिता यस अर्थमा कि, बाङ्गलादेश सँगको दौत्य तथा कूटनैतिक सम्बन्ध स्थापनाको पचासौँ वर्षलाई सरकारतः उसले एक्लैका आँटको किन नहोस्, हर्षोल्लासका रूपमा परिष्कृत गर्यो र बङ्गलादेश -नेपाल मैत्री समाजको मित्रवत् समाधिस्थता यस अर्थमा कि, यो संस्था बाङ्गलादेशका जनताका माझबाट नै उठेको हो र यो समाजले यी दुई देशका बीच अनन्त दौत्य र कूटनैतिक मैत्रीको प्रवर्ध्दनका निमित्त लीन छ । यसलाई यसै महोत्सवमार्फत हर्षोत्सव मनाई प्रमाणित गरेको छ ।

यथार्थमा उल्लिखित महोत्सव आयोजना व्यवस्थापन र कार्यान्वयनतर्फ मात्रको मूल्य अङ्कनको विषय होइन । व्यवस्थापन र कार्यान्वयन गर्दागर्दैका सीमा, शिल्पी र कमीका पक्ष रहेका हुन सक्दछन्, तर यसलाई नेपाल र बाङ्लादेश नामका राष्ट्र, यी दुई राष्ट्र बीचको भाइचारा, जनता बीचको प्रगाढता र राजनैतिक वा कूटनैतिक तप्काको सौहाद्रता वा राष्ट्रिय हित र भलाई यावत् पक्षका परिप्रेक्षमा आँकलन गर्नु महत्त्वपूर्ण हुनेछ । यिनै राष्ट्रका बीचको सन्दर्भमा स्वार्थरहित सौहाद्रताका पचास वर्ष भनेको उत्कृष्ट उपलब्धि हो । प्रस्तुत महोत्सवबाट नेपाल तर्फको संयोजक रहेका नाताले मेरो अनुभव भनेको यही नै हो ।

आधुनिक वास्तुकला शब्दले आधुनिकताको रूपमा चिनिने सामाजिक, कलात्मक, र सांस्कृतिक मनोवृत्तिभित्र डिजाइन र निर्माण गरिएको वास्तुकलाको वर्णन गर्दछ । यसले प्रयोग, पूर्वनिर्धारित “नियमहरू”को अस्वीकार र कला, साहित्य, वास्तुकला, र संगीतमा अभिव्यक्ति स्वतन्त्रतामा जोड दिन्छ । केन्द्रीय सहिद मिनार सन् १९५२ को भाषा आन्दोलनको एक स्मारक हो । २१ र २२ फरवरी १९५२मा, ढाका विश्वविद्यालय र ढाका मेडिकल कलेजका छात्र र राजनीतिक कार्यकर्ता मारिएका थिए । तिनकै स्मृतिमा शहीद मिनार बनाइएको थियो । यसको डिजाइन हमीदुर रहमान र नोवेरा अहमदले गरेका थिए ।

मेरो कलाकृति, भिजुअल कम्पोजिसन एउटा रचनात्मक प्रक्रिया हो जसमा मेरो आफ्नो वास्तविकताको रेखा बाहिरको सोचको चित्रण हुन्छ र पूर्ण नयाँ तस्विर प्रस्तुत गर्दछ, जुन अन्यथा कहिल्यै कसैले देखेका थिएनन् । विषयवस्तु, दृश्य रचना, रङरेखा, केही मूर्त र केहि अमूर्तहरूको जादुई अन्तर्क्रिया हो, जुन मेरो अवचेतन दिमागबाट आउँछ, अव्यक्त भावनाहरुले समेटिएको हुन्छ ।

पौभा कलाकार उजय बज्राचार्यले आफ्ना चित्रकारिताबारे भने, ‘मेरा चित्रहरूमा भएका चम्किलो रङहरूले, नभनिएका अभिव्यक्ति र अनुभवहरूलाई प्रतिनिधित्व गर्दछ जबकि रचनात्मक रचनाहरूले भित्री वातावरण सिर्जना गर्दछ । ‘ मिथिला होस् वा पौभा यसले उत्पत्ति र जराले रचनात्मक मांसपेशीलाई पोषण गरेको देखिन्छ र यसैले परम्परागत र लोक कलाबाट समृद्ध र शाही रंगहरू सजिलै र इमान्दारीका साथ कलाकृतिको माध्यमबाट बग्छ । यसले ठूलो मात्रामा ऊर्जा र कच्चापन बोक्छ तर सही दृश्य सौन्दर्यशास्त्रमा बेरिएको हुन्छ, जसले गर्दा दर्शकहरूसँग प्रामाणिक र प्राकृतिक जडान बनाउँछ।

सर्जक सधैं अनुभवहरूको खोजीमा देखिन्छिन् जसले उसलाई बौद्धिक रूपमा छुटेको केही भित्री सत्यमा समाहित गर्न मद्दत गर्दछ र कुनै न कुनै रूपमा, उनले आफ्नो हृदय र आत्माले उनीहरूको अर्थ महसुस गर्छ र शायद शब्दहरूमा होइन । धेरै लामो यात्रापछि कतै परिचित कतै आइपुगेको उदात्त अनुभूति कलाकारले अनुभव गर्दछ।

समापन अनुष्ठानमा कलाकार उजय बज्राचार्यको ‘बज्रपानी बौध्दित्सव’ शीर्षकको कलाकृति नेपाली राजदूतावासका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई हस्तान्तरण गरियो । नेपाली र बाङ्गलादेशी कलाकारहरूको सम्मानमा नेपाली राजदूत घनश्याम भण्डारी नेपाली दूतावासमा रात्री भोजको आयोजना गर्नुभएको थियो ।

यसरी एउटा कलामाथि समर्पित कार्यक्रम भव्यतम् रूपमा सम्पन्न भयो ।
artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन