लोक लयमा माटोको कथा : एससी सुमन

 


कलाको अद्भूत माध्यम माटो हो । माटो काव्य होइन महाकाव्य हो, जीवन हो । माटोविना एकछिन पनि जीवित रहन सकिँदैन । मानव सभ्यताको विकासमा माटोको उपयोगिताको ठूलो भूमिका छ । कमिलाको घर, चराको गुँड, मुसाको दुलो माटोको जादुई प्यारो दुनियाँ छ । प्रकृतिलाई हेरेर मानिसले पनि आफ्नो घर माटोले बनाए । यतिले पुगेन, माटोले बनेका घर, चित्र बनाई सजाउन थाले । यो नै मूर्ति, शिल्प र भित्ती उत्कीर्ण भए ।

माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माणसँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामीकहाँ विद्यमान छ । सर्वप्रथम भाँडो माटोबाट बने । यो दुनियाँको पहिलो उत्पादन थियो भने दुनियाँको सबैभन्दा पहिलो यन्त्र कुम्हालेको चक्र थियो । दुनियाँको पहिलो कारखाना कुम्हालेको भट्टी भयो । आज दुनियाँको पर्यावरण खतरनाक अवस्थामा आउँदा विकल्प माटो र कुम्हाले नै हुन् । कुम्हाले जाति होइन कर्म हो । चर्मकार जाति होइन कर्म हो । यहाँ कर्म प्रधान हो ।


अनुमान गरिन्छ, कृषि र मृत्तिका शिल्पजस्ता क्रान्तिकारी खोजको श्रेय महिलालाई जान्छ । किनभने कृषिको प्रारम्भिक अवस्थामा आफ्नो आवासक्षेत्र वरिपरि उम्रेका जंगली घाँसपातबाट अन्न निकाल्ने प्रयोगको अगुवाई महिलाले गरे । यसरी खाना पकाउनेक्रममा चुलो बनाउनका लागि गिलो माटो उपयोगमा ल्याइएको हुनुपर्दछ । यसरी आवश्यकतानुसार मृत्तिका शिल्पको बिस्तार भएको हुनुपर्दछ ।

हाम्रो देश कृषिप्रधान देश हुनाले हामीकहाँ गाउँको संख्या धेरै छन् । केही हदसम्म भौगोलिकस्थिति, धार्मिक तथा सामाजिक संस्कार र आर्थिक तथा राजनीतिक कारणले प्रत्येक गाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोभन्दा भिन्न छ । जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोवास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको हस्तशिल्प र कलाकर्ममा पनि विभिन्नता हुने गर्छ । जसलाई किसान संस्कृति भन्न सक्छौँ । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो । खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला हो । हाम्रो मौलिक कला । हाम्रो लोक परम्पराको रूपमा परापूर्वकालदेखि आजसम्म गाउँमा घरको भित्तामा बन्दै आएको छ ।


भित्तामा चित्र कोर्दा भित्ता रहँदैन, काठ, बाँस, खर माटोको संरचना सजीव भइदिन्छ । जहाँ स्पन्दनको अनभूति हुन्छ । चित्र कोरिँदा भित्ता, भित्ता रहँदैन, अभिव्यक्तिको माध्यम हुन जान्छ, जसले संवाद थाल्छ । मलाई भित्ता मन पर्दैन । हुन त विनाभित्ताको घर हुँदैन । लोकजनले बुझ्ने कलाको खास पारिभाषिक अर्थ सौन्दर्यशास्त्रसँग जोडिन्छ । यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग सम्बन्धित हुन्छ । कलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति लोककला कलाकारबाट हँुदै आएको छ । हुन त कलाक्षेत्र यति व्यापक छ कि यसको मापन तथा विवेचन र विश्लेषण सहज ढंगले हुन सक्दैन । कलाको परिभाषाले कलाकार जन्मदैन । कला पहिले सृजित हुन्छ, परिभाषित पछि हुन्छ । त्यतिखेर परिभाषाको कुनै अिर्थ रहँदैन । परिभाषित त्यसले गर्छ, जसले कलालाई शब्दमा सोच्ने गर्छ । चित्र वा शिल्प शब्द मुक्त हुन्छन् । दृश्यको अनुभव हो । जस्तो कि सूर्यले गर्मीको र बादलले बर्षात्को अनुभव गराउँछ


