Posts

Showing posts from July, 2021

मिथिलामा गोदनाको बिस्तृत रुप एससी सुमन

Image
 मिथिलामा गोदनाको बिस्तृत रुप मिथिलाञ्चलको लोक जनजीवन पद्धति, विविध कला परम्परा र शैलीको निरन्तरताले विश्व मानचित्रमा छुट्टै विशिष्टता पाएको छ । नवपुस्ताले यहाँको जीवन्त लोकचित्र परम्परालाई निरन्तरता दिँदै आएका छन् । मैथिली समुदायमा मिथिला चित्रकला पवित्र मानिन्छ । जहाँ कलाविना कुनै पनि कुरा पूर्ण मानिँदैन । भूमिचित्र, अरिपन, भित्तेचित्र लगायतका चित्र धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिन्छ । मैथिली समुदायमा घरका कोठा अनुसारका छुट्टाछुट्टै चित्र बनाइने गरिन्छ । धार्मिक रूपमा चित्रको प्रयोग गरिने हुँदा यसलाई तयार गर्नुअघि केही नियमकोे पालना गर्नुपर्ने हुन्छ । मैथिली समुदायको लोककलामा महिलाका भोगाइ लगायतका कुराहरू पनि समेटिँदै गएको पाइन्छ । धर्मलाई प्रतिबिम्वित गरेर बनाइने चित्रकलाले मिथिलाको अस्तित्व बचाइराखेको छ । सुरुका दिनमा कलाकारका कचनी र भरनी शैलीमा बनेका कलाकृति, परम्परागत ‘लिखिया’ मिथिला चित्रकलाको चुलिँदै गरेको लोकप्रियता र अन्तर्राष्ट्रिय जगतमा बढ्दो मागले स्थानीय लोक कलाकारमा चुनौती थपिँदै गयो । यहाँ बसोबास गर्ने सबै जातजातिसँग एउटा विशिष्ट शिल्प हुन्छ, जसलाई मैथिलीमा ‘...