नलेखिएको मिथिला कलाको इतिहास एससी सुमन
पाटन संग्रहालय विश्व सम्पदा स्थान हुनुका साथै १४ औं शताब्दी देखि १८औं शताब्दी सम्म मल्ल राजवंशको दरबार थियो। जहाँ आज काठमाडौं ट्रिएनाले कलात्मक व्याकरणका फरक फरक परम्पराहरूबीच हुने लय र संघर्षलाई प्रस्तुत गरेको छ। यिनै संघर्षको कथामा धेरै कमलाई थाहा भएको इतिहास खोतल्ने प्रयास गरेको छ। काठमाडौं ट्रिएनालेमा मिथिला क्षेत्रका सहभागी कलाकारहरु वाची देवी, पलाती देवी, मन्जुला देवी ठाकुर, सुधिरा कर्ण, रेवती मण्डल, विजय मणि दत्त, मिरा दत्त र प्रियंका कर्ण हुन्। तिनका मिथिला कलाको विभिन्न विधा चित्र कला, भित्तिचित्र, माटोको मूर्ति सामा-चकेवा समावेश गरिएको छ। पाटन संग्रहालयमा लहरै भित्तामा प्रदर्शित तीन वटा चित्रले हामीलाई विगतमा डोर्याउँ छ। सन् १९८९ को दशकमा पानी रङ्गमा आधारित चित्र जसका कलाकार काली शीर्षकका दुई चित्रका कलाकार वाची देवी र मन्जुला देवी ठाकुर हुनुहुन्छ भने माछा समावेशका महिला शीर्षक चित्रका कलाकार पलाती देवी हुनुहुन्छ। यहाँ प्रदर्शित चित्र कलाकार र क्लेयर बर्कर्टको सौजन्यबाट प्राप्त भएको छ भनी उल्लेख गरिएको छ। मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमा...