लिखिया समाज र समयको तस्बिर : एससी सुमन

 लिखिया समाज र समयको तस्बिर..

एससी सुमन


घरको भित्तामा अर्थपूर्ण र सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घरलाई सजाउने परम्पराबाट सुरु भएको "लिखिय" जो मिथिला चित्रकला भनी सर्बाधिक चिनिन्छ। भुमी चित्र र भिती चित्र परम्परा अहिले घरको भित्ताबाट क्यानभास, कागज तथा कपडामा परिणत भै पट चित्रमा सिमित हुन थालेका छन् ।

मिथिला क्षेत्रमा बस्ने सबै जातजातिका मानिसले विभिन्न चाडपर्वमा आफ्नो घरमा प्राकृतिक रंगबाट विभिन्न किसिमका चित्र बनाउँथे । मिथिलामा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रुपमा माटोका घरका आगनमा अरिपन चामलको पिठो र सिन्दुरबाट बनाउने प्रचलन तथा भित्तामा देवी देवता, चरा चुरगी, मानिस, बोट बिरुवा,फल फूल, जनावर लगायतका रुपाकार विभिन्न रातो, पहेंलो, हरियो, निलो, सुन्तला जस्ता उज्यालो रग को प्रयोग गरि रगाउने चलन रहिआएको छ। सयौँ वर्ष अघिदेखि मिथिलामा लिखियाको परम्परा निरन्तर चल्दै आएको छ । यो परम्परा हजुर आमा, आमा बाट छोरि बुहरी सम्म पुस्ता दर पुस्ता हस्तान्तरण हुदै आएकोले, लिखियालाई  जिबन्त परम्परा भन्ने गरिन्छ।


 त्रेत्ता युगमा रजा जनकको मिथिलाका सिमाना नेपाल र बिहारमा पर्थियो, जसको  राजधानी  जनकपुर  थियो। छोरी सिताको विवाहमा नगर सिगार्ने क्रममा कचनी र भरनी को प्रयोग गरि भित्ता लेखियो। त्यसलाई लिखिया भनियो। आज बिहारमा बनाईने यो कलालाई मधुबनी चित्र कला भन्निन्छ,भन्ने नेपालमा मिथिला कला। मिथिला कलामा बाक्लो तस्बिर हुन्छ भने मधुवनी आर्टमा पातलो हुन्छ । मिथिला आर्ट पनि दुई प्रकार हुन्छन, कचनी र भरनि। भरनिमा साजसजावट बढी हुन्छ भने कचनीमा बढी कालो रंगको प्रयोग हुन्छ । 


मिथिला आर्टको आधुनिकी करणसँग दुइटा पहलकदमी जोडिएका छन् । पहिलो, भारतसँग जोडिएको छ। सन् १९३४ को महाभूकम्पले नेपालसँगै भारतको बिहार क्षेत्रमा क्षति पु-र्यो । महाभुकम्प पछि लिखिया कलाको परिचय तेस्रो विश्व सग भयो। आजको आधुनिक मिथिला दुईभाग मा बिभत्तभै आधा क्षेत्र नेपालमा छ, भने आधा भारतमा रहेको छ।  महाभुकम्प पछि लिखिया कलाको परिचय तेस्रो विश्व सग भयो। आजको आधुनिक मिथिला दुईभाग मा विभत्तभै आधा क्षेत्र नेपालमा छ, भने आधा भारतमा रहेको छ। आज लिखिया नेपालमा मिथिला आर्ट भन्नी चिनिन्छ।भने भारतिय क्षेत्रमा मधुवनी। यो छेत्रमा  सन् १९६० मा परेको अनिकलको समस्याबाट बाहिर निस्कन भारतले मिथिला क्षेत्रका माटोको घरमा बनाइने चित्रलाई, महिलाको आयवृद्धि गर्ने उद्देश्यले मिथिला आर्टलाई काजगमा उतार्न सघायो । 


 नेपालको मौलिक कला मिथिला आर्ट समय सँगै क्यानभासमा उतारिन थालेको छ। घरको भित्तामा पेन्टिङ गर्ने परम्पराबाट विकास भएको मिथिला आर्ट एउटा जीवन्त परम्परा हो । यसले नेपालको हरेक नयाँ आयाममा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

