वट–सावित्री : प्रकृति पूजा र पर्यावरण संरक्षण एससी सुमन

सृष्टिकर्ता यदा ब्रह्मा न लभे सृष्टि साधनमतदाक्षयवटं, चैनं पूज्या मासकामदम ।’ अर्थात् सृष्टि रचनाको प्रारम्भमा जब ब्रह्माजीलाई यथेष्ट परिमाणमा उचित सामग्री उपलब्ध नहुँदा उहाँले विष्णुजीको उपस्थितिमा वट वृक्षको पूजा–आरधना गरेर परमेश्वरको उचित सहायता प्राप्त गरी आफ्नो मनोरथ पूरा गरे । स्कन्द पुराण तथा भविष्योत्तर पुराणको अनुसार वट वृक्षमा देवताको बास हुने भएकाले यसलाई देव वृक्ष पनि भनिएको छ । यसैगरी, मिथिलामा वट वृक्ष पूजन गरी यसको परिक्रमा गर्ने प्रचलन प्रथाको रूपमा भएको देखिन्छ । धार्मिक किंवदन्ती तथा पौराणिक लोक मान्यता अनुसार वरको रुखमा ब्रह्मा, बिष्णु र महादेवको बास हुने गर्छ । यसको मूलमा भगवान ब्रह्मा, मध्यमा जनार्दन विष्णु तथा अग्रभागमा देवाधिदेव महादेव बास गर्छन भन्ने मान्यता रहिआएको छ । ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवान्को प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाले नयाँ पहिरनमा जेठ औँसीको दिन सामूहिक रुपमा यो पर्व मनाउने गदर्छन् । कुल बधुहरू वरको गाछीमा परिक्रमा गर्दै चारैतिर धागो बाँधी, तन्मय एकाग्रतासँग सावित्री सत्यवान्को प्रेरक कथा सुन्दै सुनाउ...