Posts

Showing posts from October, 2025

छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ - एससी सुमन

Image
 छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ - एससी सुमन पूर्वीय कला दृष्टि सृष्टिको पुनःस्थापन हो । जहाँ थरी -थरीको रङ्ग, विभिन्न ऋतु , उत्सव र पर्व नै जीवनको समग्रता हो । कलाको परम सौन्दर्य अभिव्यंजना मात्र नभए आत्मामा निवास गर्छ । यो नै कला हो । मलाई लाग्छ, कला प्रकृतिको प्रतिकृती हो । त्यति मात्र होईन यसभन्दा अगाडि प्रकृतिको विम्व -प्रतिविम्व पनि हो । हामी सबै उत्सवधर्मी हौं । विजया दशमी देखि शुरु भएको पर्व शृङ्खला भ्रातृदुतिया सम्म आई पुग्दा बुध्दको सन्देश सगै "अप दिपो भव !" आफ्नो पथ प्रशस्त गर र आफ्नो प्रकाश बन । आफ्नो ज्योति आफै बन्ने संकल्प लेउ 'दिप ज्योति नमोस्तुते !' सगैं भाइ बहिको प्रेम, पशु -पंछि प्रतिको प्रेम र स्नेह बाडिदै बढछ । भनिन्छ, 'सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठको सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । छठपर्व सूर्य उपासनाको पर्व हो । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्...

मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व - एससी सुमन

Image
  मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व - एससी सुमन आश्विन शुक्ल दशमीपछि जब पूर्ण चन्द्रले रातो आकाशमा शीतल ज्योति छर्दछ, मिथिलाको पवित्र आँगन अरिपनले सजिन्छ जसमा रङ्ग, रूप र भक्ति समाहित हुन्छ । घर-घरमा दीप को उज्यालो फैलिन्छ । यसरी, विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्मको यो कालखण्ड मिथिलामा एक समर्पित सांस्कृतिक अनुभूति हो, जहाँ परम्परा, आस्था र सामाजिक एकता एकै सन्देशमा विलीन हुन्छन् । घटस्थापनादेखि नवमीसम्मको नवरात्रा देवी दुर्गाका विभिन्न रूपहरूको आराधनामा समर्पित रहन्छ । तराई-मधेसका गाउँ-शहरमा माटोले बनाइएका कलात्मक देवी प्रतिमाहरू रंगारोगन गरिन्छ, जसलाई पुष्प, वस्त्र र भावनाले सजाइन्छन् । शक्तिको आदर र समर्पणको प्रतिक रूपमा नवरात्रको नवमीको रातमा देवीको मूर्तिलाई नदीमा विसर्जन गरिन्छ । विजया दशमी, जसलाई स्थानीय भाषामा 'जतरा' भनिन्छ, शुभ-साइतको दिन मानिन्छ । यस दिन शक्ति-पिठ र घरघरमा स्थापित जयन्ती (जमरा) लाई विधिपूर्वक विसर्जन गरिन्छ र व्राह्मण, गुरुजन तथा जेष्ठ नागरिकबाट टीका र जमरा ग्रहण गरिन्छ। नीलकण्ठ (चरा) को दर्शन गरेर शुभकामना ग्रहण गर्ने परम्परा अझै जीवन्त ...