पहिले मिथिला क्षेत्रमा माटोको घर हुन्थ्यो । त्यसको भित्तामा लिखिया लेखि सजाइन थियो। त्यस्तै आँगन गोबर र माटोले लिपपोत गरेपछि चामलको पिठोले अरिपन बनाइ रातो सिन्दुरको ठोप दिई सजाइन थियो। अझ चाडपर्व र पूजाआजा तथा सामाजिक सस्कारमा यसको अनिवार्यता रहिआएको छ। तर आज भित्तेचित्रको चलन क्रमिक रुपमा कम हुदै छिट फुट रुपमा रहे पनि यस्तै रहेभने लोप हुने अवस्थामा पुगन धेरै समय कुर्नु पर्दैन। भुमिचित्र अरिपन भने अहिले पनि हरेक मैथिल घरमा पुजा आजा, तथा चाडपर्वमा अनिवार्य रुपमा देख्न सकिन्छ। समय परिवर्तित छ। अहिले माटोका घरहरू क्रमशः कम हुँदै गएका छन्। प्रत्येक बर्ष मिथिलान्चल बाढिको प्रकोप झेल्दै आएकोले, विस्तारै पक्की सिमेन्टका घरहरू बन्ने क्रम बढ्दो छ। पक्का घर समृधिका प्रतीक भएकोले यस्ता घर बन्ने क्रम बढदो छ। माटोको घरमा गरिने लिखिया परम्परा समाजिक प्रतिस्ठा को रुपमा स्थापित सिमेन्टका घरमा ठाउँ लिन सकेन। सिमेन्ट को भित्तामा पेन्टिङ गर्न सम्भव भये पनि आज को यान्त्रिक युगमा महत्वहिन हुन पुगे। तसर्थ भित्ति चित्रको चलन विस्तारै हराउँदै गएको छ। तर खुसीको कुरा यसलाई क्यानभास र कपडामा उतारेर जोगाइएको छ। लिखियाको  स्वरुपमा मात्रै परिवर्तन गरेन यसलाई व्यावसायिकता तर्फ पनि डोर्याउने काम पनि भएको  छ।  यसले विस्तारै लिखिया वा मिथिला कलाबारे तेस्रो मुलुकका नागरिकले पनि थाहा पाये पश्चात् , माग बडथालेको छ। कुनै समयमा मिथिला कला को ग्राहक मात्र बिदेशी हुने ठाउँमा क्यानभास, कपडामा कोरिन थालेसँगै यसको माग विदेशी बजारमा हुन थालेको हो। मैथिल समुदायको यो कलात्मक चित्रकलालाई कलाकारहरूले क्यानभास तथा कपडामा उतारेर पट चित्रय परम्परालाई अगाडी बढाइ रखेका छन्। मिथिलाको सौर्न्दर्य हेरि विदेशी पर्यटकहरुको आकर्षक बढदै गयो, लिखियाबाट  यस छेत्रको आय स्रोत पनि बढ्न थाले पछि विस्तारै मिथिलावासीले घरमा बनाउँदै आएको कला कागजमा उतारेर व्यावसायिक करण हुँदै गयो। अहिले मिथिलाले लिखियालाई जीविकोपार्जनका रूपमा लिइन्छ, किनकी लिखियाले मैथिल महिला समुदायमा उल्लेख्य रुपमा धेरै रोजगार दियेको छ। 



विस्तारै यसले नेपाली बजार पनि ओगटिरहेको छ। कला अनुरगी, कला पारखी, संग्रहकर्ताहरुलाई आकर्षित गर्ने गरेको छ। दशकौ देखि मिथिला संस्कृतिलाई पेन्टिङमार्फत जोगाउन र यसको आयाम अझै फराकिलो बनाउन कलाकारहरु जुटेका छ्न। कलाकारहरूको अथक परिश्रम नेपाली लोक कलालाई  समृध बनायेको छ। लोक कलामा महिला सहभागिताको बाहुल्यता ले, महिला  समुदायलाई स्वाबलम्बी बनायेको छ। लिखियाको आकर्षण र बढदो लोकप्रियताले अहिले मिथिला पेन्टिङका ग्राहक नेपालीहरू पनि भएका छ्न। परम्पराका रुपमा रहेको यो कला व्यवसायीक रुपले बढे सँगै रोजगारीको सिर्जना भएको छ। यसले थुप्रै रहरले र परम्परालाई अघि बढाउनुपर्छ भन्ने सोचले पेन्टिङ गरिरहेका कलाकारलाई आफ्नै रहरको पेशालाई रोजगारीमा परिर्वतन गर्ने मौका दिएको छ।

