बंगलादेशको टेराकोटा कला कार्यशाला : एससी सुमन

  


लोक चित्रकलाका विभिन्न पक्ष र अभ्यासहरूलाई एकसाथ ल्याउन सक्ने औपचारिक वर्गको कल्पना गर्न गाह्रो छ । कसैले यसलाई पेशाको रूपमा लिन्छन्, कसैले पारिवारिक विरासतका लागि गर्छन् भने कसैले यसलाई धार्मिक वा सांस्कृतिक चाडको रूपमा अभ्यास गर्छन् । एउटै फ्रेममा सबै भागहरू फिट गर्न धेरै गाह्रो छ । हजारौं वर्षभन्दा अघिदेखि उत्पत्ति भएको लोक चित्रकलाले वास्तुकला, मूर्तिकला, हस्तकला, ​​भाँडाकुँडा र चित्रकलामा विभिन्न रूप र आकारहरू लिएको छ ।


 छ ऋतुको भूमिकाले र आफ्नो प्रकृतिको जीवन्तताले स्थानीय कलालाई प्रभाव पारेको छ भने वातावरण र कृषि गतिविधिले यसलाई धेरै बढाएको छ । अनुसन्धानको आधारमा, केही वर्गहरू तैपनि चित्रकलाको केही पुरातन वा मध्ययुगीन परम्पराको विरासत बोकेका रूपमा फेला परेका छन् । धेरै जसो केसहरूमा सामूहिक रूपमा अभ्यास गरिएको रूपमा, सांस्कृतिक प्रतीकहरू र कथा सम्मेलनहरू सौन्दर्यशास्त्र वा कलाका अन्य पक्षहरू भन्दा बढी महत्त्वपूर्ण मानिन्छ ।


लोक चित्रकलामा अल्पना, अरिपन वा मण्डला सम्भवतः सबैभन्दा पुरानो आदिवासी अभ्यास हो । भित्ता चित्रकला र काठको नक्काशी दुई अन्य पुराना रूपहरू हुन् । तर अल्पना वा अरिपन दुई देशमा बाँचेको मात्र छैन, यो हदसम्म बढेको छ कि यो धेरै राष्ट्रिय उत्सवहरूको बनेको छ । बाँस, जुट, सिकी- मुज (बंगाल र मिथिला मा पाईने एक प्रकारको घाँस)  बाट बनाइएका विभिन्न शिल्पहरू अझै पनि गाउँ र आदिवासी जनजातिहरूमा लोकप्रिय छन् । त्यस्तै भाँडाका सामानहरू, माटोका भाँडाहरू सस्तो घरायसी भाँडाहरू हुन् जसमा पूजा र भक्तिका लागि हिन्दू देवताहरूका चित्रहरू माटोबाट बनाइन्छ । नेपालको मिथिला र बंगलादेशका अधिकांश भागहरूमा पुतली, खेलौना र धेरै सजावटी टुक्राहरू पनि बनाइन्छ । उदाहरण स्वरुप मिथिलामा मनाईने पर्व 'सामा -चकेबा' लाई लिन सकिन्छ । जसमा माटोको मुर्ति तथा खेलौनाको प्रधान्ता रहन्छ ।

माटोको अभिलेख हो, पृथ्वी संगका सफल र विफल सम्वन्ध को । यो अमिट माटोलाई हाम्रो पुरखाले बडो कौशलले पुस्तान्तरण गर्दै आएको छ । यस बाट खेलौना बने र मंदिर तथा मूर्ति देखि  लिएर भव्य भवन बने । माटोको यो शिल्पलाई टेराकोटा शिल्प भनिन्छ ।  टेराकोटाको आशय पाकेको माटो हो । यो इटालियन शब्द हो । गिलो मिट्टीलाई आगोमा पोलेर जो उपादान निर्मित गरिन्छ,  त्यसलाई टेराकोटा शिल्पको नाउँले जानिन्छ ।


