बिहार म्युजियम बिएनाले , सम्बन्ध जोडने कला प्रदर्शनी : एससी सुमन
बिहार म्युजियम बिएनाले सम्बन्ध जोड्ने कला प्रदर्शनी एससी सुमन २०८० भदौ २ गते ९:२३ मा प्रकाशित 11 Shares ० संस्कृतिले मानव जातिलाई एकअर्कामा जोड्दछ । यसले सम्बन्धका सेतुलाई प्रगाढ बनाउँदै सभ्य र सु–संस्कृत समाज निर्माणमा भूमिकासमेत खेल्दछ । यही परम्पराअन्तर्गत उत्तरी भारत र काठमाडौं उपत्यका बीचको सांस्कृतिक आदान प्रदानको शताब्दीयौं पुरानो इतिहास छ । यसै परम्परालाई जीवन्त बनाउन हालै पटनाको बिहार संग्रहालय बिएनालेको दोस्रो संस्करणमा नेपाल कला परिषद्को अगुवाईमा परम्परागत र समसामयिक कला प्रदर्शनी सुरु भएको छ एससी सुमन कला सभ्यताको एक शानदार सञ्चार हो । यसले विभिन्न संस्कृति र समयका मानिसलाई रेखा, फर्म, रङ र छविहरूमार्फत एकअर्कासँग कुराकानी गर्न अनुमति दिन्छ । जसले केही उत्कृष्ट आवाज र कथाहरू सिर्जना पनि गर्दछ । कला समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम हो । यसले एक व्यक्ति वा समाजलाई यो सामना गर्ने भावना जगाएर अनुभवको लागि आवाज दिन सक्छ । सभ्यता र संस्कृतिको जननीका रुपमा कलाले मानिसलाई जीवन्त बनाइराखेको हुन्छ । मौलिकता र पहिचानलाई युगौयुगसम्म जोडिरहेको हुन्छ । संस्कृतिले मानव जात...