ऐतिहासिक, सांस्कृतिक वैभव र बहुमूल्य परम्परा आज पनि एउटा जीवन्त कलाकृतिको रूपमा हामीसँग छ । यो हाम्रा पूर्वजले हस्तान्तरण गरेको सीप हो, जसमा हामी गर्व गर्छांै । पूर्वदेखि पश्चिमसम्मको तराईको भूभागमा परम्परागत घर निर्माणमा बाँस, खर, गोबर, माटोको प्रमुखता हुने गरेको छ । बाँस, गोबर, माटो सभ्यता, हाम्रो संस्कृति र संस्कारको कथा हो । भित्तिचित्र विभिन्न पर्व–उत्सव तथा अवसरमा बनाइन्छ तर मृत्तिका उत्कीर्णन यस्तो अवसरमा गरिँदैन । किनकि माटोबाट अलंकरण गर्न सजिलो हँुदैन, समय पनि धेरै लाग्ने हुन्छ ।

मुख्यतया माटोको भित्तामा अलंकरण घर बनाउँदा सँगसँगै गरिन्छ र विशेष गरेर वर्षा ऋतु सकेपछि । किनकि बर्षामा खर, बाँस, भित्ताको माटो गलेर जान्छ । अतः प्रतिवर्ष यसलाई मर्मत गर्नुपर्छ । वर्षा सकेपछि वा खेतीपातीबाट फुर्सद भइसकेपछि महिला, पुरुष तथा केटाकेटीले आफ्नो समय यसमा बिताउने गर्छन् । प्रायः आश्विन महिनामा भित्तिचित्र बनाउने धेरै पुरानो चलन हो । वर्षा ऋतुपश्चात् मानिसले भत्केका भित्ता कमिला, बिच्छु, कीराफटयांग्रा, गगँटो आदि सरीसृप जन्तुसँग सुरक्षित हुन गाईको गोबरको प्रयोग गर्न सिके । गोबरमा उभरांकन सुगम हुने हुँदा मलिलो गोरो माटोमा रुपांकरण गर्नको लागि गोबरको मिश्रण थालियो । गोबर, माटोले लिपेको आँगन, भित्ता, रातो, सेतो, खैरो विभिन्न रङको माटोले नै बनाएको संस्कारजन चित्र वा सजावटी लोकचित्रले कुनै न कुनै रूपमा हाम्रो ध्यानाकर्षण गरिरहन्छ ।

मिथिला सभ्यता, संस्कृति, इतिहास र ज्ञान चिन्तनको उद्गमस्थल हो । जहाँ सौर्य, नीति, धर्म, कला, विवेक, मर्यादा, संस्कृति, स्थापत्य, आदिको केन्द्र यहाँ थियो । के धार्मिक, के आध्यात्मिक, के राजनीतिक र कला संस्कृति सबै दृष्टिकोणले यो परापूर्वकालदेखि समुन्नत क्षेत्र हो । प्राचीन आर्यावर्तको मिथिला, मगध, अवध, वैशाली र पाटलीपुत्र आदि राज्यहरू अर्थात् आधुनिक कालमा नेपालको तराई–मधेस, भारतको विहार, झारखण्ड र उत्तरप्रदेशका केही भू–भागमा संस्कृतिको रूपमा रहेको छ । मध्य–तराईदेखि सुरु भई पूर्वीतराईको भू–भागमा विकसित भएको पाइन्छ । विशेषतः कोसी नदीको वारिपारि थारू समुदायका घरका भित्ताको उद्भृत कलाको लोकको विस्तृत स्वरूप देखिन्छ । यो थारू समुदाय तथा यो क्षेत्रको मात्र नभई हामी सम्पूर्णको कला विशिष्टता हो ।


निम्न उद्भृत ‘कुटीर सज्जा’ हो जसले तपाईंको घरलाई मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ । जुन घरधनी वा कलाकारको शिल्प र शैलीसँग सम्बन्धित हुन्छ । उद्भृत भित्ताको अगाडिको भाग डिजाइन गर्ने शैली हो । उद्भृतको वास्तुतत्वको प्राचीन इतिहास छ । यो भारत, फारस, मिश्र, अमेरिकामा प्रयोग गरिएको छ । धेरैजसो प्राचीन रोम र ग्रिसका धार्मिक भवन मन्दिरको साजसज्जाको लागि प्रयोग गरिएको पाइन्छ । आधुनिक डिजाइनमा पनि आफ्नो मौलिकता र प्रासंगिकता बनाइराख्यो । धेरैजसो आज यो सजावटी मोल्डिङ वा पैनलको रूपमा व्यापक प्रयोग हुँदैछ । हाम्रो जीवन्त लोक परम्परामा घर बाहिरको भित्तामा सतही मूर्तिको रूपमा र घरभित्र ‘चक्का’ ‘तक्खा’ फर्निचरको रूपमा, मोखा सजावटी अलंकरण यद्यपि विद्यमान रहेको छ । चक्काको कलात्मक स्वरूप कलाकारको आवश्यकता र उपयोगिता अनुरूप हुने गर्छ । यसमा उपयोग हुने खर, बाँस, डोरी, माटोजस्ता निर्माण सामग्री स्थानीय रूपमै सजिलै उपलब्ध हुन्छ ।


यो निर्माण विधि अत्यन्त सहज र सरल छ । धेरैजसो भित्ता लिप्नेबेलामा नै गिलो माटोको प्रयोग गरिन्छ र यो काम महिलाले बढी गरेको पाइन्छ । भित्ता सुकेको छ भने पानीले भिजाई गिलो माटोले सतहलाई चिल्लो बनाइन्छ । भित्ताको सतहमा तहतहमा काम गरिन्छ । सामान्यतया पहिलो तहमा माटोमा गोबर, धानको भुस, परालको ढुटो मुछि बाँसले बनेको टाटीमा लेपन गरिन्छ । गोबरको मात्राले भित्तालाई कडापन प्रदान गर्छ र मजबुत बनाउँछ, तसर्थ गोबरको मात्रा प्रमुख हुने गर्दछ । पहिलो तहको लेपन गरिसकेपछि एक÷दुई दिन सुकाउनु पर्दछ । त्यसपछि आलंकनको काम थालिन्छ । दोसो चरणमा माटोमा गोबर भुसको मात्रा फरक हुन जान्छ । पूर्वीतराईमा माटो मुछ्दा जुटको मसिनो टुक्रा र कपासको प्रयोग गरिन्छ । जसले गर्दा अलंकरणमा चिल्लोपन ल्याउँछ र आकृतिको रूपाकार बनाउँदा सहजता प्रदान गर्छ । यो अलंकरण भित्ताको सतहबाट माथि उठेको भाग हुने गर्दछ । अलंकरणको विषयवस्तु निश्चित हुँदैन । किनकी यो विशेष अवसर वा उत्सवको लागि गरिँदैन, जस्तो भित्तिचित्र बनाउँदा देखापर्छ । यसको उद्देश्य आफ्नो घर तथा परिवेशलाई सुन्दर बनाउनु हो ।


