गुफा चित्रकला : मानिस द्वारा सुँगुरको शिकार कथा एससी सुमन

अष्ट्रेलिया र इन्डोनेसियाका वैज्ञानिकहरूले इन्डोनेसियाको सुलावेसी टापुमा लाक्षणिक गुफा कलाको सबैभन्दा पुरानो उदाहरण पत्ता लगाएका छन्। एउटा जंगली सुँगुर र तीन मानव जस्तै आकृतिको चित्रकला कम्तिमा 51,200 वर्ष पुरानो हो, जसमा 36 इंच लामो र 15 इंच चौडाईको सुँगुरको पेंटिंग बनाईएको छ। उक्त पेन्टिङमा एउटा सुँगुरलाई आफ्नो मुख आंशिक रूपमा खुला राखेको छ र जसको नजिक कम्तीमा तीनवटा मानव जस्तै आकृति रहेको देखाउँछ। यो पेंटिंग बनाउनमा रातो रङ्को प्रयोग गरिएको छ। यस गुफामा अरु पनि सुँगुरको चित्रहरु छन। वैज्ञानिकहरुको अनुसार यस्तो पेंटिंगहरु बाट प्राचीन समयमा कथा सुनाउन प्रयोग गरिनथियो। अघिल्लो पुरानो गुफा कला भन्दा 5,000 वर्ष पुरानो हो। खोजले आधुनिक मानवले पहिलो पटक रचनात्मक सोचको क्षमता देखाएको समयलाई पछाडि धकेल्छ।अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका प्रोफेसर म्याक्सिम औबर्टले बीबीसी न्यूजलाई यस यस्ता खोजले मानव विचार परिवर्तन गर्ने बताए। "चित्रले जटिल कथा बताउँछ। यो हामीसँग कथा कथनको लागि सबैभन्दा पुरानो प्रमाण हो। यसले देखाउँछ कि त्यतिबेला मानिसमा अमूर्त शब्दमा सोच्ने क्षमता थियो," उ...