छोटकरीमा भन्नु पर्दा  मिस्र र मेसोपोटामिया बाट प्राप्त मृद भांड, मृण्य फलक र मृण्य मूर्ति यसको आरंभिक उदाहरण हो । कलाको रूपमा यो ईसा पूर्व सातौं शताब्दीमा प्राचीन यूनान र रोममा प्रचलित थियो । पूर्वीय संस्कृतिमा मध्य पाषाण काल, नव्य पाषाण काल, सिंधु र हड़प्पा सभ्यता देखि लिएर  मौर्यकाल र गुप्तकाल सम्म र त्यस भन्दा अगाडिको काल सम्म यस माटोको कलाको  क्रमबद्ध विकास देखिन्छ । मेहरगढ़मा जो वर्तमानमा पाकिस्तानको बलूचिस्तानमा छ । एउटा  रंगीन भाडो भेटिएको छ । जो नव पाषाण काल (३५०० देखि  २८०० ईसा पूर्व) को हो ।



घट्दै गए पनि कुमालेलाई पेसा बनाएर आफ्नो जीविकोपार्जनका लागि माटोको भाँडामै निर्भर रहेका धेरै परिवार अझै पनि छन् । आधुनिकताको चपेटमा पनि पुनरावर्ती आकृतिहरू कमल, सूर्य, चन्द्रमा, ताराहरू, पातहरू, रूखहरू, फूलका लताहरू, मानव आकृतिहरू, देवताहरू, घोडाहरू, हात्तीहरू, माछाहरू, पक्षीहरू, ताजियाहरू र रथहरू हुन् । 


प्राचीन बंगालमा टेराकोटा

दक्षिण एसियामा माटोको भाँडाको प्रचलन पुरातन समयको हो । त्यसबेला माटोको भाँडाको अभ्यास धेरै प्रख्यात हुनुको प्रमुख कारणहरू मध्ये सही प्रकारको माटोको उपलब्धता हो । त्यसबेला, अधिकांश घरायसी भाँडाकुँडाहरू टेराकोटाका वस्तुहरू थिए । ढुङ्गाहरूको सीमित उपलब्धताको कारण, यो एक धेरै लोकप्रिय मन्दिर र भवन डिजाइन तत्व भयो । टेराकोटाको सबैभन्दा पुरानो नमूनाहरू वारी-बटेश्वर, मोहस्थान गार र त्यसको छेउछाउका क्षेत्रहरूमा पाइन्छ जुन करिब दुई हजार वर्ष पहिलाबनिर्माण गरिएको थियो । पाला सभ्यताभन्दा पुरानो र विभिन्न कालखण्डका विभिन्न विशेषता बोकेका टेराकोटाका नमूनाहरू पनि पहारपुरमा भेटिएका छन् ।


उदाहरणका लागि, वारी-बटेश्वरमा पाइने मूर्तिहरू सिन्धु घाटी सभ्यतामा पाइने मूर्तिहरूसँग मिल्दोजुल्दो छन् । मौर्य सभ्यतामा ग्रीक र पर्सियाको पनि प्रभाव छ । कारीगरहरूले हातको अलावा टेम्प्लेटहरू प्रयोग गर्न थाले । सोमपुर महाविहार पाला सभ्यताको सबैभन्दा ठूलो गुम्बा हो र यस गुम्बाको केन्द्रीय मन्दिरमा दुई हजारभन्दा बढी टेराकोटा छ्न । टेराकोटा कला सेना वंशको कालमा पनि प्रख्यात थियो । सबैमा, धर्मको प्रभाव होस् वा स्थानीय चलन, बंगलादेशमा टेराकोटा विभिन्न तरिकामा विकसित भयो । मध्यकालीन कालमा टेराकोटा बंगालका मस्जिदहरू धेरै सरल र लगभग टेराकोटा रहित थिए । तर पछि, टेराकोटा डिजाइनहरू मिहराब र मस्जिदहरूको बाहिरी भाग र चिहानहरूमा पनि फेला परे । ढुङ्गाहरूको उपलब्धता नभएको कारणले गर्दा मस्जिदहरूमा विभिन्न प्रकारका टेराकोटा आकृतिहरू प्रयोग गरिन्थ्यो । 


नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३, बङ्गलादेश कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बङ्गलादेशको राजधानी ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबार देखि पाँचदिने सांस्कृतिक महोत्सवको पाँचौं दिन, बर्न्ट क्ले स्टुडियो, कलाकार टोफु खान र गुलाम रसूल नयन संगको सहकार्यमा बंगलादेशीय र नेपाली कलाकारहरुको सम्मानमा, एक माटो कला कार्यशाला आयोजना गरिएको थियो । जसको उद्देश दुई देशको लोक जन -जन बिचको सम्बन्धलाई अनुभूत गर्ने रहको थियो । 