सन् १९८९ तिर मात्र जनकपुर छेत्रमा पुगेको अमेरिकी टोलीको सत्प्रयासले मिथिला आर्टलाई व्यवसायिक बनाउन सघायो । त्यसपछिको समयबाट सक्रिय रुपमा पेन्टिङ गर्न थालियो। सन् १९९० बाट नेपालमा मिथिला कलाको व्यवसायी करण भएको हो। माध्यम परिवर्नतले कुनै एक समुदायको संस्कृतिका रुपमा मात्रै रहेको लुकेको कला र कलाकारले विश्व बजारमा आफ्नो संस्कृति र आफ्नो सीपलाई प्रस्तुत गर्ने मौका पाएका छन । पहिले घरको भित्ता मात्रै सजाउने महिलाहरूलाई यहि सृजना क्यानभासमा उतार्ने मौका मिलेसँगै उनीहरूलाई स्वावलम्बनतिर डोर्याको छ। घरको आगनमा सजिएको अरिपन, रगियेका भित्ता, हातमा गोदियेको गोदना, मिथिला आर्टमा कल्चरल, रामायण, राधाकृष्ण, कोहोबर लगायतका विभिन्न थिममा आर्ट बनाउने गरिएको छ । लिखियाको बिविध आकर्षक रुप सगालि विकसित भएको मिथिला आर्टमा आधा अनुहारको बहुल्यता  देखिए पनि यसले समय र समाजको पूर्ण तस्बिर उतार्ने गरेको छ। पहिले भगवानका आकृति, विवाहमा महिला पुरुषजस्ता विषय मात्रै अटाइन्थ्यो भने अहिले आएर सामाजिक, राजनितिक र समसामयिक विषय पनि मिथिल पेन्टिङमा देखिन थालेको छ । पहिले भित्तामा चित्र कोर्दा त्यो त्यही घर र समुदायका मानिसमा मात्रै सीमित हुन्थ्यो तर अहिलेको दोस्रो दृष्टिकोण कलाको स्वतन्त्र सत्ताको आफ्नो आधारशीला मान्छ । यस मत लाई मान्नले सर्जकको व्यक्तित्वबाट अगल गरेर रुप विन्यास र शिल्प भाषामा कलाको सिद्धान्तको निरुपण गर्छ । यीनको मान्यता “कला, कला को लागि” । यो कलाकृतिका बुझ्नको लागि अथवा कला सृजनाको लागि जीवनको व्यक्तिगत अथावा सामाजिक–संस्पर्शको अनावश्यक मान्छन् । तसर्थ यस विचारको परिरणिती अनुरुप व्यक्तिगत अभिरुचि, चिन्तन र रुप योजनामा हुन्छ ।


 मिथिला आर्टका केही फरक अभिव्यक्तिले फरक अनुभुति दिन्छ। समृध सस्कृती तर्फ इङित गर्छ। मिथिला क्षेत्रमा महिलाले पूरै टाउको खाली राख्दैनन् । शिरमा घुंघट राखी, ठूलो आखा, कालो लामो कपाल, खेस्रा नगरियेको रुपाकार, सरल तथा बक्र रेखा को ब्यापकताले विश्व कला माझ यसले छुट्टै सस्थान बनाएको छ। भित्ताबाट क्यानभास र कपडामा मिथिला चित्रकला फैलिन थालेको पाटोलाई उपलब्धि मान्न सकिन्छ । आधुनिकीकरण र व्यावसायिकता हाबी हुँदै गएसँगै यसको मौलिकता हराउने हो कि भन्ने डर पनि कहीं कतै महसुस हुन थालेको छ।आजको युगमा मात्र सुविधा र समयाअभावको कारण नयाँ पुस्ता यो युगको वैज्ञानिक रितीबाट बने रङ (आधुनिक रङ) को व्यवहारमा ल्याउन लागे र आज चित्रको व्यापक मागसँगै आधुनिक रङको व्यापक प्रयोगले प्राकृतिक रङको प्रयोग प्रायः लुप्त भई सकेको छ। पूर्ण वर्णित चित्र विवरणबाट स्पष्ट हुन्छ की यो अरिपन रुपी रेखाचित्र तथा रङविरङ भित्तिचित्र शास्त्रीय तत्वको आधारमा बनेका हुन्छन्। जसमा प्राचीन मैथिली संस्कृतिको सम्बन्ध वैज्ञानिक स्तरमा आधारित शास्त्रीय तत्वको रुप हो ।मिथिलामा आज पनि पुराण, रामायण तथा महाभारत महाकाव्यमा वर्णित त्यो समयको प्राचीन स्थान तथा मुनीको आश्रम स्थित छ, जसको पूर्ण विवरण मिथिलाको इतिहास अध्ययनबाट थाहा हुन्छ। मिथिला संस्कृति सदैव श्रीजानकी उनको अर्को नाम ‘मैथिली‘ पनि भनिन्छ उहाँको आदर्श मान्दै आएका छन्। तसर्थ यो स्वयमसिद्ध छ ।

artistsuman.scd@gmail.com


Comments

  1. नयाँ पिढीका चित्रकारहरुले अन्य शैलीका चित्रहरु कोरी मिथिला चित्रकला जस्तै कचनी भरनीका साथै द्वितीय रङ्ग्को प्रयोग गरि मोडर्न मिथिला चित्र हो भनी नमाकरण गरिराखेका छन यसले मैलिकतामा असर पारिराखेकाछन,यसको लागि दर्शन अध्ययन पनि जरुरी रहेको देखिन्छ।जुन मेरो बुझाइ हो।

    ReplyDelete
    Replies
    1. धन्यवाद सर, शुभाषिश, सल्लाह तथा सुझाव के आकांक्षी ।

      Delete

Post a Comment

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन