छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ - एससी सुमन
छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ - एससी सुमन पूर्वीय कला दृष्टि सृष्टिको पुनःस्थापन हो । जहाँ थरी -थरीको रङ्ग, विभिन्न ऋतु , उत्सव र पर्व नै जीवनको समग्रता हो । कलाको परम सौन्दर्य अभिव्यंजना मात्र नभए आत्मामा निवास गर्छ । यो नै कला हो । मलाई लाग्छ, कला प्रकृतिको प्रतिकृती हो । त्यति मात्र होईन यसभन्दा अगाडि प्रकृतिको विम्व -प्रतिविम्व पनि हो । हामी सबै उत्सवधर्मी हौं । विजया दशमी देखि शुरु भएको पर्व शृङ्खला भ्रातृदुतिया सम्म आई पुग्दा बुध्दको सन्देश सगै "अप दिपो भव !" आफ्नो पथ प्रशस्त गर र आफ्नो प्रकाश बन । आफ्नो ज्योति आफै बन्ने संकल्प लेउ 'दिप ज्योति नमोस्तुते !' सगैं भाइ बहिको प्रेम, पशु -पंछि प्रतिको प्रेम र स्नेह बाडिदै बढछ । भनिन्छ, 'सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठको सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । छठपर्व सूर्य उपासनाको पर्व हो । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्...