तराईंमा बसोवास गर्ने प्रत्येक जाति समुदायको आफ्नो बानीव्यहोरा, आवश्यकता, संस्कृति, संस्कार अनुरूपको गृहनिर्माणको वास्तुशिल्प भिन्दाभिन्दै छन् । जसको चर्चा, बहस र अनुसन्धान हुन बाँकी नै छ । चौकोर आकारमा चारैतिर प्रयोजन अनुसारको घर गोसाँइघर, भान्साघर, भण्डारघर, सुत्नेकोठा यथास्थान हुने गरेको पाइन्छ । चारैतिर घरले घेरिएको बीच भागमा आँगन, आँगनको बीचमा मरबा, तुलसी चौरा यसरी नै दलान–दरवज्जा, असोरा, देहैर, धुरखुर, कोन्टा, गोठुल्ला, दुमुहा, मोख, खिरकी, झरोखाजस्ता निर्माण शैली विद्यमान छन् । यिनै संरचनालाई सजाउन मृत्तिका उत्कीर्णन कलाको उपयोग हुँदै आएको छ । आँगन र घरभित्रको प्रवेशद्वार तथा झ्यालको वरिपरी बनाइने मृत्तिका उत्कीर्णन र चित्र शैलीलाई मोखाकला भन्ने गरिन्छ । मृत्तिका उत्कीर्णनको विषयवस्तु निश्चित हुँदैन । भित्ताको तल्लो भागमा बनाइने अलंकरणलाई किनारी, कोर, तथा पाइढ, वोडर भनिन्छ । यसरी घरको भित्री तथा बाहिरी भागमा बोडरले निरन्तरता पाएको हुन्छ । सामान्यतया यसमा पशुपन्छी, फूलपात, ज्यामितस्य मोटिभबाट बनाएको पाइन्छ । आफूसँग भएको पाल्तु पशुपन्छीमा हाँस, परेवा, कुखरा, सुगा, मैना, ढुकुर, मयुरजस्ता आकृति बनाइन्छ । पशुमा हात्ती, घोडा, गाई यदाकदा लहरै उँटको आकृति पनि बनाइन्छ । पशुमा हात्ती सर्वाधिक लोकप्रिय विषय हो । हात्ती मांगलिक तथा समृद्धिको प्रतीक हो । मैथिली क्षेत्रमा सम्मुख हात्ती, घोडा, मयुर, माछाजस्ता आकृतिको बाहुल्यता पाइन्छ । कमलको फूल, फूलपातको लहरा, सूर्यसँगै मानवा आकृतिमा आफ्नो दैनिकी, कृषि कार्य गरेको आकृति बनाइन्छ ।




तर कुखुराको आकृति अलंकरण गरिँदै । थारू समुदायमा मानवाकृति नगन्य देखिन्छ भने हाँस, परेवा, सुगा, मैना, ढुकुर, मयुरसँगसँगै कुखुराको आकृति पनि बनाइन्छ । यसरी एकै गाउँमा बसोबास गर्ने मुस्लिम समुदायको घरका मोटिभ भिन्न हुने गर्दछ । जसको मुख्य कारण इस्लाममा कुनै पनि आकृतिको नक्कल गर्न मनाही छ । जसले गर्दा आकृतिमूलक विषय बनाइँदैन । हुनत आजको बदलिँदो परिवेशमा देश विदेशमा ठूलो संख्यामा मुस्लिम कलाकारले आकृतिमूलक कलाकृति निर्माण गरिरहेका छन् । अतः उनीहरूको अलंकरणमा जुन, तारा, मस्जिदका मीनार, गुम्वजको आकृति बनाइन्छ । यस्ता आकृतिभित्र ऐनाको सानो–सानो टुक्रा, रंगीन सिसा, काँचको चुराको टुक्राले साज–सज्जा गरिन्छ । जसका कारण सजिलै बुझन सकिन्छ कि यो मुस्लिम समुदायको घर भनेर हो । पछिल्लो समय मृत्तिका उत्कीर्णनमा सिसा÷ऐनाको शिल्पको प्रयोग लोप हुने अवस्थामा छ ।

संथाललगायत अन्य जातमा चराको चरित्र, बनावट तथा रूपाकार र विषय संथालहरूको भन्दा भिन्न हुन्छ । यस्ता चित्राकृतिमा चरित्रलाई ठोस तथा रैखिक गुणलाई सन्तुलित रुपमा सामञ्जस्यपूर्ण तरिकाले अंकित गरिन्छ । यसको बनावट हेर्दा वास्तविक बनावटभन्दा धेरै भिन्न हुने गर्छ । यसका रूपाकारको उपस्थापनमा वास्तविक, सरल प्रकृति, सहजता प्रतिभा तथा आवेगको भाव स्वतःस्फूर्त रूपले विकसित भएको पाइन्छ । यसभित्र रहेको सौन्दर्यबोधको उदाहरण हो । आफ्नो वरिपरि पाइने विभिन्न थरीका फूलपातको चरम सरलीकृत आकारलाई रङको माध्यमले गतिशीलता प्रदान गर्छ । इसाई मिसनरीको प्रभाव यहाँको अलंकरणमा परेको पाइन्छ । इसाई धर्मावलम्बीको घरका भित्तामा प्रतीकचिन्ह ‘क्रस’ लाई पनि उपस्थापित गरेका हुन्छ्न, जो सर्वाधिक तराईको पूर्वीजिल्ला झापामा अर्थात् मेची नदीको वारिपारि देखिन्छ । जहाँ सन्थाल जातीको घना बसोबास छ ।


