मिथिला कलामा बुद्ध अवतार : एससी सुमन
मिथिला कलामा बुद्ध अवतार : एससी सुमन गौतम बुद्धलाई हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येको एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । बुद्धलाई विष्णुको अवतारको रूपमा प्रस्तुत गर्ने काम सर्वप्रथम विष्णु पुराणबाट सुरूबाट भएको देखिन्छ । विष्णुको दश अवतारमध्ये हिन्दु तथा मैथिल परम्परामा बुद्धलाई नवौँ अवतारको रूपमा चित्रित गरिएको छ । यसमा रचिएको कथानुसार देवता र दैत्यहरूको संग्राममा देवताहरू पराजित हुन्छ । तत्पश्चात् देवताहरू आफ्नो समस्या लिइ भगवान विष्णुकहाँ पुग्दछन् । आफ्नो समस्या विनम्र भइ विष्णु समक्ष प्रस्तुत गर्दछन् । संसारमा सबै मानिस जन्मेपछि मर्छन् यो प्रकृतिको नियम हो । तर, ‘महामानव गौतम बुद्ध’ जसले मृत्युलाई जिते र अमर भए । मिथिलामा खिस्सा (कथा) सुनाउने अति पौराणिक चलन हो । जेठो पुस्ता यानी हजुरबा, हजुरआमा, आमाबाट आफ्ना छोराछोरी, नातिनातिनालाई प्रायः राति सुत्नेबेलामा रामायण, महाभारत, वेद, पुराण लगायत विभिन्न लोककथा, दन्तकथा सुनाउने चलन रहिआएको छ । मुख्यतया यस्ता कथा मिथिलामा चित्रकलाको स्रोत हुन् । यसै प्रचलित प्रचलन अनुसार, कथामा गौतम बुद्ध लुम्बिनीको कपिलवस्तुका शा...