यसै सन्दर्भलाई जोर्डै कलाकार टोफु खानले भने नेपाल बंगलादेश मैत्री समाज र शिल्प चर्चा आर्ट ग्यालरीले आयोजना गरेको हो । सहभागी कलाकारहरू सबै चित्रकार हुन्, चित्रकारको सँग सधैं  क्यानभास र रङ सँग रहेको हुन्छ,  कलाकारहरू आज नयाँ माध्यमहरू सँग काम गर्ने अवसर पाएकोमा धेरै उत्साहित छन् भने, म महसुस गरेको छु । 'माटोको आफ्नो प्राणवायु हुन्छ, त्यसले आफ्नो परिवर्तनकारी गतिविधि मार्फत मानव र अन्य सजीव तथा निर्जीव, भूत र भविष्यका तत्वहरु सँग हामीलाई जोडीरहेको हुन्छ । '


हातले माटो मुछदै मुर्तिकार, कलाकार अनुराधा थापाले आफ्नो पुरानो दिन समझदै भनिन, 'धेरै पछि आज माटोको माया महसुस गरेको छु । विद्यार्थी जीवनको वाराणसीको बसाई पछि गृहस्थ जीवनको विराटनगरको बसाईले माटो सँगको प्रत्यक्ष अनुभूती धेरै पछि भएको छ । जीवन सतहमा बाँचिन्छ । हामीले पाउने भनेको जमीन मात्र हो । यसो सोच्दा माटो आखिर मलिलो धुलो मात्रै न हो । हवामा तैरिनुको साटो पृथ्वीको सतहमा टाँसिएको सुक्षम कण हो ।' मेरो कलाकृतिको शिर्षक " टु सिस्टर्स " हो दुई बहिनी नेपाल र बंगलादेश हुन । '

सन्दर्भ  कूटनीतिक सम्बन्ध र मित्रताको हो, कलाकार रामपुजन ठाकुरले चार गुणा चारको आकारमा नेपाल र बंगलादेशको राष्ट्रिय झण्डाको आकृति बनाए, जो दुई देशको भातृत्व भाव प्रदर्शित गर्छ । 


"सानो छँदा चकचक र खसखसका रूपमा माटो खेलाएर चराचुरूङ्गी बनाएको याद छ । कलेजमा नङ्ग-मासु मित्र अर्जुन मूर्तिकलाका लागि अब्बल थिए । म साख्खै किसानको छोरो । करेसा, बारि र खेत जे गर्दा पनि माटोसँग खेल्दै हुर्किएको मान्छे !  पक्कै आफ्नो शिल्पीले भ्याए सम्म माटोलाई सार्थक बनाउँने प्रयोग गर्दै आएँ । अहिले सम्म मूर्ति नै बनाउँछु भनेर भने मैले कहिल्यै पनि पहल लिईन । यस मानेमा सिर्जनात्मक जीवन बिताईरहेको मेरा लागि बंगलादेश मूर्ति सिर्जनाको कोषेढुङ्गा बन्न पुग्यो । यो उमेरमा, अत्यन्तै खुसीको क्षण थियो त्यो जब मैले मूर्ति सिर्जना गर्ने निर्णयमा वाङ्लादेशको माटो समाएँ ! 


जीवन मात्रका लागि सबैभन्दा उच्च साईनोमा आफ्नै आमा रहनु जैविक-सत्य हो । तथापि आमाले पनि सबैभन्दा उच्च साईनोमा माटोलाई राख्नु पर्दछ- यो थप अकाट्य सत्य हो । वास्तवमा माटो सर्बोच्चको पनि सर्बोच्च हो, जब पृथ्वी, आकाश, वायु, अग्नि र जल बीचपनि हामी महत्ताजन्य तुलना गर्दछौं ।

