पान, मखान र अरिपन : एससी सुमन

विजया दशमीको पाचैं दिन पुर्णिामाको रात आकाशमा पुर्ण चन्द्र, अरिपनले भरी- भराउ मिथिलाको आंगन । दशैं र कोजाग्रात पुर्णिामाको विशिष्टता पर्व प्रदेशको रुपमा प्रसिध्द मिथिलामा आ- आफ्नो स्थान र सम्मान दिइएको छ । आश्विन शुक्ल प्रतिपदा घट्स्थापना देखि नवमी सम्मको नौ दिनलाई नवरात्राको रुपमा दुर्गा भवानीको विभिन्न रुपलाइ पुजा आराधना गरिन्छ । तराई मधेसमा के शहर, के गाउँ, ठाउँ-ठाउँमा माटोले कलात्मक देवी प्रतिमा बनाइ रङ्ग-रोङ्गन, सिगार-पटार गरि पुजा-आजा गरिन्छ । विजया दशमीको दिन, शक्ति पिठ र घर-घरमा स्थापित गरियएको जयन्ती (जमरा) बिसर्जन गरि व्राम्हण, गुरुजन, जेष्ठजनको आशिर्वाद लिइ नीलकण्ठ (चरा) को दर्शन गरिन्छ। दशमीको दिनलाई 'जतरा' भनिन्छ। जतरा भनेको शुभसाइत हो । बर्ष सबैको राम्रो बितोस, सुख, शान्ती,समृधि होस भनि आशिष दिएन्छ । देश भरि विजया दशमीको दिन देखि कोजग्रात पुर्णिमा सम्म जेष्ठ जनको हात बाट टीका जमरा ग्रहण गर्ने परम्परा रहेको छ । मिथिलान्चलमा नबमी को रात्री माटोले बनाइ पुजन गरियेको प्रतिमा स्थानीय नदिमा सेलाएर दशमीको दिन जयन्ती ग्रहण गरेपछी दशैं सकियएको मानिन्छ । पहिल...