Posts

Showing posts from January, 2025

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

Image
  चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो कला जीवनकला विशेष साहित्यपोस्ट माघ २२, शनिबार ०८:०१ 300 SHARES Share Tweet Subscribe एससी सुमन एससी सुमन सम्भवत: गाँस, बास, कपास र सन्तानोत्पत्ति पश्चात् मानिसको सबैभन्दा पुरानो आवश्यकता स्वयंलाई व्यक्त गर्नु रहेको थियो। प्रकृति मानिसको पहिलो गुरु थियो। प्रकृतिले उसभित्र आफ्नो लागि भय, आदर र प्रेम उत्पन्न गरेर उसलाई जीवनमा आगाडि कसरी बढनु पर्छ भनी सिकायो। मानिस आजको राम्रो वा नराम्रो, ज्ञानि वा मूर्ख जस्तो पनि छ, उसको मूलमा प्रकृति नै हो। भाषाको जन्म भन्दापूर्व, आज भन्दा हजारौं, लाखौं वर्ष पहिले प्राचीन पाषाण तथा नवपाषाण युगमा जंगलमा फिरन्ते रुपमा विचरण गर्ने मनुष्यले ध्वनि, संकेत, मुद्राको संकेत र हाउभाउलाई भाषाको रुपमा प्रयोग गर्थे। आफ्नो कुरा भन्नको लागि आफ्नो घाँटीबाट कण्ठ्य ध्वनि निकाल्थे र संकेतसँगै प्रतीकको प्रयोग गर्ने गर्थे होला। मानव आफ्नो छेउछाउको प्राणीको ध्वनिको अनुसरण गर्ने गर्थे तर यो पर्याप्त थिएन। आफ्नो वरपर हुने गतिविधिलाई अभिनयको माध्यमले संकेत गर्ने गर्थे। बादलको गर्जन, बिजलीको चमक, झरनाको मधुर ध्वनि र जंगलमा वायुको तरङ्ग, ...

प्रतीक – उद्भव र विकास

Image
  प्रतीक – उद्भव र विकास कला चित्रकला विशेष साहित्यपोस्ट चैत्र १९, शनिबार ०८:०१ 434 SHARES Share Tweet Subscribe   एस. सी. सुमन एससी सुमन सृष्टिको आदिकालमा मानवको हर्षको कारण प्राकृतिक सौन्दर्य र जीवन यापनको लागि प्रकृति प्रदत्त वस्तु रहेको थियो। सूर्य उदय र अस्त सँगसँगै रात दिन हुनु, आकाशमा तारा र चन्द्रमा देखिनु, घाम-छाया हुनु, पानी पर्नु, मौसम परिवर्तन हुनु, आँधी-बेहरी, अतिवृष्टि, खडेरी जस्ता प्राकृतिक परिवर्तनलाई हेरी आश्चर्यचकित भए। यसरी अर्कोतर्फ मृत्यु हुँदा आतंकित पनि भए होलान्। जसलाई रोक्न असमर्थ हुँदा, प्राकृतिक परिवर्तनमाथि विजय प्राप्त गर्न संघर्षरत रहँदा, यसमाथि आफ्नो नियन्त्रण नहुँदा आदि मानवले अदृश्य सत्तालाई स्वीकार गरी शक्तिका रूपमा प्रतिष्ठित गरी सर्वोच्च स्थान दियो। फलतः उसले प्राकृतिक उपकरणलाई शक्तिको रूपमा आफ्नो आत्मरक्षार्थ हेतु उपासना गर्न लागे, जो कालान्तरमा रूढी हुँदैगयो र यहीँबाट आदिमानवको आत्मरक्षार्थको उपास्य प्राकृतिक उपादान प्रतीक बन्यो तथा यिनै प्रकृति प्रदत्त शक्ति तथा उपादानको आधारमा मानवीय कला विकसित हुँदै गयो। एक प्रकारले प्रतीक कलाको उद्भवको...