प्रायः सबै समुदायको घरमा पाइने अलंकरणमा सबैभन्दा धेरै ज्यामितीय आकृति नै पाइन्छ । तथापि यसमा प्रयुक्त मोटिभको अध्ययन गर्दा, हामी पाउँछौँ आकृति स्थानीय बोट बिरुवासँग मिल्दोजुल्दो हुन्छ । प्रायः ज्यामितिक रूपाकार प्रकृतिको रूपाकारको रूपान्तरित रूप हुन्छ । फूलपातको यो मोटिभ यहाँको सुजनी तथा रुमालको कोर यानी बोर्डर, थारू महिलाले लगाउने अचरामा गरिएको कसिदाकारीको नमुना पनि भेटिन्छ ।

मृत्तिका उत्कीर्णन अलंकरणमा रङ गर्ने प्रचलन पनि रहेको छ । चहकिलो रंगीचंगी रङको प्रयोग थारू र सन्थाल समुदायमा रहेको पाइन्छ । नीलो, पहेँलो, रातो र हरियो यिनको प्रिय हुन् । मिथिलाञ्चलमा प्रायः गोरो चिकनी माटोले लेबी–छ्छारी तयार पारिएको पृष्ठभूमिमा सेतो चुन र रामरस गेरु माटो रङको प्रयोग गरिन्छ । यो सँगसँगै नजिकको नदी भिरबाट उत्खनन गरी ल्याइएको विभिन्न रङको माटो संकलन गरी राखिएको हुन्छ । अर्थात् यहाँ खनिज रङको प्रयोग हुने गर्दछ । थारू, सन्थालको घरमा विभिन्न रङको माटो सँगसँगै बजारमा पाइने टीका रङको प्रगोग गरिन्छ । कुनै समयमा मिथिला चित्रकलामा प्रयोग हुने खनिज रङसँगै बनस्पति रङको पनि प्रयोग हुने गथ्र्याे । आजकल खनिज रङबाहेक कलाकार बजारु रङमा निर्भर हुने गर्दछन् ।


संथालको घरमा अलंकरणमा रंगाउँदा टेक्सचरको प्रयोग पनि गरिन्छ जो अरू समुदायमा देखिन्न । चराचुरुंगी तथा फूलपातमा रङ भर्दा पहिलो तहको रङ भरिसकेपछि माथिबाट पुनः अर्को रंगले बुट्टा भरिन्छ । जसले गर्दा अलंकरणमा टेक्सचर देखिन्छ । हाम्रो जीवन पनि माटोको थुप्रो हो, यसलाई त्यत्तिकै राख्यो भने कुनै आकार आउँदैन र महत्व पनि बढ्दैन । चलाउँदै गयो, आकार दिँदै गयो भने सोचेजस्तो वा गरेजस्तो आकार आउँछ र महत्व पनि बढ्छ । यसले बौद्धिक विकास मात्रै हुँदैन, एकाग्रता बढाउँछ । धैर्यवान् हुन न सिकाउँछ ।


तराईको फाँटमा देखिने घना रुख, रूखमा आफ्नै लयमा गाइरहेका चराचुरुंगी, रूख सँगैको मन्दिर, झकिझकाउ कलश, ढक्की भरी फल र झिझिया नृत्यमा मग्न मौलिक पहिरनमा सजिएका महिला टाउकोमा स–साना प्वाल भएका घैंलालाई बोकेर आफ्नै लोकलयमा नाचिरहेजका छन् । यो मैथिल समाजको परम्परागत लोकनृत्य ‘झिझिया’ को दृश्य हो । मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा लगायतका जिल्लामा मैथिल समाजमा ‘झिझिया’ नृत्यको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व रहिआएको छ । यिनै दृश्यलाई यतिबेला बौद्धस्थित तारागाउँ संग्रहालयको एउटा भित्तामा उतार्न व्यस्त छन मिथिला कलाकार । जनकपुरबाट काठमाडौं आएका कलाकार मञ्जुला ठाकुर, मधुमाला मण्डल, सुधिरा कर्ण र रेवती मण्डलले भुस मुछेको माटोले झिझिया नृत्यको दृश्यलाईक भित्तामा आकृति दिँदैछन् । आज यसको व्यापक चर्चा र बहस हुँदैछ । कलाकारले मृत्तिका उत्कीर्णनका लागि माटो तथा भुससमेत जनकपुरबाट नै ल्याएका हुन् । आउँदो फेब्रअरीमा काठमाडौंमा सुरु हुन लागेको ‘काठमाडौं ट्रेनाले’ कला महोत्सवका लागि उनीहरूले परम्परागत लोकनृत्यलाई मृत्तिका उत्कीर्णनको विषय बनाई कला संग्रहालयको भित्तामा उतारेका हुन् ।