अब मैले बंगलादेशको माटोलाई समेत सौन्दर्यिकृत गरें; मूर्तिकरण गरें । चनालाई माटोसँग जोडें, जहाँबाट चना-बनस्पतिको शुरूआत हुन्छ, अङ्कुरण । र, शीरमा खगोलको प्रतीकका लागि माटोकै एउटा गोलाकार राखिदिएँ । नेपाल र बंगलाको माटो एउटै न हो । कार्यशाला भएकाले, त्यो खेस्रा-मूर्ति मात्र रहनसक्यो ।"  कलाकार नगेन्द्र प्रसाद पौड्यालले प्रष्ट्याए  । 


कलाकार उजय बज्राचार्यले कमलको रेखा चित्रमा माटो लिप्दै भने, 'हिन्दू पुराणको अनुसार कमलको फूलको उत्पत्ति भगवान विष्णुको नाभि बाट भएको हो, र कमलको फूल बाट ब्रह्माजीको उत्पत्ति भएको मानिन्छ । बौद्ध धर्मको ललित विस्तार ग्रंथमा कमललाई अष्टमंगल मानिएको छ । भनिन्छ कमलको फूल जस्तो नै सृष्टि र यो ब्रह्मांडको रचना भएको छ  र यो ब्रह्मांड कमलको फूल जस्तो छ । कमल पुष्पलाई ब्रह्मा, लक्ष्मी तथा सरस्वतीजी ने अपना आसन बनाएका छ्न ।'

बंगलादेशी कलाकार फारिसा महमुदले पनि चार गुणा चारकै पाटामा पुष्प कमलको आकृति सकाउदै थपिन 'पानीमा उत्पन्न भएर  हिलोमा कमल फूल छ । दुबै सँग निर्लिप्त भएर पवित्र जीवन जीउने प्रेरणा दिन्छ । यानि कि नराम्रो बीच रहेर पनि व्यक्ति आफ्नो मौलिकता र पवित्रतालाई कयम राख्न सकोस ।'


यो आमन्त्रण टोलीमा लोक मिथिला कलाको प्रतिनिधित्व गर्दै म पनि कलाकारको हैसियतले सहभागी थिए । तसर्थ केहि पुछारमा भए पनि मेरो कुरा राख्नु असान्दर्भिक हुदैन जस्तो लाग्छ । ढाकाको बर्न्ट क्ले स्टुडियो, मिरपुर आईपुग्दा, सेतै फुलेको कपाल, कपाललाई रबर- ब्याण्डले पुनि टेल स्टाईलले बाँधेको कलेजी रङको टिसर्ट र कालो प्यान्ट लगाएको, मोटो ज्यानको कलाकार टोफु खानले हामीलाई स्वागत गर्नु भयो । कार्यशालामा सहभागी कलाकार सँग सामान्य परिचय सँग स्टुडियो घुमाउनु भयो । माटो मेरो बाल्यकाल देखिनै प्रिय वस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलोपटक बच्चा बामे सर्न थाले पछि बालकले आफ्नो  हातले टिपेर मुखा हालने वस्तु माटो नै हो । स्टुडियो घुमि रहँदा मलाई मेरो बाल्यकाल बितेको लहानको कुम्हार टोलको सम्झना भयो । एउटा आत्मियताको आभास भयो । जहाँ म माटो सँग मुछिन पुगे ।


स्कूली जीवनमा रविन्द्रनाथ टैगोरको पढेको कथा ''सुभा" सम्झे । जब नवजात बालिकाको नाम सुभाषिनी राखिएको थियो, कसलाई थाहा थियो कि उनी वाकविहीन, वा सरल रूपमा, लाटी हुनेछन् ? उनका दिदीहरूको नाम सुकेशिनी र सु-हसिनी सुन्दर कपाल भएको र राम्रो मुस्कान भएको हो, जो नाउँ अनुरुप ठ्याक्कै मिलेको थियो । ती नामहरूसँग ताल मिलाउनको लागि, उनको नाम सु-भाषिनी राखियो यानि राम्रो बोल्न सक्ने । अब सबैले उनलाई छोटो रूपमा सु-भा भन्थे । बाल्यकालदेखि नै सुभाले आफ्नो जन्म परिवारको लागि श्राप हो भन्ने बुझेकी थिइन् ।

सुभासँग बोल्ने शक्ति थिएन, तर उनका दुईवटा ठूला, कालो आँखाहरू थिए जसमा लामो पहरा र ओठहरू थिए जुन भावनाको अलिकति झट्कामा काँप्छन् । अँध्यारो आँखाको आफ्नै अभिव्यक्ति शक्ति हुन्छ ।


उनको बोलीको कमीलाई प्रकृतिले पूर्ति गर्दथ्यो । सुभा तेतरिको रुखमुनि बसेर आफ्ना ठूला-ठूला, लामा आँखाले संसारलाई हेरिरहन्थिन् । प्रकृति र सुभा एक अर्काको मूक संगतमा एक्लै हुनेछन् । सुभाका आफ्नै केही साथी नभएको होइन । त्यहाँ दुईवटा गाईहरू सर्वशी र पांगुली थिए जसले उनको पाइला चिन्थे । त्यहाँ एउटा बाख्रा र बिरालाको बच्चा पनि थियो, जसलाई उनले पालेकी थिइन् । त्यसपछि त्यहाँ एक उच्च श्रेणीको प्राणी थियो - प्रताप - गोसाइहरूको परिवारको कान्छो । उनको मुख्य काम माछा मार्ने थियो । माछा मार्ने रड लिएर पानीको छेउमा बसेर धेरै समय बिताउन सकिन्छ । तर माछा मार्ने व्यक्तिको लागि, एक मौन साथी सबैभन्दा राम्रो हो । 


त्यस्तो अचम्मको कुरा केही भएन, र सुभा बिस्तारै केटीभन्दा फरक युवती बनिन् । उसले आफ्नो शरीरमा जवानीको लहर आएको महसुस गरिन् । जब पूर्णिमा पर्थ्यो, उनी प्रायः आफ्नो कोठाको ढोका खोलेर डराएर बाहिर निस्किन थिन । अघिको जुनेली रात चुपचाप फैलिएको थियो र सुभा चुपचाप उभिएर हेरिरहेको, मेरो मृतिका -उत्कृणमा कैद भए जस्तो ।


चराचर सबै को क्षय पछि बाँकि रहने भनेको माटो हो । जब तत्वले माटो बन्ने आफ्नो प्रकृतिलाई नकार्छ तब समस्या सृजना  हुन्छ। अवशेष न छोडि बिलय भएकोले इतिहासमा ठाउँ नपाएका समाजको पहिचानलाई शायद हामीले आज स्विकार्न आवश्यक होला । 


गुलाम रसूल नयन ले आफ्नो भावना व्यक्त गर्दै यो दिन हाम्रो जीवनमा अविस्मरणीय रहने बताए, किनभने म जीवनमा पहिलो पटक माटोको भाँडा बनाउँदैछु । म यस माध्यमबाट आफ्नो विचार व्यक्त गर्न पाउँदा खुसी छु । कार्यशालामा बंगलादेशी कलाकार गुलाम रसूल नयन, एम आर दिदार, कृष्ण दे चटोपाध्याय, एस एम मिजानुर रहमान, तन्जिला सिद्दिकी सहित फोटो ग्राफर के एम जहागीर आलम र संयोजक तैयाबुज्जामान टोपु सहभागी थिए । सबैले आ- आफ्नो कलाकृतिको साथ एक तस्वीर खिचे र प्रवृत्ति कायम राख्न रेकर्ड गरे । बिहान १० बजे उद्घाटन गरी दिउँसो २ बजेसम्म चलेको कार्यशालाको अन्त्यमा सबैले दिउँसोको खाना खाई सकेपछि पुन: सामुहिक तस्बिर खिचे । नेपाली टोलीमा सहभागी फोटो ग्राफर विकाश रौनियारको कमि महसुस भै रह्यो किनकि बिशेष कामले उहाँ कोलकाता हिडि सक्नु भएको थियोे । कलाकार टोफु खान र पंक्तिकार एससी सुमन आ- आफ्नो कलाकृति सँग साटासाट गरे । अन्तमा  कलाकार टोफु खानले बर्न्ट क्ले स्टुडियो र शिल्प चर्चा ग्यालरीबाट माटोको कार्यशालामा सहभागी हुने सबैलाई धन्यवाद दिनुभयो ।


चैत १८ गते २०७९ शनिबार, तदनुसार 1st April 2023 मा सौर्य दैनिक /  www.souryonline.com मा प्रकाशित 

artistsuman.scd@gmail.com










 


Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन