मैथिल नारीले जोगाएको मिथिला आर्ट : पवन बराईली

मैथिल नारीले जोगाएको मिथिला आर्ट मिथिला कलाको प्रमुख वाहक महिला नै हुन्, परम्परागत रूपमा मधेशी महिलाले घरको भित्तामा चित्र बनाएर कला, भावना र जीवनशैली अभिव्यक्त गर्थे Read Time : > 5 मिनेट पवन बराइली, काठमाडाैं नयाँ पत्रिका २o८२ असार २८ शनिबार ११:o१:oo एससी सुमन मिथिला कला संरक्षण र प्रवर्द्धनमा झन्डै तीन दशकदेखि सक्रिय छन् । यस क्रममा उनले फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया, जापान, चीनलगायत देशमा मिथिला चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनको कलामा मधेशको जनजीवन प्रतिबिम्बित हुन्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागका अध्यक्षसमेत भइसकेका उनी मिथिला, थारू, सन्थाल, धिमाललगायत जातजातिको लोककला र संस्कृतिबारे अनुसन्धानरत छन् । चित्रकार सुमनसँग मिथिला कलाको सांस्कृतिक, सामाजिक, धार्मिक पक्षबारे पवन बराइली ले गरेको कुराकानी : मिथिला चित्रकलाले मधेशको संस्कृति, परम्परा र जनजीवनलाई चित्रण गर्छ । यसमा रङ र रेखाबाट गाउँघर, धार्मिक परम्परा, विवाह संस्कारजस्ता मधेशको पराम्परालाई जोडिन्छ । त्यसैले, मिथिला कला प्रकृति, धर्म, दर्शन र सामाजिक चेत...