मनुष्य जीवनको यथार्थसँग माटोको सन्दर्भ लिई सन्त कवीर भन्छन्–

‘माटी कहे कुम्हार से,तु क्या रौंदे मोय ।

एक दिन ऐसा आएगा, मैं रौंदूंगी तोय ।’

समय सबैभन्दा बलवान् हुन्छ र समयको गतिबाट परिणाम निश्चित हुन्छ । माटोले कुम्हालेसँग भन्छ, तिमी मलाई किन यति विधि मलेर मुछेका छौ ? एकदिन यस्तो आउँछ, जब तिम्रो विनाश भएर जान्छ र तिमी पनि माटोमा मिलेर जानेछौ ।

artistsuman.scd@gamail.com

२०७८ मंसिर १६  गते, 2 डिसेम्बर  2021सौर्य दैनिक र souryaonline.com मा प्रकाशित ।




Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Bridging Nature and Tradition: The Art of SC Suman In a world increasingly defined by rapid urbanization and cultural fragmentation, the work of contemporary artist Suman stands as a vivid reminder of the delicate balance between humanity, nature, and heritage. Through his evocative paintings, Suman explores the interconnected themes of environmental awareness and cultural coexistence, creating art that is as thought-provoking as it is visually compelling. Thematic Foundations : At the heart of Suman’s art lies a profound respect for both the natural world and the diverse cultures that inhabit it. His paintings are not merely aesthetic expressions but narratives—each canvas telling a story about how people and the environment can thrive together. Using symbolic imagery, earthy palettes, and intricate detailing, Suman often blends landscapes with elements of traditional life, suggesting a harmony that modern society risks losing. Environmental Sensibility : Artist Suman’s environmental themes are deeply reflective, often portraying lush forests, rivers, and wildlife alongside scenes of human life. Unlike romanticized nature paintings, his works frequently depict the consequences of environmental neglect—deforested land, polluted waters, and displaced communities. Yet, his tone remains hopeful. By incorporating native flora and fauna, and showing sustainable lifestyles, Suman invites viewers to imagine a more balanced future. Celebrating Cultural Diversity : Equally central to his work is the celebration of cultural diversity. Suman paints people in traditional attire, engaged in rituals, festivals, and everyday life, surrounded by their natural surroundings. These works act as visual archives of indigenous wisdom and sustainable practices. He believes that preserving cultural identity is not in conflict with ecological conservation—in fact, they often reinforce one another. Technique and Expression : Suman’s use of color and form reinforces his message. He blends folk-art styles with contemporary techniques, creating a fusion that reflects the coexistence he champions. Organic textures, repetitive patterns, and a nuanced use of light evoke a sense of continuity between the old and the new, the natural and the human-made. A Call for Harmony : In exhibitions and community projects, Scsuman emphasizes art as a tool for dialogue. His paintings are displayed not only in galleries but also in public spaces and educational settings, aiming to spark conversations about sustainability and cultural empathy. By engaging local communities in workshops, he extends his artistic vision beyond the canvas into the real world. Conclusion : Suman’s art is more than a visual treat—it is a call to action. His unique synthesis of environmental concern and cultural reverence challenges us to rethink our relationship with the planet and with each other. In an age where division and destruction often dominate the narrative, Suman offers a powerful alternative: a vision of coexistence, painted in the rich hues of hope, heritage, and harmony.